अधकल्चोमा पारेर घाट चढाई गयौ नेता हो
जिउँदै चितामा जनतालाई, डढाई गयौ नेता हो
अग्रगामी राष्ट्रको अस्तित्व सबै मेटाउन
सिङ्गो देशलाई आतंकको पाठ पढाई गयौ नेता हो
बिरताले अर्जेको यो अखण्ड भूमि नेपाललाई
गृहउद्धतिर अगि बढाई गयौं नेता हो
बुद्ध भूमि शान्ति भूमि तराई पहाड हिमालका
दाजुभाइलाई एक आपसमा लडाई गयौ नेता हो
चारवर्ण छत्तिस जातको साझा एउटै फुलवारीमा
फुल्न खोज्ने कोपिलालाई सडाई गयौ नेता हो
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”
