आचार्य प्रभा/ डेन्भर कोलोराडो
जुन २६, २०११
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको नियमित कवि गोष्टी सधैं झैँ यो पटक पनि बिजयदेव अधिकारी र तारा अधिकारीज्यूको आतिथ्यमा सफलतापुर्वक यही शनिबार २५ जुनमा सम्पन्न भयो ।
कोलोराडोबासीलाई उक्त कार्यक्रमले लेखन क्षेत्रमा प्रोत्साहन दिईरहेको यो अवस्थामा हरेक पटक नयाँ नयाँ लेखकीय अनुहार देखिने क्रम बढ्दो छ । यस पटक पनि नयाँ नयाँ लेखकको उपस्थिति रहेको थियो ।
हरेक महिना भिन्दा भिन्दै स्थान र कोठामा सम्पन्न हुने कवि गोष्टी निक्कै नै रमाइलो र प्रेरणामय हुने गरेको छ ।
यो पटकको कार्यक्रममा भने निक्कै सहभागिता रहेता पनि बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकीज्यू अस्वस्थ्यताको कारणले उपस्थित हुन सक्नु भएन । तापनि वहाँले आफ्नो रचना बाचनको लागि पनि प्रेषित गर्नु भएको थियो ।
रचना बाचन गर्नेहरूमा मिना पौडेल, भीष्मजीत प्रधान, बिजय देव अधिकारी, हरी अधिकारी, निर्मल प्याकुरेल, ज्ञानेन्द्र गदाल, बासुदेव खनाल, सम्राट आचार्य, कमल भट्टराई, नारायण ढकाल, सुशिल सुबेदी, तारा अधिकारी, देवनाथ भट्टराई, पदम विश्वकर्मा, डा.बिजयराज शर्मा, ईन्दिरा रेग्मी, निर्मला अर्याल, र आचार्य प्रभा हुनुहुन्थ्यो ।
आगन्तुक कविताहरूमा नारायण फुँयाल (डेटन ओहायो), लब शर्मा (नेपाल), केशब आचार्य (कोलोराडोका) थिए । यसैगरी कवयित्री कुन्ता शर्माको चर्चित कविता “पोथी बास्नु हुँदैन” श्रब्य दृश्यद्वारा सुनाइयो(देखाइयो) भने सोही कविताको प्रत्युत्तरमा आचार्य प्रभाले “पोथी बास्न किन हुँदैन”भन्ने कविता बाचन गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा चिया चमेनाको पनि बन्दोबस्त थियो ।
यसरी कोलोराडोमा हरेक महिना कविगोष्टी गरेर लेखक मनहरू तथा साहित्यानुरागीहरूको जमघट हुने र एकापसमा साहित्यिक भेट्घाटका साथै हर नेपाली मनहरू एक हुने अवसर मिलेको छ। साहित्यलाई माया गरेर प्रेरणा स्वरूप आई दिनु हुनेहरूमा भगवान लाल श्रेष्ठ र वहाँकी धर्म पत्नी, बिभा, पार्वती त्रिपाठी, प्रीति आचार्य, बिमला, बिनोद त्रिपाठी, सम्झना आचार्य (कोषाध्यक्ष कोलोराडो च्याप्टर), शान्ति भुषाल, सरद आचार्य, बृन्दन अधिकारी हुनुहुन्थ्यो ।
यो पटकको गोष्टी सम्पन्न गर्न बिजयदेव अधिकारी र तारा अधिकारीज्यूले स्थान उपलब्ध गराई दिनु भएकोमा कोलोराडो च्याप्टर कृतज्ञ बनेको छ ।
आगामी महिना जुलाईको कवि गोष्टी बरिष्ठ कवि शैलेन्द्र साकारज्यूको आतिथ्यमा अनुरक्त श्रेष्ठको निवासमा हुने जानकारी पनि कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माले घोषणा गर्नु भएको छ ।
