किन होला भित्रभित्रै जल्दै छ यो मन
धिप धिपी आगो झैं बल्दैछ यो मन
सपनाको महलहरू सजाउदै दिन रात
आफ्नै कथा वेदनामै टल्दैछ यो मन
हिजोसम्म दुनियाले ढुंगामुटु भने पनि
बाध्यताले टाढा हुदा गल्दैछ यो मन
पूर्ण अठोट मनमा’ली’लक्ष्यतिर बढ्दै गर्दा
भित्र भित्रै आफैँलाई छल्दैछ यो मन
सफलताको त्यो सिखर चुम्छुभन्दा भन्दै
उकालीबाट ओरालीतिर ढल्दैछ यो मन,
डिल्ली प्रसाद खराल ♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई
