तिम्रो तस्वीर हर शहरमा देख्छु अचेल
तिमीलाई मैले हर रहरमा देख्छु अचेल
एकान्तमै टोलाएर बसेपनि सधैँ म
तिम्रो मुहार हर प्रहरमा देख्छु अचेल
मैले देख्ने सपनाको सुन्दर त्यो बस्ती आज
डुब्न लाग्या त्यो नहरमा देख्छु अचेल
अन्तिममेरा सपनाहरूको गलारेटी गयौ तर
ती ऋतुका हर लहरमा देख्छु अचेल
निष्ठुरीको प्रेमजालमा फँसेपछि जीवन यो
अमृतभित्र दुबेपनि जहमा देख्छु अचेल
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई
