नेपाल आमा तिम्रो शीर झुक्न कहिल्यै दिने छैन
तिम्रो मायाँ ममतालाई चुक्न कहिल्यै दिने छैन
बुद्ध सीता जन्मिएको देव भूमि नेपालमा
दुश्मनलाई वरिपरि ढुक्क कहिल्यै दिने छैन
हराभरा राख्नेछु मेरो देशका पखेरालाई
नदी नाला छहरालाई सुक्न कहिल्यै दिने छैन
निष्ठकर्म गर्नेछु देशकै निम्ति मर्नेछु
आमा तिम्रो कन्दानीलाई फुक्न कहिल्यै दिने छैन
मेरो देशका गल्ली गल्ली चोक चोकहरूमा
लुकि बस्ने बिद्रोहीलाई भुक्न कहिल्यै दिने छैन
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई
