नेपाल साप्ताहिक
पलायनको पीडा
इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! उसका आँखामा काठमाडौँको अमेरकिी दूतावासअगाडि पाल टाँगेर लाघ्रे हुँदै महिनौँ बिताउने जमातको तस्िबर नाच्न थाल्छन्, “ती डीभी चिट्ठा पीडितहरू !”
यसरी बच्यौँ मृत्युदण्डबाट
पुराना कुराहरू सम्झिंदा मन त्यसै रोमाञ्चित हुन्छ । भन्न त जिउँदो सहिद पनि भन्छन् । तर, वर्तमान भने कहालीलाग्दो छ । कसैको सहाराबिना केही गर्न सक्दिनँ । दिसापिसाबसमेत ओछ्यानमै गर्नुपर्ने अवस्था छ । बोली लड्खडाउँछ । मनका कुरा शब्दमा व्यक्त गर्न सक्दिनँ । कहिलेकाहीँ त दिमागले पनि काम गर्न छोड्छ । नानाथरीका कुराहरू खेल्छन् । त्यसै कता हो कता पुग्छु, बड्बडाउँछु । केही चीज ठेगानमा नभएजस्तो लाग्छ ।
चीन घुमेर फर्किने बेला
इतिहास, कला, संस्कृति र आर्थिक व्यवसायमा रुचि राख्ने नेपालीहरूका लागि चीन धेरै पहिलेदेखि नै आकर्षणको विषय रहेको हो । चिनियाँ मूलका जाति र भाषा हजारौँ वर्षअघिदेखि नेपालतिर प्रवेश गर्दैरहे । चीनमा बुद्ध दर्शनको प्रभाव ईपू दोस्रो शताब्दीदेखि सामान्य रूपमा पर्दै गएको थियो । स्रोङ्चन गम्पोले सातौँ शताब्दीमा तिब्बतको एकीकरण गर्ने सन्दर्भमा उनको विवाह नेपालकी छोरी भृकुटीसँग भएदेखि बौद्ध दर्शन तिब्बत हुँदै चीनभरि फैलियो । त्यो लहर कोरिया, जापान, भियतनाम आदिसम्म पुग्यो ।
ब्रेल लिपिमा पढाइ सुरु गर्दा
विसं २०२० मा ल्याब्रोटरी स्कूल नछिरुन्जेलसम्म मलाई नेत्रहीनहरूले पनि पढ्ने लिपि छ भन्ने ज्ञान थिएन । त्यसबेला अमेरकिी महिला इशाबेल ग्रान्ड, जो स्वयं नेत्रहीन थिइन्, ले नेत्रहीनहरूका लागि अमेरकिामा गरेका कामका बारेमा खुबै चर्चा थियो । त्यहाँ नेत्रहीनहरूका लागि छुट्टै स्कूलको व्यवस्था त धेरै पहिलेदेखि थियो तर सामूहिक रूपमा आँखा देख्ने र नदेख्ने सबैलाई एउटै थलोमा राखेर एकीकृत अभियान अन्तर्गतको शिक्षा भने भर्खर-भर्खर सुरु भएको थियो ।
कालो कोट
रेडियो र टेलिभिजनले समाचार प्रसारण गरेदेखि नै मनमा अनेकथरी कुरा खेलिरहे । रातभर िआएका बधाई र चाकडीका टेलिफोनले म हैरान भइसकेको थिएँ । कसै-कसैले होच्याउँदै र गिज्याउँदै पनि फोन गरे । आधा रातसम्म पनि फोनले डिस्टर्ब गरेकाले मोबाइल अफ गरेर सुतेँ । निद्रा कचमचिएकाले पटक्कै आँखा लागेन । मनमा अनेकाँै तरंग चलिरहे । तै बिहानीपख आँखा लागेछन् र आँखाको विष थोरै भए पनि मरेछ ।
प्रतीक्षा अर्को युगको !
०३६ को कालखण्डपछि ‘६० को दशकसम्म अनेकौँ कविहरू जन्मिए र तिनका कलमले गन्तीहीन कविताहरू रचे । कविता स्तरका दृष्टिले फितलै भएका पनि होइनन् । तर, आमपाठक, जो साहित्यिक शिल्प र सौन्दर्यसँगै आफ्नो समयलाई पनि बुझन् कविता पढ्छ, त्यस्ता पाठकलाई सम्झाइरहने सारै थोरै कविता लेखिए । त्यसैले, ००७ सालको कवि रिमालको ‘एक जुगमा…’ र ०३६ सालको हरभिक्तको ‘बन्धन र बाध्यता’पछि एकैचोटि लामो समयलाई फड्को मारेर जन्मेको कविता हो, मुकारुङको ‘बिसे नगर्ची…’ ।
एउटा युग, एउटा इतिहास
अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो ‘३० को प्रारम्भिक वर्ष । भूपीका विद्रोही कविताहरू, सरल र सम्प्रेषणीय कविताको एउटा धार अनि मोहन कोइराला प्रवृत्तिको अर्को धार ।
जेब्राक्रसमा उभिएर
म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो ।
ऊसँगको मेरो यो दोस्रो भेट थियो । म उभिएको पछिल्तिर पुस्तक पसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ, त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि नसुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए तर त्यसभन्दा माथि खुला आकाश घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए ।
