दुईहजार बहत्तर तिमी काल बनी किन आयौ ?
हजारौको ज्यान लिने साल बनी किन आयौ ?
सयौं फूलका थुङ्गाहरूले”सजिएको मेरो देशमा
बिनासकारी त्यो समुद्री छाल बनी किन आयौ ?
आफैंभित्र रहरलाई बन्दी बनाई हाँसेको बेला
हजारौको जिन्दगीमा बेहाल हाल बनी किन आयौ ?
जाँतिएताको निउपारी यो देशलाई टुक्राउन
चारैतिर रगतको ताल बनी किन आयौ ? ”
सभ्यताको पहिलो किरण छर्ने मेरो देशमा
दुश्मनले झैं रचेको त्यो चाल बनी किन आयौ”
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेन्द्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई
