Skip to content

एकान्तमा सम्झी मलाई


एकान्तमा सम्झी मलाई टोलाउँछ्यौ रे अँझै पनि
हिजो आज सपनीमा बोलाउँछ्यौ रे अँझै पनि

मेरो निश्चल मायाँलाई कुल्चिएर गए पनि
हामी बिचको भिन्नतालाई केलाउँछ्यौ रे अँझै पनि

अतितको घाउ बल्झिएर भित्रभित्रै मुटु दुख्दा
टोलाउदै कति मनमा कुरा खेलाउँछ्यौ रे अँझै पनि

मायाँको त्यो खडेरीले भुट्नुसम्म भुटेपछि
जुनकीरी झैं अँधेरीमा बिलाउँछ्यौ रे अँझै पनि

निरासाको बादल आई ढाकेपछि जवानीलाई
भित्र भित्रै तात्तिएर सेलाउँछ्यौ रे अँझै पनि

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *