कार्यक्रमका अथितिले मञ्चबाट दुई जोडी सेता परेवा आकाशमा छोड्नुसँगै आमसभाका सहभागीले परररर ताली बजाए । तालीले तर्सिएर परेवा आकाशमा तितरबितर भए ।

अथितिको यो परेवा मुक्तिमा ऊनी दुई मानेमा भाग्यमानी रहे । पहिलो समाउँदाको लछारपछारले घायल र दुईदिनदेखि झोकप्यासले पीडित ती परेवा उड्न

सके । उड्न असमर्थ एउटा परेवाले कम से कम सभास्थल पार गर्न सक्यो र ऊ भुइँमा खसेको घटनातिर कुनै सहभागीको ध्यान गएन । उनी भाग्यमानी रहनुको दोस्रो कारण थियो-

सभाको सम्पन्नतासँगै अथिति महोदय समाचारमा छ्याप्छ्याप्ती छाइएका थिए- वास्तविक शान्तिदूतको विशेषण बोकेर ।

यो सबै दृश्य लेखिरहेका धरहरामा बस्ने एक जोडी परेवाको पोथीले भालेलाई सोधी “हैन, ए बूढा! यी मान्छेले हामीलाई आफैँ समाउँछन्, आफैँ थुन्छन्, आफैँ उठाउँछन्, अनि उडाएलगत्तै क्रान्तिकारी भाषण कुर्लन्छन् र आफैँ आफूलाई शान्तिदूत घोषणा गर्छन् । यो के गरेको हो ? तिमीले केही मेसो पाएका छौ ?”

“यसमा खास त्यस्तो केही कारण छैन, भाले परेवाले पोथीलाई ठुङ मार्दै भन्यो -“मान्छेले गर्ने यस्ता थुप्रै अनौठा नाटकमध्येको यो पनि एउटा नाटक हो, अरू खास केही होइन । मैले तिम्रो जिज्ञाशा मेट्न सकेँ पि्रय ?”

“यसका लागि मेरो बूढालाई मुरीमुरी धन्यवाद । बरु दिन ढल्न थाल्यो एक चक्कर मारेर आउँ ।” उनीहरू सँगसँगै आकासिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *