Skip to content

नेपाल साप्ताहिक

फागुन ७ र नेपाली कांग्रेस

  • by

भारतको पटनामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयजस्तै थियो । सबै काम त्यहीँबाट निर्देशित हुन्थ्यो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, राजा र कांग्रेसबीच भएको दिल्ली सम्झौताको ‘ड्राफ्ट’ त्यहीँ भएको हो । सोही सम्झौताबमोजिम १ सय ४ वर्षे निरंकुश राणाशासन ढल्यो र नेपालमा प्रजातन्त्रको बिहानी झुल्कियो । तर, हाम्रा लागि त्यो सम्झौता धेरै गुमाएर थोरै प्राप्त गरेको अवसर थियो । ‘छातीमाथि ढुंगा राखी हाँस्नु पर्या छ !’ जस्तै भएको थियो, दिल्ली सम्झौता नेपाली कांग्रेसका कार्यकर्ताका लागि ।

एक नौलो अध्याय

  • by

जब सबै रहर र उद्देश्यहरू समाप्त हुन्छन्, त्यतिखेर मानिस मर्नुभन्दा बाँच्नुको पीडाले मर्दो रहेछ । ऊ बेलाबेला आफूलाई विगतका पानाहरूमा चिहाउने गर्छे । जिन्दगी कति निरस र कुण्ठित थियो, ऊ अनुभूत गर्छे । उसलाई फेरि त्यता फर्किन मन लाग्दैन । हुने भए सम्झना आउने सारा झ्यालढोकाहरू बन्द गरििदन्थी । एकान्तमा सम्झना आउँछ । त्यसैले एकान्तबाट आफूलाई बचाउँदै मानिसका भीडहरूमा सुखद अनुभूति खोज्न भौँतारिन्छे । तर, मानिस त हो, जहाँको भए पनि स्वभाव र चरत्रि कहाँ फरक हुँदोरहेछ र ?

सशस्त्र क्रान्तिका पहिला सहिद

  • by

विसं २००६ चैत १४ गतेको घटना हो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका प्रतिनिधिहरूले भरिएको थियो, कलकत्ताको चौरंगी टाइगर सिनेमा हल । दुई कांग्रेस पार्टी एक भएको खुसीयालीमा आयोजना गरिएको सम्मेलन थियो त्यो । त्यही हलको प्रवेशद्वारमा एक जना गोरो, रातोपिरो र फुर्तिलो युवक स्वागत समितिको ब्याज लगाएर उभिएको थियो ।

सत्य र भ्रम

  • by

हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न झन्झन् गहिरँिदै गएको देखेर झन्झन् अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै यस्ता गहिरा र नचाहिँदा विषयहरूमा फसिरहेको छु । तर के गर्नु, यो फस्नु र निस्कनु आफूले चाहेर मात्र हुने विषय नभएपछि ।

वाह ! किगाली

  • by

रुवान्डा बसाइमा त्यहाँको जातीय युद्ध र रुवान्डीयनहरूको मृत्युको समाचारले मलाई पनि छोएको थियो । म निकै दुःखी भएको थिएँ । तर, म दुःखी हुनु र नहुनुको खासै अर्थ थिएन । रुवान्डाको राजधानी उत्रेपछि मलाई रुवान्डीयनहरूको दुःखमा केही गर्न नसके पनि सहानुभूति दर्शाउने इच्छा थियो । रुवान्डाको अवस्था आफ्नै आँखाले हेर्ने मन थियो ।

पत्रकारको भेष गरी युद्धमोर्चामा

  • by

त्यतिखेर म विद्यार्थीको नेताजस्तै थिएँ । विद्यार्थी आन्दोलन संगठित गर्न र त्यसलाई चलाउनका निम्ति प्रशिक्षण/छलफल चलाएर मात्र हुँदैनथ्यो, सांस्कृतिक आदि मनोरञ्जनमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्थ्यो । सोचेँ, मनोरञ्जन पनि हुने र यसो ‘फन्ड’ पनि जम्मा हुने ।

जीजिविषा

  • by

आइमाई मान्छेहरूले उमेर घटाउँछन् रे भन्ने सानैदेखि सुनेको हो । त्यसैले होला, कुनै पनि स्वास्नीमान्छेलाई उसको उमेर नसोध्नू भन्ने विश्वव्यापी मान्यता छ । हुन पनि एक-दुई अपवादलाई छोड्ने हो भने उनीहरू सकेसम्म आफ्नो वास्तविक उमेर बताउन चाहँदैनन् । उनीहरूलाई सबैभन्दा गाह्रो नै कुनै सरकारी कामकाजका बेलामा नागरकिता वा राहदानी देखाउनुपरेका बेला हुन्छ । डाक्टरको क्लिनिकमा नाम लेखाउँदा पनि उमेर भन्ने बेला चारैतिर पल्याकपुलुक हेरेर सक्नेजति सानो स्वरमा जवाफ दिन्छन् उनीहरू ।

अन्योल छोरीसँग

  • by

अचम्म देखिरहेछु
विद्वान्हरू मागिरहेछन्
प्राज्ञसत्ता !
भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै
बानर र सुग्रीवहरूले-
निर्लज्ज चराइरहेछन्
विद्वतालाई ।

उमेर बिर्साउने साथीहरू

  • by

सारै मिल्ने साथी हो भने वर्षौंपछि भेट भए पनि ‘ग्याप’ अनुभव हुँदो रहेनछ । मेरा केही यस्ता साथीहरू छन्, जससित जहिले भेट भए पनि तिनले कि चन्द्रावती हाइस्कुलको प्रांगण, कि महाराजगन्ज क्याम्पसको परसिर वा पाटन संयुक्त क्याम्पसको कम्पाउन्ड अथवा विश्वविद्यालय कीर्तिपुरको सेरोफेरो टुप्लुक्क आँखा र मनमस्तिष्कमा ल्याई पुर्‍याउँछन् ।

समाज सुधारक मंगलमान

  • by

आक्कल-झुक्कल राजनीतिक घटनाक्रममा सामेल भएर फेर िआफ्नै व्यक्तिगत जीवनमा फर्किएकाहरूको सधैँ एउटै गुनासो सुनिन्छ, ‘मलाई पार्टीले हेरेन, केही गर्दै गरेन ।’ त्यो जायज होइन । किनभने, राजनीतिमै जीवनका अमूल्य समय बिताएका र अहिले एक किसिमको अवकाशप्राप्त जीवन बिताइरहेकाहरूको अवस्था भिन्न छ ।

तीन असाधारण सम्झना

  • by

जीवन पनि रेलको यात्राजस्तै हो । कति चढ्छन्, कति उत्रन्छन् । भेट हुन्छ, केही समय सँगै बिताइन्छ । फेरि आफ्नो ठाउँ आएपछि छुट्टिनुपर्छ । समयसितै तिनीहरू विस्मृतिमा हराउँदै जान्छन् । सम्झेर साध्य पनि हुँदैन । तर, केही व्यक्ति यस्ता पनि हुँदा रहेछन्, जो बाँचुन्जेल स्मृतिमा बसिरहन्छन् । मेरो जीवनमा आएका त्यस्ता केही असाधारण व्यक्तिको यहाँ चर्चा गर्न चाहन्छु ।

मस्र्याङ्दी नदीको पानीजस्तै

हामी हिँडिरहेका थियौँ । जीवनको अर्थ पनि हिँड्नुमा नै छ । जीवनमा अर्थ खोजिरहने र अर्थकै वरिपरि घुमिरहन चाहने मान्छेले त झन् नहिँडी सुखै छैन । उसमाथि पनि हामी त जीवनका भागदौडका यावत् कुराहरूलाई थाँती राखेर हिँड्नकै लागि भनेर यहाँ आएका । त्यसैले मध्याह्नबाट पश्चितमतिर ढल्कँदै गएको घामसँगै हामी हिँडिरहेका थियौँ ।

आन्दोलनमा प्रजा पञ्चायत

  • by

श्री ३ को दर्शन गर्यो भने तीन पाप पखालिने र श्री ५ को दर्शन गर्यो भने पाँच पापबाट मुक्ति पाइने भन्ने जमाना थियो त्यो । त्यसबेला राणाहरू र उनीहरूको शासनविरुद्ध बोल्न ठूलै आँट चाहिन्थ्यो । तर, विचित्र के थियो भने पढेलेखेका र समाजमा केही नाम भएकाहरू सबै राणाविरोधी थिए । कुनै निश्चित दर्शन र उद्देश्यले अभिप्रेरति नभए पनि राणा शासन खत्तम गर्ने हो भने अवश्य पनि राम्रो व्यवस्था आउँछ भन्ने विश्वास उनीहरूमा थियो ।

अव्यक्त आशयहरू

  • by

कहाँबाट थुप्रिएका होलान् यति धेरै मान्छेहरू ! नयाँ सडकको पेटीमा ठेलमठेल गरेर हिँडिरहेका मान्छेहरूका बीच निशा सोच्दै थिई । भीडको फाइदा उठाउँदै अगाडिबाट एक जना भलाद्मीले नजानिँदो पाराले कुहिनाले उसलाई स्पर्श गरेर गए । उसलाई हतार थियो तर बाटोमा यति धेरै मान्छेहरू थिए, उसलाई छिटो हिँड्न पनि दिइरहेका थिएनन् अनि आफू पनि अलमस्त पाराले हिँडिरहेका थिए ।

काठमाडौँ: तीन विम्बहरू

  • by

“ठूलोकान्छा, यसपालि त सतबीज छर्न पशुपतिनाथ लगिदे न है !” हजुरआमाले दोस्रोपटक नातिलाई पुकारिन् । हजुरआमाले कुरो गरेको बुझेपछि मोबाइल बन्द गर्दै ठूलोकान्छाले सोध्यो, “के भन्या आमा ?” “सतबीज छर्न लग्दे भन्या !”

तर पनि जेल

  • by

घटना २०१४ चैत ३ गतेको हो । राजा महेन्द्रले नयाँ व्यवस्था अनुरूपको संविधान निर्माणका निम्ति एउटा संविधान मस्यौदा आयोग बनाएका थिए । आयोगको अध्यक्षमा भगवतीप्रसाद सिंह थिए भने सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्याय र म, गोरखा दलबाट रणधीर सुब्बा र कानुनविद्का रूपमा रामराज पन्त नियुक्त भएका थिए । सदस्य भए पनि मलाई राजा महेन्द्रले त्यसको सदस्य-सचिवको जिम्मेवारी सुम्पिएका थिए ।

मन पर्‍यो/मन परेन

  • by

तिमीले कोट-पाइन्ट लगाएको
मन पर्यो
राष्ट्रियता
पोसाकमा नखोजेको मन पर्यो
तर, बन्दुक बोकेको मन परेन
बन्दुकको धङ्धङीले अझै गाँजेको
मन परेन ।

अन्ध सुरुङको यात्राः एउटा अन्तहीन वास्तविकता

  • by

गाडी छुट्नासाथ पछाडि सिटमा कोही बोल्यो, “मलाई गाडीको यही बानी मन पर्छ, यात्री कुरनिरहने । वास्तवमा यात्री कुररिहने र जहाँसुकै रोक्ने गाडीले नै बानी बिगार्छन् ।” अर्को उत्तेजित स्वर घन्कियो, “छुट्नासाथ कस्तो कुदाउँछन् नि रेस कम्पिटिसनजस्तै !” तेस्रो आवाज बोल्यो, “तब त मान्छे पनि माररिहन्छन् नि !”

जीवन बन्न नसकेको ‘नाटक’

  • by

सेक्सपियरले भनेका छन्, “जिन्दगी एउटा नाटक हो ।” झन्डै सेक्सपियर शैलीकै नाटकबाट रंगमञ्चमा पाइला हालेका कलाकारहरूले साँचो अर्थमा नाटकलाई जिन्दगी बनाउन सके त ? हरपि्रसाद रमिाल लामो समयदेखि रोगले थलिएका छन् । श्यामदास वैष्णवले पनि रंगमञ्चमा नटेकेको दुई दशक नाघ्यो । मदनदास श्रेष्ठ भन्छन्, “१६ वर्षयता म मञ्चमा ओर्लिएको छैन ।”