Skip to content

रचना द्वैमासिक

बूढा बाबु र बिनायक राम

  • by

उसका बाबुको विवाह केटीका बाबुहरूले उनको दुब्लै बान्कीको मुख र सानो घर हेर्दै फर्कंदै गर्ने गरेका हुनाले छब्बीस वर्षको उमेर पुगेपछि एउटा दुःखी परिवारकी एघार वर्षी छोरीसित बल्ल भएको थियो । पहिले उनको जरज्यथा थोरै देखेर केटी दिन गाहारो मानिएको थियो त पछि छिप्पिएको केटो देख्ता अझसम्म विवाह नहुनुमा उनका बैगुन अरू पनि होलान् भन्ने ठानिएको हुँदो हो । उनको पछिल्लो सन्तान छोरो तेह्र वर्षको भइसकेको हुनाले उसकी आमालाई सबैले बेत बसेकी आइमाई मानिसकेका थिए ।

मेरो सम्झनाका माष्टर मित्रसेन

  • by

मैले माष्टर मित्रसेनलाई भारतको शिलाङ्गमा सन् १९३५ तिर देखेको हुँ। केही दिनसम्म उहाँसंग संगत पनि भयो । उहाँ एक राष्ट्रवादी सेवक हुनुहुन्थ्यो । यद्यपि उहाँको जन्म भारतमा भएको हो । र केही समय उहाँले फौजमा पनि काम गर्नुभएको कुरा उहाँको जीवनी पढ्दा थाहा हुन्छ । किन राजीनामा गर्नुभयो, त्यो त उहाँले नै जान्ने कुरा हो तापनि उहाँ आफ्नो गायन कला मार्फत् समाजमा रहेका नराम्रा रीतिथितिहरूलाई उजागर गर्नुहुन्थ्यो । उहाँको साथमा मैले बहादुर सिंह बराललाई पनि शिलाङ्गमै देखेको थिएँ । माष्टर मित्रसेनलाई आफ्नो गायन यात्रा जारी राख्न बहादुर सिंहको पनि सहयोग थियो क्यारे ।

फागु आएछ !

  • by

तराईको ठूलो चाड, फागु आइसकेको थियो – क्यालेण्डर अनुसार !

तर कतै पनि फागुको चहक, चमक, चहलपहल, मोज मस्ती क्यै देखिंदैन । फागु पूर्णिमाको केही दिन अघि सडकमा एक्लै हिंड्दा म यस्तै सोचमा डुबेको थिएँ।

अकल्पित भोगाइ

  • by

“साहुनी …. दुइ कप चिया” प्रत्येक दिनको सूर्योदयको पहिलो झुल्काका साथसाथै उनका कानमा प्रतिध्वनित भइरहन्छन् यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । ‘साहुनी’ भन्नेबित्तिकै कहिले उनी आफैँ “कति कप चिया <" भन्न पुग्छिन् भने कहिलेकाहीँ "साहुनीले बनाएको चिया कति मीठो" भनिदिँदा फुरुक्क पर्छिन् । तर जति मीठो चिया, दूध र चिनीको मिश्रणबाट बनाइएको छ त्यति नै टर्रो छ उनको जीवन ।

यात्रा नर्फकने गरि

  • by

विभाजित र स्तब्ध
एउटा खुड्किला माथि उठेर
निरन्तर यात्रा आरम्भ भएको छ
हो ! आफू उभिएको माटो छोएर
नफर्कने
यात्रा आरम्भ भइसकेको छ ।

पोट्रेट

  • by

मेरो प्रिय क्यानभास ! तिमीले मेरो पीडाको पोल नखोलिदिनू ।

मेरा ब्रसहरू, रङ्गहरू, मेरो क्यानभासलाई छातीमा बोकेर उभिएको, मेरा हरेक क्रियाकलापहरूलाई आँखा झिमिक्क नगरी नियाँलिरहेको इजेल तिमीले पनि मेरो पीडाको पोल नखोलिदिनू ।

निश्चय अनिश्चय

  • by

गाउँमा भुकभुके उज्यालो फैलिईसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो …सावित्राकी मम्मीले छोरी पाइछ ।’ बिहान उज्यालो हुँदा बिउँझेको यो समाचारले धारा, पाटी, पौवा, खेत गरा, चिया खाने पसल आदि सबैठाउँमा आफ्नो आयतन ओगेटिसकेको थियो ।

एउटा नयाँ यात्रा

  • by

उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथीभरा लेकको थुम्को छुन खोज्दै थियो । ऊ अघिअघि घर आएकी थिई, गाईवस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन । डिलमा गोदावरी र मखमली फूलका बोटहरूले कोपिला हालिरहेका थिए । एक मनले सोची-फूलका बोटहरू भाँचिएपनि भाँचिउन्, भारी डिलतिर बिसाउँदा सजिलो हुन्छ । फेरि अर्को मनले सोची-त्यतिका मेहनत गरेर हुर्काएका फूलहरू कसरी बिगार्ने < उसले आँगनको बीचमा राखेको मकैको थाँक्रोको आड लिएर घाँसको भारी बिर्साई ।

सुनीता

कोही ढोकामा आएर ठिङ्ग उभिएको जस्तो लाग्यो र मैले टाउको उठाएर त्यसलाई छक्क परेर हेरें । एउटी २०, २२ वर्षी तरुनी केटी मेरो ढोकामा उभिएकी थिई, उसलाई म चिन्दिनथें । सम्झनाले विस्तारै आफ्नो उपस्थिति जनाउँदै ल्यायो । हेराइमा विस्तारै परिचयको उपस्थिति झल्किन थाल्यो । केटीको ओठमा स्मित हाँसो छाएको थियो अनि त मैले चिनिहालें ऊ सुनीता पो रहिछे ।

थारो कविता

  • by

पटुकामा
अनिकाल कसेर
कर्णाली रोएको बेला
म हुम्ला लेखिरहेछु
मेरो कविता –
समोसा भैदिएको भए
अक्षरका डल्लाहरू
केही त्यता पठाएर
केही यता बेचेर
कम्तीमा पनि
समोसा साहू त भइँन्थ्यो
त्यस्तो केही भएन
म बाँझो कवि
थारो कविता लेखिरहेछु ।

चौतारो र रामसागर सर

  • by

आवत जावतको क्रम अझै मत्थर भै सकेको छैन । भीड बढिरहेछ क्रमशः । हरेक साँझ बिहान यस्तै जमघट भित्र छताछुल्ल पोखिएर चुर्लुम्म डुब्ने गर्छ यो स्थान । फूलको केस्रा भित्र हाँस्छ, तथा लुटुक्क निदाउँछ । जिन्दगी साट्छ विश्वासमा अनि प्रफुल्लित बनिरहन्छ मुटुको ढुकढुकी भित्र । पल प्रतिपल आशाको माला उन्छ र विचारको भावधारा थुन्छ छताछुल्ल हुनबाट । बाँच्ने उपक्रम माथि एउटा कल्पनाको मनचिन्ते डालीमा भोकाउँछ, लोलाउँछ र दोधारमै जीवनका पाटाहरू एक-एक गर्दै गोडमेल गर्छ ।

बाँसुरीको धुन

  • by

तीन वर्ष पछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्च छाएको थियो । विवाह भई एकपल्ट मैतालु फर्काएपछि म श्रीमान्सँगै विदेश जान पाएकी थिएँ । तीन वर्षसम्म माइत आउन नपाएकी चेली म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजु, ठूलोबुबा-ठूलीआमा, सानोबुबा-सानीआमा आदिलाई गच्छे अनुसारको उपहार ल्याएकी थिएँ ।

दयाराम र राजारामहरू यो देशका भरोसा

  • by

सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन ।

एक घटना दुइ रिपोर्ट

  • by

म कुनै प्रज्ञा प्रतिष्ठानको एउटा ससानो पुरस्कार थाप्न काठमाडौं जाँदै थिएँ । बस पहाडको उकालोमा गर्भिणी महिलाझैं मन्द गतिमा चलायमान थियो ।

चारैतिर छरिएका प्राकृतिक छटा हेर्नमा म नराम्रोसँग निमग्न थिएँ । दुइ राम्रा पुतली कतातिरबाट उड्दै बसको अघिल्तिर होमिन आइपुगे । वर्तमान नेपाली राजनीतिको भाषामा; ती दुवैले वीरगति प्राप्त गरे ।

म समानान्तर

  • by

म आशुतोष, पोखराको नाम चलेको पर्यटन-व्यवसायी । अहिले म बाराही मन्दिरका तलतिर सिंढीमा बसेर पानीका छालहरूलाई नियालिरहेको छु । घरिघरि आकाशमा हेर्छु केही देख्तिनँ । शून्य, रित्तोपन । अगाडिपट्टिको माछापुच्छ्रे पनि फोस्रोपनको पराकाष्ठामा पुगेको छ । अचानक मेरो मोबाइलमा धुन बज्छ ‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ….’ कुनै समयमा एकदमै राम्रो लागेर मोबाइलमा यो धुन हालेको थिएँ तर अहिले त यसले निस्सारतामाथि निस्सारता थपेको छ ।

वेभक्याम्पको आकृतिविहीन पुरुष

  • by

वासन्ती लालिमा बोकेर धर्ती फुली, फक्री-आकाशले हेर्‍यो उसलाई बैंशले उन्मत्त भएकी धर्ती अदम्य वासना छरिरहेकी थिई । उसले बिस्तारै स्पर्श गर्‍यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको स्पर्शले धर्ती रमाई । उसको चारैतिर सुगन्धित हावा बग्न थाल्यो । धर्तीले फुलाएकी प्रेमका पालुवाहरू ! आकाशको मीठो समागमबाट यौनको आनन्दित क्षणमा रमाउन थाले ती । धर्तीले भुलिदिई आफूलाई अनि संसारलाई । आकाश सधै धर्तीसँग रहन सक्दैनथ्यो ।