Skip to content

बेतलबी काम हाम्रो ढुङ्गा हान्ने मात्र भयो


बेतलबी काम हाम्रो ढुङ्गा हान्ने मात्र भयो
केही काम नपाएर नेता छान्ने मात्र भयो ।

ढुक्दै बस्यौँ संबिधान कहिले पो लेख्ला भन्दै
भुत्रो लेख्नु संबिधान खुट्टा तान्ने मात्र भयो ।

कुस्ती, रेस्लिङ खेल्नलाइे धेरै अभ्यास् चाहिन्छ है
बिना अभ्यास् लडाइँ गर्न सबै जान्ने मात्र भयो ।

बस जल्यो बाटा बिग्रे हानी हाम्रै भयो आखिर्
ढुङ्गा मुढा बर्साउँदा ठीक ठान्ने मात्र भयो ।

नेताको रिस पोख्नलाई नाँस्न माँस्न पाइन्छ है
यस्तै खालको सोंचले ठुलो मान्ने मात्र भयो ।

शान्ती अनी सद्भावना अब गुम्दै गैसक्यो
मार काट गरेर नै जीवन धान्ने मात्र भयो ।

रचना- मे/ २९/ २०११

1 thought on “बेतलबी काम हाम्रो ढुङ्गा हान्ने मात्र भयो”

  1. PRAVA MAM,
    Namaskar,
    tapaiko

    PRAVA MAM,
    Namaskar,
    tapaiko harek kabita satik ra samasamaeki 6an.keep it up. n how r u n sir.

Leave a Reply

Your email address will not be published. Required fields are marked *