Skip to content

नेपाल साप्ताहिक

अलबिदा कृष्णचन्द्र !

  • by

१५ दिनअघिको कुरा हो । उनको गेट खुलै थियो । तर पनि मूलगेटको घन्टीको स्विच थिचेँ । मलाई भित्र पस्न गाह्रो लाग्यो । किनभने, घरको मूलढोकामा एउटा ठूलो कुकुर मैतिर लक्षित टाउको ठड्याएर ढल्केको थियो । अर्कोपटक घन्टीको स्विच थिचेँ । यसपालि चाहिँ मूलगेट खोल्न उनी आफैँ आए । ढाड अलि कुप्रो पारेर झन्डै ४५ डिग्रीको कोणमा ढल्केर उनी हिँड्दै आए र ढोका खोले ।

प्रश्न र कारणहरू

  • by

त्यस दिन ३ कक्षामा पढ्ने नातिनीको एसएमएस प्रश्नले एक वर्षअघि देवीबहादुर थापा (सुरभि स्रष्टा परचिय, पृ.१११)को एउटा टिप्पणीको याद दिलायो । उनले सोधेकी थिइन् ः ‘हजुरबा, मिडासलाई जे छोए पनि सुन भएपछि खानेकुरा पनि छुनासाथ सुनै हुने कुरा किन याद भएन ?’

अहँ मम्मी !

अचानक युवक अगाडि देखा पर्दा त्यही भयो । ऊ रिसाए पनि आँखा र ओठ मन्दमन्द मादक मुस्कुराइरहेजस्ता भए । युवक त उसलाई देखेपछि मुस्कुराउने नै भयो । संयोगले उसको आडको सिट खाली थियो । मुस्कुराउँदै युवक आडमा आएर बस्यो । ऊ असहजजस्तो भई । एउटै सिटमा भए पनि युवकले सामान्यतया अल्लारेहरूले देखाउने अशिष्टता देखाएन र स्पर्शमा आतुरता पनि देखाएन तर उत्सुकता भने देखायो । बसको एउटै सिटमा कोचिएर बस्नुपर्दा जसरी जहाँजहाँ छोइनुपर्ने हो, त्यसरी छोइयो । यसको अतिरिक्त युवकले उसको हात छुन खोज्यो, हत्केला र औँलाहरू । सकेन । उसले युवकलाई देख्तै नदेखेजस्तो, वास्तै नगरेजस्तो गरी । त्यसो नगरेको भए सायद युवकले उसको हात समाउने साहस गर्ने थियो ।

सगरमाथा

  • by

ठीक ५७ वर्षअघि इलाम जिल्लाको फिक्कल भन्ने रमणीय स्थानको हाम्रो घरबाट मेरो पिताले मलाई अंग्रेजी महाविद्यालयमा भर्ना गराउन भनेर दार्जीलिङ लानुभएको थियो । गाडीबाट चोक बजारमा ओर्लिनेबित्तिकै हामी बाबुछोराले उच्च स्वरमा एउटा गीत सुन्यौँ ।

सत्याग्रह आन्दोलन र बीपी

  • by

२०१४ मंसिर महिनाको कुरा हो। एक दिन मध्य दिउँसो बीपी कोइरालालाई भेट्न काठमाडौँको नक्सालस्िथत कल्पना प्रेसमा पुगेको थिएँ । तल प्रतीक्षालयमै भनियो, ‘बीपी सुकला भएको छ । पछि आउनू ।’ मेरो मुखबाट फ्याट्ट निस्किहाल्यो, “समाजवादी नेता पनि दिउँसै सुत्दा रहेछन् ? कस्तो अचम्म !” यत्तिकैमा कौसीबाट बीपी चिच्याइहाल्नुभयो, “माथि आउनू माथि ।” मेरो मुटु ढक्क फुलेर आयो ।

किच्चकबध र राधा

  • by

कुनै पनि कुरालाई सांस्कृतिक मूल्य दिएपछि त्यसले सामाजिक सम्पत्तिको स्थान ग्रहण गर्छ । मानिसले स्थापना गरेका जति पनि तीर्थस्थलहरू छन्, ती सबैमा कुनै न कुनै किंवदन्तीहरू आधार मानिएका छन् । किंवदन्तीहरूको आफ्नै विशेष ऐतिहासिक तथ्य हुँदैन तर सामाजिक विश्वासमा तिनीहरू इतिहासभन्दा पनि शक्तिशाली भएर उभिएका हुन्छन् । अझ आध्यात्मिक किंवदन्तीहरू त भक्तिसँग जोडिएर आउने हुँदा तिनको सामाजिक मूल्य विशेष बन्ने गर्छ ।

धुस्वाँका साथ एक सार्थक यात्रा

  • by

कति व्यक्तिका साथ मैले यात्रा गर्ने मौका पाएको छु । म साहित्यिक व्यक्तिहरूको कुरा गर्दैछु । धुस्वाँ साय्मि, वासु शशीलाई सम्झन्छु, जो अब यस संसारमा छैनन् । उनीहरूको संगत, खासगरी यात्रामा बिताएका क्षणहरूको सम्झना मलाई आज पनि बारम्बार आइरहन्छ । यहाँ म धुस्वाँ साय्मिसँगको यात्रा क्षणहरूको स्मरण गर्न चाहन्छु ।

स्तरीय कथाहरूको संकलन

  • by

पाखाको जस्तो अनौठो तर अनाकर्षक नाम दिइएको कथासंग्रहका लेखक बाबुराम लामिछाने (जन्म विसं २००९) समसामयिक नेपाली कथाकारहरूमध्ये तुलनात्मक रूपमा कम चर्चित र समीक्षकहरूको दृष्टिबाट प्रायशः ओझेल परेका कथाकार हुन् । भित्री मधेसमा जन्मिएका र सरकारी कर्मचारीका हैसियतले जीवनको अधिकांश समय राजधानीबाहिर बिताएका लामिछानेले साहित्यसेवालाई मौन साधनाका रूपमा लिएको देखिन्छ ।

अकस्मात्

  • by

‘साँच्चै कहाँ गएको होला त त्यो मान्छे ?’ उसले मनमनै यस्तो सोच्दै आफ्नी पाँच वषर्ीया छोरीतिर हेरी । उसकी छोरी टुलुटुलु उसैलाई हेर्दै थिई । छोरीको अबोध बालापन देखेर उसलाई असाध्यै माया लाग्यो । उसले छोरीलाई काखमा राखेर एकपटक जोडले म्वाई खाई । उसलाई आफ्नो हृदय मातृत्वले भरिएर आएको अनुभव भयो र ऊ झनै छोरीको मायाले द्रविभूत भई । उसकी छोरीले आमाको अकस्मात्को यस्तो क्रियाकलाप देखेर अचम्म मानेर हेरिरही ।

नेपाल कि सेकुवा ?

  • by

दिउँसोको २ बजेको छ ।

म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा थचक्क बसेको छु । बारबार घडी हेररिहेको छु र आँखाहरू आगन्तुकको हूलतर्फ निर्निमेष बिछ्याएको छु । मेरा हातमा दुईवटा सुकिला खादाहरू र दुई झुप्पा ताजा र सुन्दर फूल फुलेका छन् । छेउमै रहेका पानीका बोतल र झोला मेरोे साथी बनेर बसेका छन् । थाइल्यान्डकी मित्र डा प्रानी र उसकी प्राध्यापक मित्र झोला गुडाउँदै बाहिर निस्कँदै छन्, अनुहारभर िनवीनता, उत्सुकता र अनिश्चितताको क्रिम पोतेर ।

ऋजुयन

प्रशान्त महासागरका बलिष्ठ छालहरूलाई चिर्दै एउटा पानीजहाज उत्तर दिशातर्फ बढिरहेको थियो । जहाजको अग्रभागमा बसेर टाढाटाढाका दृश्यहरूलाई एक जापानी क्याप्टेनले ध्यानपूर्वक हेररिहेका बेला ऊ एक्कासि चिच्याउन थाल्यो, “सावधान ! तुफान आउँदैछ ।”

इन्द्रेणीले नेपाल सम्झायो

  • by

मन्छेको जिबनमा पाउनु र गुमाउनु कुनै नौलो कुरो हैन तर जिबनमा सम्पुर्ण चिज पाएर पनि कसैको माया, ममता र प्रेम पाईएन भने जिवन खल्लो लाग्दो हुदो रहेछ उ जिउनु कुनै नौलो ससार सगै सिगार्ने कुरामा ब्यस्थ हुन्छ । हुन त जिबनमा सोचेको कुरा सबै काहा मिल्दोरहेछ र यही सम्झि दिनु पर्दोरहेछ

फेसबुकमा फत्तेमाया

हराएका मान्छे भेटिए भटाभट हो, थुपैैर मान्छेहरू हराएका थिए । हृदय र शरीरहरू हराउने करम बढिरहेथ्यो । हिजोआज ती भेटतै छु बिस्तारै-बिस्तारै ।