Skip to content

मधुपर्क २०६६ बैशाख

चरा महोत्सव

  • by

भएका छौँ भेला विविध रङका सुन्दर चरा
सबै साझा भन्दै रवि किरणका दिव्य छहरा
हुँदा कस्तो राम्रो गगन धरती एक मुलुक
सबै प्राणी बाँचौँ अब नलुटियोस् जीवन-हक ।

प्रेम दिवस

  • by

आज व्याप्त छ व्योममण्डल
दीप्त प्रेमपरागले
दिन घमैलो पनि छ रक्तिम
स्वप्नयुक्त सुहागले
देख्छु चुनरी फरफराई
उडिरहेको कल्पना

जताभावी केर्‍या छैन

डायरीका पानाहरू जताभावी केर्‍या छैन ।
सापटीमा आँखा मागी यो दुनियाँ हेर्‍या छैन ।।

फुस्रै भए पनि म त आफ्नै रङमा दङ्ग छु ।
रङ्गीचङ्गी हुनलाई मैले रङ फेरे छैन ।।

‘बधाई छ दीपमाला !’

  • by

किनकिन डी.बी. सरलाई महिला चालक भएको टेम्पु चढ्न मान लाग्छ । डीबी अर्थात् दिलबहादुर धामी सर ।

दिलबहादुर धामी सरको घर नेपालको पश्चिमी जिल्ला दार्चुला हो । जागिर खाने सिलसिलामा उनी रामेछाप पुगे । धेरै वर्ष रामेछाप उनको लागि उर्वरभूमि बन्यो । शिक्षकहरूको नामी सङ्गठनको जिल्ला अध्यक्ष जस्तो पदमा पुगे । धामी सर सबैका वाहवाह र प्रशंसाका पात्र बने । करिब १२/१५ वर्ष अस्थायी/स्थायी सेवा गरी आफू निकट राजनीतिक पार्टीको हातमा शिक्षा मन्त्रालय परेकै बेलामा दिलबहादुर सरले राम्रो ‘छलाङ’ मारे । छलाङ् त त्यस्तो पो छलाङ् । अरूका त कुराको मात्र छलाङ् । भ्यागुते छलाङ् ।

नाटक

  • by

कार्यक्रमका अथितिले मञ्चबाट दुई जोडी सेता परेवा आकाशमा छोड्नुसँगै आमसभाका सहभागीले परररर ताली बजाए । तालीले तर्सिएर परेवा आकाशमा तितरबितर भए ।

आदर्शको अवशान

  • by

उत्तर-दक्षिण तन्किएको त्यो माझ घरको बगैँचामा सिसौ, कटहर, आँप, मेवा र केराको घारी थियो । तिनै रूख बिरुवाका पात -पातमा, हाँगा-हाँगामा बसेर सधैँभरि गीत गाउने चराहरू त्यस दिन कहाँ गएछन् कुन्नि त्यो घरमा बिहानैदेखि चारैतिर सन्नाटा छाएको थियो । चैत महिना, हावाहुरी चल्ने मौसम भए पनि हावा ठ्याम्मै चलेको थिएन । बिहान बूढो हुँदै गएकोले सूर्यको न्यानो प्रकाशले पोल्न लागेको थियो । गाउँलेहरू सबैतिर छरिएका हुनाले अँागन, दलान, बाटोमा पाइला राख्ने ठाउँ थिएन ।

डेथ मिर्‍याकल

  • by

त्यो मान्छे मेचमा बसेको थियो । बसेको पनि के भन्नु किनभने बसेको भन्नु बसाइँको सौन्दर्यशास्त्रीय अर्थमा आघात पुग्न सक्थ्यो । यसैले बरु सोध्न सकिन्थ्यो-किन बसेको थियो ? यद्यपि यो प्रश्न गर्नु पनि त्यति नै अनुचित थियो, जति नागरिकको भोको पेटका लागि अन्न होइन, पानी भए पुग्छ भन्ने आशय नेताले सम्प्रेषण गर्नु ।

स्नेहसूत्र

  • by

तीनवटा वर्षौटे सन्तान प्रेमको नाममा उपहार दिएपछि रोजगारीको खोजीमा मुग्लान पसेको लोग्ने उतै बेपत्ता भयो । सहरको बसाइँ । गुजारा चलाउन धौधौ पर्‍यो । लाज र घिन मानेर भएन । अर्काको चुलोचौको र जुठो भाँडो गर्नेसम्मका काम गरी । यति गर्दा पनि जीवनको गाडी सहजतासाथ गुडेन । घरभाडाको पैसा तिर्न सकिन । विधूर घरधनीले अप्रत्यक्षरूपमा उसको सुगठित मांशपेशी भाडामा माग्यो । खुद्रा पसलेले उधारो सामानको बदला मुस्कान भुक्तानीको प्रस्ताव राख्यो । यसरी बाध्यता र आवश्यकताको विनिमय भयो ।

कृष्णप्रसाद पराजुलीको ‘प्रयोगात्मक भाषातत्त्व’

  • by

विशेष गरी बालसाहित्य, गीत र छन्दोबद्ध कवितामा प्रख्यात कृष्णप्रसाद पराजुलीको जन्म वि.सं. १९९२ साल असार २४ गतेका दिन काभ्रेमा भएको हो । हाल सानेपामा स्थायी बसोबास गर्दै आएका पराजुली त्रिविमा सहप्राध्यापक भई सेवा निवृत्त उनले कविताकाव्य सात, कथा एकाङ्की सात, निबन्ध प्रबन्ध नौ, भाषा व्याकरण चार, लोकसाहित्य दुई, बालसाहित्य १६ गरी जम्मा ४१ वटा कृति नेपाली भाषासाहित्यरूपी मन्दिरमा चढाइसकेका छन् । यसका साथै विभिन्न पत्रपत्रिकामा बालसाहित्य र लेखनिबन्ध फुटकर रूपमा प्रकाशित हुँदै आएका छन् । वृद्ध अवस्थामा रोगबाट ग्रसित पराजुली अझ पनि साहित्यमा क्रियाशील छन् ।

क्वालालम्पुरमा वेतिनीको सपना

  • by

दक्षिण पूर्वी एसियाको एउटा सुन्दर सहर क्वालालम्पुरमा झण्डै १८ वर्षपछि पुनः पाइला टेक्ने अवसर मिल्यो । २०६४ साल फागुनको अन्तिम साताका चार दिन म क्वालालम्पुरमा रहेँ । टेलिभिजनसम्बन्धी एक कार्यशालामा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । प्रसारण विकासका लागि एसियाली संस्था -ब्क्ष्द्यम्)को निमन्त्रणाअनुसार बसाइँ सराई र सांस्कृतिक विविधतासम्बन्धी परामर्श गरिने कार्यशालामा सहभागिताका लागि नेपाल टेलिभिजनद्वारा मलाई मनोनयन गरिएको थियो । त्यसनिम्ति २०६४ फागुन २६ गते काठमाडौँबाट त्यसतर्फ गएको थिएँ । म थाई एयरलाइन्सको विमानबाट बैङ्कक हुँदै क्वालालम्पुर पुगेको थिएँ । बैङ्ककमा थाईकै अर्को विमान चढी रातको १२ बजे क्वालालम्पुर एयरपोर्टको टर्मिनलमा उत्रेपछि क्वालालम्पुरको पछिल्लो यात्रानुभव गर्ने अवसर मैले पाएको हुँ ।

शेक्सपियरका केही कृतिको नेपाली अनुवाद

  • by

प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा वि.सं. १९०६-०७ तिर बेलायत यात्राबाट फर्केपछि पश्चिमी साहित्य र संस्कृति नेपाल भित्र्याउने चेष्टा गरियो । तदनन्तर अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायत भ्रमणपछि नपाली विद्यार्थीहरूले उच्चशिक्षा प्राप्त गर्न भारत भूमि जान नपरोस् भन्ने मनसायले देशभित्रै वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापना गरे । यसपछि नेपाली विद्यार्थीहरूले अङ्ग्रेजी साहित्य पठनपाठनमा निकै अभिरुचि देखाए । तीमध्येमा पनि विशेष गरी १६औँ शदीका अङ्ग्रेजी साहित्यका मूर्धन्य नाटककार विलियम शेक्सपियरका कृतिहरूमा ।

दुई देवकोटा र डा. माचवेको भ्रम

  • by

कविवर माधवप्रसाद देवकोटाको बारेमा संस्मरण माग्दा दिनेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको संस्मरण लेखी पठायो भने नै भन्ने ? सुखद संयोग ? हिन्दी साहित्यका विद्वान् सर्जक एवं समालोचक डा. प्रभावकर माचवेले यस्तै गरे जानीजानी वा झुक्किएर गरे उनै जानुन् ।

आमा

  • by

‘आमा’ भन्ने शब्द गजबको रहेछ । आमा जिउँदो हुँदा पनि आमा भएको सन्तान हुनुको गर्व हुँदो रहेछ । आमाको अभावमा त झन् आमाको महìव बढ्ने रहेछ । आमाको मृत्युपश्चात् आमालाई प्रत्यक्ष रूपमा देख्न नपाए पनि ‘आमा’ शब्दको उच्चारण मात्रले पनि शान्ति मिल्दो रहेछ ।

चैत्र तीनको कालोपट्टी

  • by

चैत्र ३ गतेका बारेमा नेपाली जनस्थानमा खासै प्रस्ट परिचय छैन । चैत्र ३ गते किन मनाइन्छ, त्यसबारेमा सीमित कवि-लेखकलाई मात्र ज्ञान छ । यसबारे धेरै कुरा प्रकाशमा आउन बाँकी नै छ ।

लोकसाहित्यको आत्मा हो सोरठी

  • by

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन् । यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन् । जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ ।

विवाह संस्कारमा प्रकृति र संस्कृति

  • by

विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ । एउटी स्त्री र एउटी पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्कामा विवाहलाई हेरिन्छ । अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ ।