झुटको खेती गर्दा मुटु दुखेपछि रुनेछौ
आफ्नै शीर दुनियाँसामु झुकेपछि रुनेछौ
बल्झाएर अतित मेरो जतिसुकै हाँस तिमी
ओठमुख तिम्रो भोलि सुकेपछि रुनेछौ
सत्य लुकाई झुटको खेती जतिगर्दै हिंडेपनी
आफ्नै कारण लक्ष्य तिम्रो चुकेपछि रुनेछौ
मेरो निर्दोष आँसु झर्दा ताली मार्दै हिंड्नेहरू
दैव आई तिम्रो सामु ढुकेपछि रुनेछौ
अहंकारले भरिएको कप्टी त्यो मुहारमा
सिंगो त्यो समाजले भोलि थुकेपछि रुनेछौ
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”
