आचार्य प्रभा
जुलाई १८, २०११ डेन्भर (कोलोराडो)
स्व. आदिकवि भानुभक्त आचार्यको १९८ औं जन्मजयन्ती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को २० औं बार्षिक उत्सवको उपलक्षमा अनेससास कोलोराडो च्याप्टरले गत जुलाई १५/१६/१७ तारिकका दिन बिभिन्न कार्यक्रम बिभिन्न स्थानबाट पाल्नु हुने महानुभावहरूको आतिथ्यका साथ सफलता पूर्वक सम्पन्न गर्यो ।
जुलाई १५ तारिकका साँझ प्रथम चरणमा साँस्कृतिक कार्यक्रम र प्रशिद्ध लोक दोहोरी गायक रामप्रसाद खनालको एकल दोहोरी गायन थियो भने कार्यक्रमको समुद्घाटन अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीबाट गरियो ।
कार्यक्रम संचालन कलाकारद्वय कृष्ण मुरारी ढुङेल र निर्मल प्याकुरेलले गर्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत भाषण अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालले गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा कवि तथा पत्रकार गोविन्द गिरी प्रेरणाद्वारा सम्पादित कोलोराडो बिशेषांक पत्रिका ‘विश्व परिक्रमा’को बिमोचन कवि तथा पत्रकार संघका भू पू अध्यक्ष्य बिश्व बि मोहनले गर्नुभएको थियो र वहाँले दुई शब्द पनि ब्यक्त भएको गर्नु भएको थियो । त्यसै गरेर गोविन्द गिरी प्रेरणाले पनि आफ्नो छोटो मन्तब्य ब्यक्त गर्नु भएको थियो । यसै क्रममा कोलोराडोका अन्य संघ संस्था रक्क्री माउण्टैन र नेपालीघरका अध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ र नारायण श्रेष्ठ “सानु”ले पनि आ-आफ्ना मन्तब्य प्रकट गर्नु भएको थियो । कार्यक्रमको अर्को प्रस्तुतिमा सीमा पोख्रेलद्वारा गुरु गणेश स्तोत्र गायन प्रस्तुत भयो र नृत्यहरूमा प्रीति आचार्य, नीति आचार्य, बिभा अधीकारी, अभिषेक भण्डारी र नबोदिता के.सी. हुनुहुन्थ्यो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माज्यूले यो कार्यक्रममा सहयोग गरिदिनु हुने सम्पूर्ण मित्रहरू र खाना प्रायोजन गरेर सहयोग गर्नु हुने रेस्टुराँहरू याक एण्ड यती र बम्बै प्यालेस, केशव आचार्यप्रति आभार प्रकट गर्नु भएको थियो।
कार्यक्रमको अर्को प्रमुख आकर्षण भने रामप्रसाद खनालज्यूको एकल दोहोरी गीत थियो । पोख्त गायक भएको नाताले वहाँले श्रोता दर्शकहरूलाइे प्रशस्त मनोरंजन दिने प्रयास गर्नु भएको थियो ।
दोश्रो दिनको कार्यक्रमको प्रथम चरणमा अनेससासको बिसौं बार्षिक साधारण सभा सम्पन्न गरियो र अनेसासका महा सचिव गीता खत्री द्वारा बार्षिक प्रतिवेदन र आर्थिक बिवरण प्रस्तुत गरिएको थियो । निर्मल प्याकुरेलद्वारा उक्त कार्यक्रममा आशन ग्रहणमा बिभिन्न स्थानबाट पाल्नु हुने महानुभावहरूलाइे गरिएको थियो । कार्यक्रमको सभापतिमा बरिष्ठ कवि शैलेन्द्र साकार र प्रमुख अतिथिमा कवयित्री चन्द्रकला नेवार हुन्हुन्थ्यो । सो कार्यक्रममा स्वागत मन्तब्य पदम विश्वकर्माले गर्नु भएको थियो भने बोर्ड अफ ट्रष्टिका अध्यक्ष होमनाथ सुबेदीद्वारा लिखित पुस्तक “सानो नेपाल डायोस्पोरामा” बिमोचन कवि शैलेन्द्र साकारले गर्नु भएको थियो । उक्त कार्यक्रममा भानुको संक्षिप्त परिचय डा. बिजयराज शर्माले दिनु भएको थियो । सोही कार्यक्रममा बाल कविता प्रतियोगिता पनि गरिएको थियो र उक्त प्रतियोगिताका निर्णायकहरूमा गीता खत्री, आचार्य प्रभा, भुपेन्द्र महत हुनुहुन्थ्यो भने प्रथम कविता शास्वत प्याकुरेलको र दोश्रो कविता सुचित शर्माको भएको थियो ।
भानु जयन्तीको अवसर पारेर सधैं झैँ यो पटक पनि भलिबल प्रतियोगिता र गल्फ खेलको पनि आयोजना गरिएको थियो । उक्त खेलमा डेन्भर नोर्थ प्रथम र कोलोराडो साउथ द्वितिय भएका थिए । त्यस्तै अर्को गल्फ खेलमा सुदेश शर्मा प्रथम र बिबेक भट्टराई दोश्रा भएका थिए ।
यसरी बिभिन्न कार्यक्रमहरूको आयोजना गरेर अनेससास.को २० औं वार्षिक उत्सव तथा भानु जयन्ती बडो उत्साहको साथ सम्पन्न गर्ने क्रममा कोलोराडो लगायत बाहिरबाट पाल्नु हुने महानुभावहरूको रचना पाठ पनि गरियो । कार्यक्रमको मध्य भागभित्र बिभिन्न महानु भावहरूले आ-आफ्ना मन्तब्य पनि दिनु भएको थियो । यसै क्रममा अनेससास न्युयोर्क च्याप्टरका कोषाध्यक्ष तथा संयोजक आजीवन सदस्य, अध्यावधिक समिति सदस्य श्री राम खत्री ज्यूले पनि आफ्नो छोटो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा अनेससास.का नयाँ आजीवन सदस्यहरूलाइे स्वागत गर्दै प्रमाण पत्र बितरण गरिएको थियो । आजीवन सदस्यहरूमा श्री भिष्म प्रधान, मिना पौडेल, सोम बराल, चुडामणि शर्मा, मणी दाहाल, कुमार जंग कार्की, क्रिष्ण काफ्ले, बेदनाथ भट्टराई, श्याम श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, राजेन्द्र सिग्देल, राजन सापकोटा हुनुहुन्थ्यो। उक्त कार्यक्रमलाइे सफल बनाउँन कोलोराडो च्याप्टरका कार्यकर्ताहरू र अन्य महानुभावहरू पनि समर्पित भएका थिए ।
यही भानु जयन्तीकै अवसर तथा अनेससासको २० औं वार्षिक उत्सवको उपलक्ष पारेर विश्व ब्यापी कविता बाचन कार्यक्रम पनि समापन गरियो । कोलोराडोका श्रस्टाहरूको वेब्क्याम रचना बाचन भने श्री रबी कार्की र साबु गदाल कार्कीको निवास स्थानमा सम्पन्न भयो ।
यसरी तीन दिनसम्म लगातार सो कार्यक्रम सफल गर्न बिभिन्न स्थानबाट पाल्नु हुने सबै पत्रकार, श्रष्टाहरूले दिलोज्यानले हार्दिकताको साथ सहयोग गर्नु भएकोमा कोलोराडो च्याप्टर तथा अनेससास केन्द्रीय समिति आभार बने धन्यवादको क्रममा कोलोराडो च्यापटरका अध्यक्ष श्रीपदम विश्वकर्माले अनेससास कोलोराडो च्यापटरलाइे उक्त कार्यक्रम गर्ने जिम्मेवारी दिएकोमा नै आफू आभारी बनेको कुरा पटक प्रकट गर्नु भएको थियो।
अन्त्यमा केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालद्वारा धन्यवाद ज्ञापन र सभापतिको छोटो मन्तब्यबाट कार्यक्रम बिसर्जन गरियो ।
उक्त कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने तथा क्यामेरामा दृश्य संकलन गरेर सो कार्यक्रमलाइे सहयोग गर्न हुने क्यामेरा म्यान श्रीराजेन्द्र सिग्देलप्रति पनि यो च्याप्टर अनुग्रिहित बनेको छ ।


अनेसास कोलोराडो
अनेसास कोलोराडो च्याप्टरलाई सधैंको यस्तै रचनात्मक कार्यक्रमहरूको लागि हार्दिक बधाइ! फेरि पनि ।