Skip to content

नेपाल साप्ताहिक

चित्त दुखेको त्यो सन्दर्भ

  • by

विश्वेश्वरप्रसाद कोइरालासँग मेरो पहिलो भेट बनारसमा भएको हो । केदारमान व्यथित र म भागेर त्यहाँ पुगेका थियौँ । तर, दुर्भाग्य त्यही पहिलो भेट नै दाँतमा ढुंगा लागेजस्तो भयो ।

युद्धकी पात्राको डायरी

  • by

युद्धमैदानः “ठोक् ! ठोक् !!” कमान्डर, आफ्ना मातहतका सिपाहीलाई आदेश दिँदै थियो । त्यो आदेश दिने कार्यसँग उसको कुनै रहर गाँसिएको थिएन । न त कुनै स्वार्थ नै । थियो त केवल बाध्यताको एउटा क्लेश । मध्यरात । माघको पूर्वार्द्ध, चिसोको चरमतामा उनीहरू युद्धजन्य बाध्यता बाँचिरहेका थिए । गोली, बारुदका अहर्निस आवाजहरू ।

वाद-प्रतिवादमा बीपी र चाउ एनलाई

  • by

तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई २०१७ वैशाख १४ गते नेपालको चारदिने भ्रमणमा आएका बेला रमाइलो पारामा कूटनीतिक सवालजवाफ भएको थियो, जो म अहिले पनि सम्झिन्छु । म त्यसबेला कानुन सहायकमन्त्री थिएँ । चीन भ्रमणका क्रममा थाँती रहेको शान्ति र मैत्री सन्धि यसै भ्रमणका क्रममा हस्ताक्षर गरेर टुंग्याइएको थियो । आर्थिक सहायतासम्बन्धी सातबुँदे सहमतिमा पनि यसैबेला हस्ताक्षर भएको हो ।

नेपाली उपन्यासमा नवीन प्रयोग

  • by

आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास सलिजो कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै आएका मोहनराज जीवन र जगत्लाई गहिरो अन्तरदृष्टिका साथ पर्गेलेर क्लासिक्सको कोटीमा राख्न मिल्ने कालजयी कृतिको सिर्जना गर्ने कु श्रेणीका लेखक होइनन् ।

चामल र चमेली

  • by

दुई कुरा (चामल र चमेली)मध्ये कुनै एक रोज्नुपर्ने अवस्था आइलाग्यो भने निश्चित तवरले मेरो रोजाइ हुनेछ, चामल । यसरी रोज्दा म तलमाथि वा देब्रे-दाहिने अरू केही सोच्दिनँ, सायद मेरो मस्तिष्कले त्वरति सोच बनाइसकेको हुन्छ । किनभने, म चामलमा सार देख्छु र चमेलीमा फगत रूप मात्र । सार भनेको गुदी हो, गुण हो, गुणवत्ता हो, प्राकृतिकता हो र अन्तरतम हो ।

त्रिभुवनसँगका रोचक प्रसंग

  • by

घटना मातृकाबाबु प्रधानमन्त्री हुँदाको हो । पूर्वराजा ज्ञानेन्द्रकी आमाको विवाह श्री ५ महेन्द्रसँग भएपछि कारणवश उनको मृत्यु भयो । तत्पश्चात् श्री ५ महेन्द्रले स्वर्गीय महारानीकै बहिनी रत्नसँग प्रेम भएक

‘मानिस’ जो रहेनौ

  • by

तिमी जब छिर्यौ सरकारमा
तिमीलाई ‘रैतीहरू’ले नचाहे पनि
नमस्कार गरे ‘मन्त्री’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, कवितामा तिमी मिथक निरंकुशताको अब ।

के के गरेर धन दौलत कमायौ

मृत्युलाई सलाम !

  • by

मृत्यु-सृष्टिको अनिवार्य सर्त
मृत्यु-जीवनले तय गरेको अनिवार्य यात्रा
मृत्यु-जीवनको उत्कर्ष
र, जीवन-मृत्युको घोषणापत्र
युगौँदेखि मृत्युसँग पराजित

सबै धाँजा परेको छ यहाँ

  • by

यता साउन महिना ढल्न आँटेको छ, अझै पानी परेको छैन । काठमाडौँको आकाशमा कताकति बादलका टाटा देखिन्छन् । अलिकति आश लाग्छ तर ती प्रत्येक दिन देखिन्छन्, बिलाउँछन् । सगर डढेर सन्ध्या रातो हुन्छ

कर्मयोगी लक्ष्मण सर

  • by

विसं २०१६ को कुरो हो, पद्मोदय हाइस्कुलमा म ६ कक्षामा पढ्थेँ । ईश्वरराज अर्याल नयाँ शिक्षकलाई लिएर छिँडी-तलामा रहेको हाम्रो कक्षामा प्रवेश गर्नुभयो र चिनारी गराउनुभयो, “अब तिमीहरूलाई उहाँले अंग्रे

आरम्भको नयाँ चित्र

  • by

नयाँ चित्र
झट्ट हेर्दा
चित्रपटमा मसी पोखिएझैँ छ
अर्थात् आजको वास्तविकता
कलाकारी भाषामा
सिद्धान्तविहीन चित्र
जहाँ अमूर्तताभित्र अमूर्त
अस्पष्ट नयाँ चित्र

बाल्यावस्था र राज्यारोहण

  • by

डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो ।

यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो पुस्तक तयार पारिएको छ । युवराज त्यही पढ्छन् ।

पिएर पानी सोधेछु जात

  • by

लाग्यो आखिर ठूलै बात
समाउँदा मैले तिम्रो हात

देखिनँ आँखा प्यास लाग्दा
पिएर पानी सोधेँछु जात

पहिले लाग्थ्यो पैसाको नशा
अचेल लाग्छ रूपको मात

मनमा गढेको पीडा र गर्व

  • by

बोर्निओको सारावाक टापुमाथिको दाबीलाई लिएर इन्डोनेसिया र मलाया (मलेसिया)का बीच सन् १९६२-६५ मा भीषण लडाइँ चलेको थियो, जसमा म पनि सामेल थिएँ । मैले बेलायतको उपनिवेश रहेको मलायाका तर्फबाट त्यो युद्ध

शोकले पोतेको तिम्रो मन

  • by

तिम्रो लहैलहैमा यता र उता
टाढा-टाढा भौँतारिए म
पुष्ट र मस्त शृंगारको तन्मयतामा
बुइँमा चचहुई…चचहुई मच्चिरहेँ
बिनसित्ती झर्किएर
आँसु रोएर
शोकले पोतेको मन

बेकूफ

  • by

साह्रै असल मान्छे ऊ । नाम बुद्धिराज थर थानी, स्वाभावले साह्रै ज्ञानी । साह्रै फरासिलो र साह्रै स्वाभिमानी । एकपटक कलेज पढ्दा उसले देशभक्तिले ओतप्रोत कविता लेखेको थियोः