Skip to content

रचना द्वैमासिक

कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा

ज्ञान मण्डल लिमिटेड वाराणसीद्वारा प्रकाशित ‘वृहत हिन्दी कोश’मा कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न व्यक्ति भनेको छ । त्यस्तै वामन शिवराम आप्टेको स्तरीय र मान्य भनी विद्वानहरूले स्वीकार गर्दै आएको ‘संस्कृत हिन्दी कोश’ले एक ऋषिको नाउँ भनी कौण्डिन्यको व्युत्पत्ति भनेर कुण्डिन±ष्यञ दिएको छ । ‘नेपाली वृहत शब्दकोश’ले भने कौण्डिन्य भनी पराशर र कौण्डिनीबाट जन्मिएका गोत्र प्रवर्तक ऋषि भनेको छ ।

परीक्षा केन्द्र : माने एक्जाम् हल

  • by

उल्फ के.सी. : (पप गायन शैलीमा) : ओ ऽऽऽ मा’ भ्यालेन्टाइन ल्यासी ! ऽऽ आई लभ या’ ऽऽ आई लभ याऽऽऽ आई लभ या ऽऽऽ ओ ऽऽऽ

सेक्सी पाण्डेः (उस्तै नक्कल गर्दै) ओ ऽऽऽ यू ब्लडी स्वाइन ऽऽऽ यू लुक अन् द मिरर ऽऽऽ ऽऽ अर ऽऽ अर ऽऽ

उल्फ के.सी. : ओ ऽऽ मा’ ओल्ड बिच ! आ’म द स्मार्ट एण्ड क्यूट ऽऽ आ’म द हिरो नम्बर वान् ऽऽऽ यु’र माई भेलेन्टाइन गर्ल ऽऽऽ ऽऽऽ

ओसाका अन्तर्राष्टिय एयरपोर्टको अनुभव

  • by

घुमीफिरी रुम्जाटार भन्ने नेपाली उखान कै जस्तो अनुभव भयो ओसाका अन्तर राष्टिय एयरपोर्टमा । र्सवप्रथम यस एयरपोर्टमा सन् १९७५ को अगस्त महिनामा मैले पाइला टेक्ने अवसर पाएको थिएँ । त्यस बखत म यहाँ ट्रान्जिट पेसेन्जर (यात्रु) थिएँ । सबै सामानहरू यहाँको लकरमा राखेर म क्योटो गएको थिएँ । क्योटोको दुइ दिनको भ्रमण सकेर फेरि यहाँ आएको थिएँ । यहाँबाट जाल (JAL) को उडानबाट हङ्गकङ्ग पुगेको थिएँ । हङ्गकङ्गमा एक हप्ता बसेपछि सिंगापुर गएको थिएँ । सिंगापुरमा दुइ दिन बसेर बैंकक र बैंककमा राति बास बसेर भोलि पल्ट काठमाडौं पुगेको थिएँ ।

टाउको पचासलाखको

  • by

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।

बाँदरहरू खेती गर्दैनन्

  • by

धेरै जन्तुहरू एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुली साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरू हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान पनि डरमर्दो थियो । उनीहरू आफूआफैमा त दाह्रा हान्दै थिए भने हामी अर्का जातिकालाई के बाँकी राख्लान् –

आडमा बसी कठै भन्छौ त्यही हुन्छ छुरा

  • by

हेलो गाइने दाई के छ देशको हाल ?

के हुनु हजुर ! पूर्व पश्चिम उत्तर दक्षिण आगो दन्किरा’छ, छैन निन्द्रा भोक चैन हाहाकार भा’छ

उप्याँहरू उम्कदैछन् घान जुम्रा भा छ, मौका छोप्ने श्यालहरूले मुर्दा लुछ्न पा’छ ।

रामप्रसादको तीर्थ जात्रा

  • by

रामप्रसादलाई काठमाण्डूको कुवाको भ्यागुतो भने कुनै अतिशयोक्ति नहोला । बीस वर्षे जागिरमा ऊ कहिल्यै काठमान्डू बाहिर गएको छैन । मन्त्रालयका उसका साथीहरूले सरकारी काज खाएर छयहत्तरी नै जिल्ला घुमिसकेका होलान्, उ भने गुच्चा टोल र सिंहदरवार बाहेक कतै गएको छैन । साथीहरू कत्ति कर गर्छन्, तर ऊ भने टसमस हुँदैन । कतै नगएको हुनाले अब त झन् बुढ्यौलीमा ठ्याम्मै आँट पुग्दैन । बाहिर जाने जस्तोसुकै मौका आए पनि कागलाई बेल पाकेर हर्ष न विस्मात् भने झैं रामप्रसाद अविचलित रहन्छ ।

विपरीत हार्मोनको चमत्कार

  • by

आज भन्दा २२ वर्ष अघिको कुरा हो । शिवालाई जन्मेको ५ महिनामा नै हर्नियाको रोग भएछ । डाक्टरको सल्लाह बमोजिम पेटी बाँध्ने र औषधिको सेवन गरेमा अहिले अर्थात् १५/१६ वर्षम्म त केही हुँदैन, त्यस पछि खेलकूद गरेमा फेरि हुन सक्छ कदाचित् भइ हाल्यो भने अपरेशन गरेपछि ठीक हुन्छ । यही सलाह अनुसार २०वर्षसम्म केही समस्या भएको थिएन ।

भाग्य नाराँ

  • by

“भाग्य नाराँ…. ! ए भाग्य नाराँ….. !” कौशीमा हुँ कि, बारदलीमा, झ्यालमा हुँ कि कोठाभित्र नै, भाग्य नाराँलाई बाटोमा देख्यो कि म उसलाई जहाँको त्यहीँबाट बोलाइ हाल्छु । तर मैले अरु प्रश्न सोध्नै पर्दैन ऊ जवाफ दिइहाल्छ । कि त “ज्या वनेगु बाज्या….” भन्छ यदि त्यो समय बिहानको छ भने र यदि बेलुकाको छ भने “छेँ वनेगु बाज्या….” भन्छ ।

चराहरू गीत गाउँदैनन्

  • by

रक्त आहाल यो परिवेश
युद्धहिंसाले दुखेको देश
ओहो कस्तो चित्र ?
गाढापीडा मनभित्र
यस्तो दृश्य आँखामा टाँसेर
यातना आफैं अविश्रान्त भोगेर

परेवा

  • by

काठमाडौं सहरको मुटुमा गर्जमानको एउटा महल छ, त्यसको एउटा झ्यालको भेन्टिलेसनको माथिल्लो खापा उघारिएको छ । छतमुनि र त्यही भेन्टिलेसनको खापाको माथि परेवाको गुँड छ । त्यहाँ एकजोडी परेवा बस्ने गरेका छन् । पोथी परेवा फुल कोरल्न गुँडमा ओथारो बसेको छ र भाले चाहिँ पोथीकै आडमा कुक्रुक्क परेको देखिन्छ । गुँडको सामुन्ने कोमलको पुरानो घर छ र त्यसमा एउटा सानो कौसी पनि छ । कोमल हिउँदका दिनमा घाम ताप्दै त्यहीँ बसेर मीठो पीठो जे मिल्छ खाने गर्दछ ।

रिठ्ठे झाँक्री

  • by

रिठ्ठे झाँक्री निकै नामी झाँक्री हुन् । यी झँक्रीलाई धामीराख्न यिनको घरगाउँबाट मात्र होइन एकडेढ दिनको टाढाबाट पनि मानिसहरू लिन आउँछन् । रिठ्ठेको नाम रितबहादुर भएतापनि रिठ्ठे झाँक्री नै उनको परिचय बोकेको शब्द हो ।

म सानो छँदा

  • by

म सानो छँदा
बमजनी आमै जाडोमा मकल ताप्दै
दन्त्यकथा सुनाउनु हुन्थ्यो
मुसङखेले बा हातमा अण्डा खेलाउँदै
अक्षता र्छर्केर लागो झार्नु हुन्थ्यो

भिक्षुको साहित्यिक यात्रा : भुतुचाको आलोकमा

  • by

आज हामी नेपालीहरू पहाडी र मधेशी क्षेत्री बाहुन र जनजातिका रूपमा आ-आफूलाई वर्गीकृत गर्न जुरमुराउँदै छौं । हामीबाट साझा नेपाली जातिको अवधारणा पातलिंदै जाँदो छ । यसले राष्ट्रलाई फाइदा हुन्छ कि हानि – यस सन्दर्भमा तराईमा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अद्वितीय योगदान दिनु हुने कवि भिक्षुको जीवनी र काव्य साधना तर्फहामीले ध्यान दिनु वान्छनीय देखिन्छ ।

पानीको स्वभाव

  • by

पानी,
पन्यालो, यौगिक वस्तु
जीवको जीवन रस,
भिरालो तिरको
आकर्ष मौलोमा
आफ्नो जीवन निरस्त पार्दै
कुनै बेला मरुभूमिमा अल्पिने
लुकुवा प्रकृतिको यो

तारा नचाहिए तिमीलाई जून दिन्छु

  • by

तारा नचाहिए तिमीलाई जून दिन्छु
मनै शीतल हुने संगीतको धुन दिन्छु ।

सादा कागज झैं जीवन भयो त के भयो
तिमीलाई मायाको रंगीन फागुन दिन्छु ।

आशा

  • by

उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन ।
शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो ।
सुरक्षितसाथ जोगाएर राखेकि थिईन । आँखाले एक्स-रे गरेर हेर्यो सम्पूर्ण बनावटलाई । चुम्बन गर्यो अंग प्रत्यगंलाई आँखैले । अलिकति उत्तेजित भयो ऊ ।