फेसबुकमा माया पिर्ती बसे झैं लाग्न थाल्यो
झन दु:खको चक्रव्यूहमा फसे झैं लाग्न थाल्यो
न निल्नु न ओकल्नु कस्तो नसा पिरतीको
मुर्दालाई झैँ वरिपरि कसे झैं लाग्न थाल्यो
निद्रा भोक प्यास सबै लुटेपछि फेसबुकले
मुहारभरि खरानी आफैं धसेझैं लाग्न थाल्यो
१६बर्से त्यो जवानी फर्केपछि बुडेस कालमा
सरिर भरि अरियालले डसे झैं लाग्न थाल्यो
त्यो सागरको गहिराईबाट सितल मोती टिप्छुभन्दा
झन् जिन्दगी दलदल भित्र भसे झैं लाग्न थाल्यो
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”