Skip to content

जिन्दगीको हिसाब किताब कसो गरी चुकाऊँ म ?


जिन्दगीको हिसाब किताब कसो गरी चुकाऊँ म ?
ब्यथा बढ्यो मनभरि कसो गरी लुकाऊँ म ?

संसारको रीत नै हो सुख दु:ख भोग्नु पर्ने
मनभित्रका सारा पीडा कसो गरी फुकाऊँ म ?

सफलतालाई हात पार्न सधैं प्रयास गर्दैछु म
उठाई राख्ने शिरलाई कसो गरी झुकाऊँ म ?

कालो बादल आँधी हुरी सधैं सधैं चलिरँ’दा
सुनामी झैं बग्ने आसुँ कसो गरी सुकाऊँ म ?

आशामुखी होइन म सधैं आशे बनिर’ने
“प्रभालाई”आश्रित बनाई कसो गरी ढुकाऊँ म ?

रचना -अगस्त/ १५ /२०११

3 thoughts on “जिन्दगीको हिसाब किताब कसो गरी चुकाऊँ म ?”

  1. घरको छत नि तराई हुन्छ तिम्रो
    घरको छत नि तराई हुन्छ तिम्रो शहरमा
    छिमेकी नि पराई हुन्छ तिम्रो शहरमा

    कोठामानै घाम उदाई कोठामानै अस्ताउँछ
    सिंगो आकाश कराई हुन्छ तिम्रो शहरमा

  2. A Ti
    सफलतालाई

    A Ti

    सफलतालाई हात पार्न सधैं प्रयास गर्दैछु म
    उठाई राख्ने शिरलाई कसो गरी झुकाऊँ म ?

    कालो बादल आँधी हुरी सधैं सधैं चलिरँ’दा
    सुनामी झैं बग्ने आसुँ कसो गरी सुकाऊँ म
    Man Paryo………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *