Skip to content

नेपाल साप्ताहिक

बर्खेच्याउको नियति ?

  • by

“नारायणगोपाल हुने रहर त सबैले पाले तर नारायणगोपालले हासिल गरेको तालिम र कठोर अभ्यासतिर कसैले ध्यान दिएनन्,” संगीतकार दीपक जंगमका यी शब्दहरूभित्र लुकेको छ, आजको पुस्ताको गायकीको यथार्थ । यसभन्दा ठ

मलायामा गुरिल्लाविरुद्ध लड्दा

  • by

ज्यान कतिबेला जाने हो, कुनै ठेगान नहुने । लुकेर कतिखेर प्रहार गर्ने हुन्, कुनै पत्तो छैन । त्यस युद्धमा बिताएको तीन वर्ष ज्यादै कष्टकर रह्यो ।

पुलिस जेलभित्र छ

चिनजानको एउटा पुलिस मित्र छ जो अहिले जेलभित्र छ ।

उसले लगाउने टोपी
देशको नेताले हरेर लग्यो
उसले पहिरिने बर्दी
देशको कानुनले मिचेर लग्यो
उसको हातमा नाच्ने लठ्ठी

छेपारो उही स्वभाव उही

  • by

जीवन वयको आरोहण जति अगाडि बढ्दै जान्छ, विचार अनुभूतिमा पनि त्यस्तै परविर्तन हुँदै जाँदो रहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदो रहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भारपछि बाध्यतावश जति ठू

अनुभव

धाकधम्की दिएको अनुभव राम्रै हुँदोरहेछ
मान्छे कुटेको अनुभव जब्बर हुँदोरहेछ
अंगभंग पारेको अनुभव अब्बल हुँदोरहेछ
मान्छे मारेको अनुभव त झन् ज्याद्रो हुँदोरहेछ ।

पलायनको पीडा

  • by

इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! उसका आँखामा काठमाडौँको अमेरकिी दूतावासअगाडि पाल टाँगेर लाघ्रे हुँदै महिनौँ बिताउने जमातको तस्िबर नाच्न थाल्छन्, “ती डीभी चिट्ठा पीडितहरू !”

पर्चा छर्दाको हलचल

  • by

बनेपामा नेपाली कांग्रेसको नेतृत्वमा हुने हरेक कार्यक्रममा राजदास श्रेष्ठमार्फत नै सरकि हुने गर्थें । त्यसबेला बनेपामा कांग्रेस समर्थक कार्यकर्ता औँलामा गन्न सकिने संख्यामा थिए । तर, उनीहरूलाई परचिालित गरेर राम्रै उपलब्धि हासिल भएको थियो । राजदासका राजनीतिक गुरु भने सुन्दरराज चालिसे हुन् ।

म निरअंशी बनेको छु

हे जलधि !
म निरअंशी बनेको छु
मेरा पानीहरू
तेर्सेपानी र रम्घाका पँधेराबाट फुटेर
चुँदीखोला, मर्स्याङ्दी बने,
हिमालय शृंखलाका गण्डकीसँगै मिसिएर
अगाध समुद्र बनाउने अविरल यात्रामा लागे
र, विस्तारित हुँदै गए ।

अनिकालको बीउ

  • by

आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले ।
पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभरि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भरमाथिकै । मास्तिरबाट थोपै नचुहिएपछि परेन त बित्यास ।
तै मनसुन ओर्लियो ।

यसरी बच्यौँ मृत्युदण्डबाट

  • by

पुराना कुराहरू सम्झिंदा मन त्यसै रोमाञ्चित हुन्छ । भन्न त जिउँदो सहिद पनि भन्छन् । तर, वर्तमान भने कहालीलाग्दो छ । कसैको सहाराबिना केही गर्न सक्दिनँ । दिसापिसाबसमेत ओछ्यानमै गर्नुपर्ने अवस्था छ । बोली लड्खडाउँछ । मनका कुरा शब्दमा व्यक्त गर्न सक्दिनँ । कहिलेकाहीँ त दिमागले पनि काम गर्न छोड्छ । नानाथरीका कुराहरू खेल्छन् । त्यसै कता हो कता पुग्छु, बड्बडाउँछु । केही चीज ठेगानमा नभएजस्तो लाग्छ ।

चीन घुमेर फर्किने बेला

  • by

इतिहास, कला, संस्कृति र आर्थिक व्यवसायमा रुचि राख्ने नेपालीहरूका लागि चीन धेरै पहिलेदेखि नै आकर्षणको विषय रहेको हो । चिनियाँ मूलका जाति र भाषा हजारौँ वर्षअघिदेखि नेपालतिर प्रवेश गर्दैरहे । चीनमा बुद्ध दर्शनको प्रभाव ईपू दोस्रो शताब्दीदेखि सामान्य रूपमा पर्दै गएको थियो । स्रोङ्चन गम्पोले सातौँ शताब्दीमा तिब्बतको एकीकरण गर्ने सन्दर्भमा उनको विवाह नेपालकी छोरी भृकुटीसँग भएदेखि बौद्ध दर्शन तिब्बत हुँदै चीनभरि फैलियो । त्यो लहर कोरिया, जापान, भियतनाम आदिसम्म पुग्यो ।

ब्रेल लिपिमा पढाइ सुरु गर्दा

  • by

विसं २०२० मा ल्याब्रोटरी स्कूल नछिरुन्जेलसम्म मलाई नेत्रहीनहरूले पनि पढ्ने लिपि छ भन्ने ज्ञान थिएन । त्यसबेला अमेरकिी महिला इशाबेल ग्रान्ड, जो स्वयं नेत्रहीन थिइन्, ले नेत्रहीनहरूका लागि अमेरकिामा गरेका कामका बारेमा खुबै चर्चा थियो । त्यहाँ नेत्रहीनहरूका लागि छुट्टै स्कूलको व्यवस्था त धेरै पहिलेदेखि थियो तर सामूहिक रूपमा आँखा देख्ने र नदेख्ने सबैलाई एउटै थलोमा राखेर एकीकृत अभियान अन्तर्गतको शिक्षा भने भर्खर-भर्खर सुरु भएको थियो ।

म हुनेछु

  • by

बसमा
अगाडिपट्ट, आमाको काखमा उफ्रिंदै
मुस्कुराइरहेको बालकलाई
आँखा झिम्काउँदै
मुस्कुराइदिनू,
त्यही मेरो
कलिलो मुस्कान हुनेछ ।

कालो कोट

  • by

रेडियो र टेलिभिजनले समाचार प्रसारण गरेदेखि नै मनमा अनेकथरी कुरा खेलिरहे । रातभर िआएका बधाई र चाकडीका टेलिफोनले म हैरान भइसकेको थिएँ । कसै-कसैले होच्याउँदै र गिज्याउँदै पनि फोन गरे । आधा रातसम्म पनि फोनले डिस्टर्ब गरेकाले मोबाइल अफ गरेर सुतेँ । निद्रा कचमचिएकाले पटक्कै आँखा लागेन । मनमा अनेकाँै तरंग चलिरहे । तै बिहानीपख आँखा लागेछन् र आँखाको विष थोरै भए पनि मरेछ ।

प्रतीक्षा अर्को युगको !

  • by

०३६ को कालखण्डपछि ‘६० को दशकसम्म अनेकौँ कविहरू जन्मिए र तिनका कलमले गन्तीहीन कविताहरू रचे । कविता स्तरका दृष्टिले फितलै भएका पनि होइनन् । तर, आमपाठक, जो साहित्यिक शिल्प र सौन्दर्यसँगै आफ्नो समयलाई पनि बुझन् कविता पढ्छ, त्यस्ता पाठकलाई सम्झाइरहने सारै थोरै कविता लेखिए । त्यसैले, ००७ सालको कवि रिमालको ‘एक जुगमा…’ र ०३६ सालको हरभिक्तको ‘बन्धन र बाध्यता’पछि एकैचोटि लामो समयलाई फड्को मारेर जन्मेको कविता हो, मुकारुङको ‘बिसे नगर्ची…’ ।

नेपाल

  • by

प्रिय सम्पादक !
तिमी सम्पादकीयमा
नेपाल लेखिरहेछौ
म, कवितामा
नेपाल लेखिरहेछु
विधा भिन्न भएर के भयो त
हामी एउटै नेपाल लेखिरहेछौँ
हाम्रो सौन्दर्य त्यही हो
कहिलेकाहीँ तिम्रो पत्रिकामा
मेरो कविता पनि छाप है !

एउटा युग, एउटा इतिहास

  • by

अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो ‘३० को प्रारम्भिक वर्ष । भूपीका विद्रोही कविताहरू, सरल र सम्प्रेषणीय कविताको एउटा धार अनि मोहन कोइराला प्रवृत्तिको अर्को धार ।

जेब्राक्रसमा उभिएर

म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो ।
ऊसँगको मेरो यो दोस्रो भेट थियो । म उभिएको पछिल्तिर पुस्तक पसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ, त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि नसुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए तर त्यसभन्दा माथि खुला आकाश घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए ।

मायाको ईश्वर

  • by

म हेर्दैछु तिमीलाई, पश्चिमको घाम भएर
तिमी हेर्दैछौ मलाई, पूर्वको जून भएर
सुदूरपूर्व र सुदूरपश्चिमझैँ भिन्दाभिन्दै छौँ हामी
तर पनि
ओ शून्यता ! हाम्रो मायाको आकाश एउटै छ ।