
इन्द्रेणीको तरंग मैले छर्न सकिन तिम्रो लागि
त्यो ओठ्मा हाँसो खुशी भर्न सकिन तिम्रो लागि
यो मुटुको ढुक्ढुकिमा तिम्रै नाम लेखेर पनि
दु:ख पिडा जिन्दगिमा हर्न सकिन तिम्रो लागि”
सजल तिम्रा नएनबाट सितल त्यो पानि बनि
बलेनीमा बर्सिएर झर्न सकिन तिम्रो लागि”
भबिष्यका चाहनाहरु लथालिङ्ग भए पछि
बसन्तमा फुल बनि सर्न सकिन तिम्रो लागि
समयको पाबन्दीसग लाचार बनि झेल्नु पर्दा
नछुटिने चोखो बाँचा गर्न सकिन तिम्रो लागि”
सपनाको नौलो संसार सजाउने आसै आसमा
तड्पी तड्पी माछी जस्तै मर्न सकिन तिम्रो लागि”
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”
