Skip to content

नेपाल साप्ताहिक

पारदेशमा

  • by

भीडमा एक्लो हुँदा कस्तो हुन्छ? अनुभव नगर्ने धेरै कम होलान्। एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन।

यी दुईमध्ये कुनले बढी सताउँछ होला? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्नु भनेर बुझ्नुपर्ला कि? कि चाहेर एक्लिनुको मजा अर्कै हुन्छ भनेर? अचेल विश्वभरि यसको बहारजस्तै आएको छ। ध्यान गरेर संसारबाट मात्र होइन, आफैँबाट पनि एक्लिने। तर, एक्लो भएर एक्लिनुचाहिँ पीडादायी नै हुन्छ। मौन कारागारजस्तो।

अघोषित सम्बन्ध

  • by

सरी है,” हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें।

उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।

कता-कता चिनेको अनुहारझैँ लाग्यो।

“तिमी कहिले आयौ लन्डनबाट?” उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।

यात्रा जंगलभित्रभित्रै

  • by

खोला पनि त्यस्तै न छन्, बगुवा बालुवाको, जति चलमलायो उतिउति भासिँदै जाने। थामिने पीँध त कता हो कता! म एकपटक त्यस्तोमा फसेको छु। कसोकसो गरेर निस्कन सफल भएँ। त्यो कुन खोलो थियो, तै नाम बिर्सेछु। तर होइन, त्यै स्याली त हो। राजमार्गभन्दा उत्तरपट्टि। त्यो बेला र यो बेला। स्यालीमा बर्खाको पानी घटेको थियो र पनि पानीको भित्री बेग अझै कायमै थियो। बर्खा बितेको थिएन।

भानुभक्तमा रहेको लोकतान्त्रिकता

  • by

नेपाली भाषामा रामायण लेखेर भाषिक, साहित्यिक र केही हदसम्म सांस्कृतिक हिसाबले पनि नेपाललाई एकीकरण गर्न सकेका भानुको देन राष्ट्रियताका सन्दर्भमा उच्च दर्जाको मानिइआएको छ। भानुभक्तलाई हेर्ने अर्को व्यावहारिक पाटो पनि छ। उनी पण्डित थिए, असल वन्धुवान्धव थिए, खेताला-गोठाला थिए र थिए गाउँघरमा परअाउने व्यवहारका सहजकर्ता।

रातो कोट

  • by

आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, ‘यो अन्तिम युद्ध हो आ-आफ्नै ठाउँमा डटौँ, अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ। गनी साध्य छैन, कतिपटक यो गीतलाई दोर्‍याएकी छु मैले।

गीतमा हराउँदा

बाल्यकालदेखि नै गीत गाउने रुचि मेरो चरम सीमामा थियो। हिन्दी फिल्मका कतिपय गीत मलाई कण्ठ थिए। त्यसमा पनि विशेष गरेर लता मंगेशकरका गीतहरू म बडो रुचिका साथ गाउँथे। मेरो आवाज त्यस बखत मसिनो र तिखो थियो। त्यसकारण लताका गीतहरू गाउने गर्थें। टोलमा विभिन्न उत्सव र अन्य समयमा पनि म गाउथेँ कर गरेर पनि टोलेहरू गाउन लगाउँथे। कहिलेकाहीँ गाउन मन नगर्दा कुटेर पनि गाउन विवश गराउँथे।

पुवामाई होटल र डिकमान विरही

  • by

मेची अञ्चलस्तरीय महानन्द पुरस्कार स्थापना भएको २२ वर्षपछि २०६६ सालमा यो पुरस्कार समर्पण समारोहको आयोजना पाँचथरको सदरमुकाम फिदिमले गर्ने भएको थियो। ०४३ सालमा स्थापित यस पुरस्कारको समारोह पहिलोपल्ट ०४४ वैशाख ३० गते झापाको शनिश्चरेबाट सुरु गरिएको थियो। मेची अञ्चलस्तरीय भएकाले पालैपालो चारै जिल्लामा समारोहको आयोजना गर्ने धारणा रहे पनि झापा र इलामभन्दा माथि यो समारोह चढ्न सकेको थिएन।

भोकको क्षेत्रफल

  • by

विश्वास गर्नूस्
विश्वास गर्ने साहस गर्नूस्
भोक केवल भाववाचक संज्ञा होइन
भुँडे व्याकरणविद्हरूले भन्दैमा हुन्छ र…
व्याकरण पनि इतिहासजस्तै हो
जो बोकाउँछ मान्छेलाई जबरजस्ती
एक पत्करे डोको झूट।

सन्तान

  • by

प्राध्यापक रामेश्वर एक सातादेखि अस्पतालको शैय्यामा दिन बिताउँदै थिए। अहिले एक-दुई जना छिमेकीहरू उनका छेउमा बसेका छन्। समय दिउँसो ३ बजेतिरको हो।

“मैले थोरै सुप बनाएर ल्याएकी छु, दाइ खाइदिनु पर्‍यो। तीन दिनदेखि केही खानुभएको रहेनछ। तपाईं बिरामी भएको कुरा बिहान थाहा पाएर आएकी। अडेस लागेर बसौँ दाइ, म उठाइदिन्छु।” एउटी महिलाले ह्यान्डिल घुमाएर बेडको शिरतिर ठाडो बनाएपछि तकियामा अडेस लागेर रामेश्वर बस्छन्।

मेरो प्यारो ओलाङ्चुङगोला

  • by

पञ्चायतकालमा कुनै कर्मचारी, शिक्षक वा अन्य कुनै सरकारी/अर्धसरकारी निकायका कर्मचारीले राजनीतिमा भाग लिन खोजे तत्कालीन शासकहरूले भन्ने गरेको ‘राजनीति गरे ओलाङ् चुङगोला पुग्नुपर्ला’ थेगो बाल्यकालमा सुनेदेखि ओलाङ्चुङगोला पुग्ने जुन उत्कण्ठा मभित्र झाँगिएको थियो, त्यो गत महिना पूरा भयो । समय परविर्तनशील छ । ठाउँ यथास्थितिमा छ आज पनि ।

कृष्णचन्द्रसिंह अवज्ञाको देउराली

  • by

कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास गाढा उदासी छायो । पाको उमेरका प्रधान यो सुन्दर संसारबाट बिदै हुने गरी थला परेको सुराकी मैले पाएको थिइनँ ।

सिंहदरबारको केरा

  • by

कुकुर छिर्नसमेत पास चाहिने सिंहदरबारमा
एउटा केराको बोट गर्वले उभिएको छ
नेता र कर्मचारीहरूको आशीर्वादमा
बटुवाहरूलाई शक्तिको धमास छर्दैछ ।

तेन्जिङ शेर्पाको सम्मानमा

  • by

वीरांगनाजस्तो लाग्ने भेषभूषामा सजिएर घोडा चढी स्वागत-अभिनन्दन गर्न पाउँदाको अनुभूति बेग्लै हुँदो रहेछ । २०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा आयोजित कार्यक्रमको अगुवाइ गर्दाको त्यो क्षण मेरालागि ज्यादै रोमाञ्चक थियो । किनभने, त्यो विजय नेपालीहरूका लागि संसार जितेभन्दा ठूलो थियो ।

सिके पो !

  • by

सडकको पारिपट्टि ठेलामा सुन्तलाका राम्रा दानाहरू देखेपछि गाडी रोक्दै मैले पुष्पा (श्रीमती)लाई भनेँ, “यहाँ किनौं न त सुन्तला, राम्रा रहेछन् ।” राम्रै रहेछु भन्दै उनी झरिन् । म गाडी साइडमा रोकेर पर्खी बसेँ । करिब पाँच मिनेटपछि उनी उदास हुँदै फर्किन् र कारण बताइन्, “पाँच मिनेट उभिँदा पनि सडक पार गर्न सकिनँ ।” सडक खाली हुँदै हुन्न, मोटरसाइकल र गाडीवाला कसैले रोकेर पालो दिने होइनन् । जबरजस्ती गरूँ भनेँ मोटरसाइकल वा गाडीले हानेर पिचिक्क पारिदेला । अनि, साँझ रेडियो, टीभीमा आधा मिनेटको समाचार आउला, “बौद्धमा एक महिलाको सवारी दुर्घटनामा मृत्यु । त्यत्ति मात्र हुने हो अनि म किन जबरजस्ती गरेर ज्यान फालूँ ?”

मृत्योपहार

  • by

टिनिनिन्… टिनिनिन्… एकाबिहानै फोनको सुरिलो आवाज र त्यही आवाजभित्र अदितले कल्पना गरेको उसको सपना। आज एकाबिहानै अदिले फोन गरिछन्। अदितालाई उसले प्यारले अदि भनेर सम्बोधन गर्थ्यो। सायद भेट नभएको धेरै समय भइसकेको हुनाले उनी मसँग फोनमा कुरा गर्न आतुर छिन् होला। साँच्चै, कति माया गर्छिन् मेरी अदिले मलाई। यिनै कुराहरूलाई मनमा खेलाउँदा खेलाउँदै ऊ फोन भएतिर हुत्तियो।