Skip to content

आफ्नो मन आफैँभित्र

DilliPrasadKharal-02


आफ्नो मन आफैँभित्र दुखाई हिँड्छौ कति दिन
आफ्नो कमीकमजोरीलाई लुकाई हिँड्छौ कति दिन

बगरको ढुङ्गा जस्तै मिल्काएर जिन्दगीलाई
वेदनाका आँशुहरू सुकाई हिँड्छौ कति दिन

आश्वासनका झुटा चारा छर्नसम्म छरेर तिम्ले
दुनियाँसामु आफ्नो शिर झुकाई हिँड्छौ कति दिन

मेरो साथ छोडेपछि यात्रा अन्तै मोडेपछि
सम्बन्धको डोरीलाई फुकाई हिँड्छौ कति दिन

आदर्शका बोलीहरूलाई पैसासँग साटेर सधैँ
आफ्नो ईज्जत प्रतिष्ठालाई चुकाई हिँड्छौ कति दिन

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *