Skip to content

सबको आँखा छल्दै पनि आउँथे (शृंगारिक गजल)


सबको आँखा छल्दै पनि आउँथे म रातमा
उपहार दिन ल्याउँथें गुलाब फूल हातमा ।

जब मेरा पाउँजु बझ्थे धड्कन बढ्थ्यो तिम्रो
सम्हालिँदै आउँथे म फँस्न तिम्रो बातमा ।

लजाउँदै शर्माउँदै तिम्रै समीप पुग्न
घुम्टो ओढी आइदिन्थेँ बेहुलीको जातमा ।

नपिई हुन्थे अधर् पनि पिएसरि मेरा
लट्ठ तिमी परिदिन्थ्यौ जवानीको मातमा ।

साँझ पख डोली चढी तिम्रै सामु पुग्थें
बिहानीमा टल्किदिन्थेँ शीत बनी पातमा ।

रचना – अगस्त /११/ २०११

3 thoughts on “सबको आँखा छल्दै पनि आउँथे (शृंगारिक गजल)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *