Skip to content

मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ

  • by


मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ
घर बिग्री सक्दा पनि मेरो किन भूल भन्दैनन् यहाँ

दह तातेर कालो बादल म देख्छु घरको चारैतिर
के पानी नपरीकन नै कुनै मूल फुट्दैनन् यहाँ

जीवनलाई कोट्यांउदै रगत कति बगाउने होला
के रगत बिना नै मनमा कुनै फूल फुल्दैनन् यहाँ

मानिसै भएर पनि किन यति पनि छैन वेदना
के आफैं नलडेसम्म त अर्काको शूल गन्दैनन् यहाँ

जहिले पनि जहाँजहाँ हेर्छ छाति छाति छुट्टेकै देख्छु
के छुट्टेको मन जोडिने कुनै पुल खुल्दैनन् यहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *