
बाचुन्जेल दुनियाँको हाँसो भएँ सधैं म
स्वार्थीहरूको संसारमा खाँचो भएँ सधैं म
आफ्नो खुशी चाहना जति अरुकै निम्ति सुम्पे जब
बन्द त्यही पिंजडाको साँचो भएँ सधैं म
राम्रो बोली मिठो वचन जति बोल्दै गए पनि
त्यो घाँटीमा खस्खसाउने कासो भएँ सधैं म
पाइलैपिच्छे ठक्कर अनि लात दिंदा जिन्दगीले
कुराकाट्नेहरूको मात्र चासो भएँ सधैं म
जिन्दगानी दुइदिनको हासी खुशी जिउछुभन्दा
कहिले उस्को कहिले कस्को नासो भएँ सधैं म
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई
