यो जिन्दगी मरुभूमिकै बास हुने भो
फुल्नै नपाई कोपिलामै नास हुने भो
बुनेर हजार सपनाहरू बाँचुन्जेल
पराईको मुलुकमा दास हुने भो
जिउँदा हरेक रहर पुरा गर्छु भन्दाभन्दै
जिन्दगी यो धड्कन बिनाको लास हुने भो
बगरको माछीझैं तड्पिंदा तड्पिदै
न निल्नु न ओकल्नु सास हुने भो
हजारौं चोटहरूको प्रहारले जिन्दगी यो
बाँचुन्जेल जिउँदो लास हुने भो
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”
