Skip to content

खहरेंखोला त्यो बगरमाझैं



खहरेंखोला त्यो बगरमाझैं सुक्न हुन्न कहिल्यै
जिन्दगीलाई धिक्कार्दै आफै थुक्न हुन्न कहिल्यै

शिर लुकाई दुनियाँ सामु हाँसेर हिंड बरु तिमी
काँडा बनी कसैको दिल्मा दुख्न्न हुन्न कहिल्यै

सक्छौ भने अन्धकारलाई हटाईदेऊ दियो बनी
शत्रुसँग सिर निहुराई झूक्न हुन्न कहिल्यै

संघर्षको मैदान भित्र छोडेपनि जिन्दगीले
डराएर दु:ख सग लुक्न हुन्न कहिल्यै

मार्गविहीन गन्तव्यमा भौँतारिदै हिडेपनि
बचुन्जेल लक्ष्य आफ्नो चुक्न हुन्न कहिल्यै

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *