Skip to content

मधुपर्क २०६६ कात्तिक

‘पागल’को परिमार्जन र महाकविप्रति मनपर्दी !

  • by

महाकवि देवकोटा आफ्नो लेखनलाई परिमार्जित गर्ने, परिष्कार गर्ने कुरामा सहमत हुँदैनथे । लक्ष्मी निबन्धसङ्ग्रहको ‘श्रीगणेशायनमः’ शीर्षक निबन्धमा उनी भन्छन्- “म कुनै शैलीका निम्ति लेख्तिन… मन जसरी डुल्यो जस्तोझुल्काझुल्की फेला पर्यो उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत प्रयासले मनुष्यको कला बिग्रन्छ । … म राम्रो बनाएर देखाउन चाहन्न, आएको कुरा आओस् ।

महाकवि देवकोटाको प्राज्ञिक यात्रा

  • by

महाकवि देवकोटा सानैदेखि कविता लेख्थे । उनले सुरुमा नेपाली भाषा र संस्कृत भाषामा कविता लेखे । एकपटक यिनले गीताको आधारमा संस्कृतभाषामा कविता लेखेर आफ्ना बुवा तिलमाधव देवकोटालाई देखाए । उनका बुबाले कविता हेरेपछि कवितालाई ‘अशुद्ध, बेकम्मा र नमिलेको’ भनेर फ्याँकिदिए ।

देवकोटाः जीवन्त कविता !

  • by

एकै देवकोटा अनेक भइदिन्छ । प्रत्येक कवितामा लक्ष्मीप्रसाद देवकोटा आफैँ अस्तित्व बनेर फुकिदिन्छ । लाग्छ, देवकोटाका फक्र्याईमा म नि मुस्काइरहेको हुन्छु । लाग्छ, उनका कवितामा ब्रहृम-विवेकका स्वानुभूति हाँसिदिन्छ मुसुक्क । मुसुक्क ओठहरूका फक्र्याईमा देवकोटा ः जीवन्त कविता बनिदिन्छ । कहिले कण्ठाग्र पारिदिन्छु महाकवि देवकोटा-सिर्जनाका वाणीहरूलाई । कहिले स्वरभरि गीत गाइदिन्छु! ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?’

देवकोटाको भूमिकाकारिता

  • by

महान् साहित्यकारका विषयमा जति लेखे पनि कमै हुन्छ । त्यसैले ईसापूर्वदेखि अहिलेसम्मका त्यस्ता साहित्यकारका बारेमा बेलाबेलामा लेख रचनाहरू, किताबहरू प्रकाशित भइरहेका पाइन्छन्, तापनि तिनीहरूका बारेमा लेख्नु सजिलो कुरा चाहिँ होइन किनभने तिनीहरूका कृतिको अध्ययन र मूल्याङ्कन लाखौँ अध्येताले अनेक कोणबाट गरिसकेका हुन्छन् ।

महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू

  • by

२९ भदौ सोमबार २०१६ को त्यो साँझ महाकवि देवकोटाको निधनको खबर सुन्दा आफूले प्रत्यक्ष नदेखेको भए पनि ‘भिखारी’, ‘सुनको बिहान’ तथा अन्यत्रसमेत कलाकार केशव दुवाडीले कोरेका चित्रहरूमा देखेका महाकवि देवकोटाको अनुहारको सम्झनामा रुमल्लिरहेँ ! ‘मुनामदन’, ‘सुनको बिहान’ ‘भिखारी’ का कविताहरू तथा नेपाली पद्यसङ्ग्रह भाग- १ का पाठ्यक्रममा घोकेका श्लोकहरू मुखाग्र आइरहे ! राष्ट्रिय शोकका रूपमा राजा त्रिभुवनको शोक अनुभव गरेको यो लेखकले दोस्रो शोकको रूपमा महाकवि देवकोटाको मृत्युशोक थियो ।

पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा

  • by

पीडा, वेदना र करुणासँग कवि-महाकविको अन्तरङ्ग सम्बन्ध रहन्छ भन्ने धारणा काव्यजगत्मा पाइन्छ । क्रौञ्चमिथुनमध्ये काममोहित भाले क्रौञ्चलाई व्याधाले मारेर खसालिदिएको र पोथी क्रौञ्च पतिवियोगले पीडित भएर रोइरहेको दृश्य देखेर शोकार्त भएका महषिर् वाल्मीकिको मुखबाट निस्केको ‘मानिषाप प्रतिष्ठांत्वम गमः शाश्वती ः समाः/यत्क्रौञ्च मिथुनादेक मवधीः काममोहितम्/’ भन्ने श्लोक उनको पहिलो कवितात्मक अभिव्यक्ति हो भन्ने उनकै कथनहरूबाट थाहा पाइन्छ ।

देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति

  • by

देवकोटाको शतवाषिर्की समारोह उत्साहपूर्वक देशमा मनाइँदै छ । विश्वमा नेपालीलाई चिनाउने श्रद्धेय कवि हुन् देवकोटा । असङ्ख्य कृतिहरूका स्रष्टा, अद्वित्तीय काव्यप्रतिभाका धनी प्रकृति र विद्रोहका कवि महाकवि देवकोटा हाम्रा गौरव हुन् ।

मन परेका कविः महाकवि

  • by

२०६६ सालको लक्ष्मीपूजाका दिन यस धराधाममा पाइला राखेका र त्यसको झन्डै पचास वर्षपछि २०१६ साल भदौ २९ गते यस धरतीबाट सदाका लागि बिदा लिएका देवकोटा । जन्मँदा उनी परिवारका मात्र थिए- पुत्रोत्सव पनि केवल परिवारका लागि मात्र हुन पुग्यो भने उनी यस लोकबाट सदाका लागि टाढा हुँदा चाहिँ उनी नेपाली साहित्यजगत्का बने, नेपालका बने- त्यसैले उनको मृत्युशोक सबै नेपालीका लागि हुन पुग्यो, राष्ट्रका लागि नै हुन पुग्यो ।

देवकोटाजीसँग सुतेको रात

  • by

काठमाडौँ डिल्लीबजार धोबीधाराका पण्डित तीलमाधव देवकोटाको घरमा एक बालकले जन्म लिए । ती बालकलाई जन्म दिने महिला थिइन् अमरराज्य लक्ष्मीदेवी । लक्ष्मी पूजाको पावन पर्वमा जन्मिएका आˆना बालक छोराको नाम पिताले लक्ष्मीप्रसाद राखे तर लक्ष्मी पूजाको दिन जन्मिएका भए पनि बालक त सम्बन्धका वरद पुत्र भएर पो जन्मिएका रहेछन् तर पनि ज्योतिषहरूको धूलौटे विचारमा बालक ‘तीर्थ माधव’ बने । यसरी लक्ष्मी पूजाको दिन जन्मिएका तीलमाधव देवकोटाका साइँला छोरा त्रिवेणीका सङ्गम बने । यो देवकोटा परिवार शिष्ट परिवार थियो ।

महाकवि विषयमा मेरो विद्यावारिधि

  • by

वि.सं. २०३१ साल चैतमा मित्र वासुदेव त्रिपाठीको लामो भूमिकासहित मेरो महाकवि देवकोटा र उनका महाकाव्य सहयोगी प्रकाशन, काठमाडौँबाट प्रकाशित भयो । त्यतिबेला म त्रि-चन्द्र क्याम्पसमा पढाउँथेँ । मेरो औपचारिक शिक्षा संस्कृतमा दर्शनशास्त्री, अङ्ग्रेजीमा बी.ए. र नेपालीमा एम.ए. थियो । खास गरेर एस.एल.सी. कोर्स पढ्न सुरू गर्दा अर्थात् वि. सं. २०१५ सालतिर कोर्समा समाविष्ट महाकवि देवकोटाका दुई कविता ‘यात्री’ र ‘मार्ग’ पढेपछि म देवकोटाप्रति निकै आकषिर्त हुन थालेको थिएँ ।

महाकवि र उनको साहित्यिक पत्रकारिता

  • by

शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्तिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निम्ति लेख्दिन, लेख्तछु- लेख्नका लागि र आएका विचार मानवहरूलाई सच्चा प्रकाशमा गर्नाका निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले कला बिग्रन्छ । मन तीन मासाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ।

महाकवि देवकोटा र मार्क्सवाद

  • by

लक्ष्मीप्रसाद देवकोटा पण्डित परिवारमा जन्मेर धार्मिक वातावरणमा हुर्केका थिए । त्यसैले उनी युवावस्थाको पहिलो चरणसम्म ईश्वरवादी थिए, भाग्य र परलोकमा विश्वास गर्थे । उनका सुरुका कृतिहरूमा यत्रतत्र यी कुरा व्यक्त भएका छन् । उनको १९९० सालको नाटक ‘सावित्री सत्यवान्’ धार्मिक र ‘ईश्वरीय आस्थाको’ ज्वलन्त नमुना हो ।

महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो

  • by

नेपालका अधिनायक शासकहरूले यहाँका स्रष्टाहरूप्रति देखाएको व्यवहार, स्रष्टाहरूप्रतिको कठोरता, असहिष्णुता आदिका अनेक उदाहरणहरू हाम्रा अगाडि छन् । मकैको खेती लेखेबापत कृष्णलाल अधिकारीले जेलमै प्राण विसर्जन गर्नु परेको थियो । धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवालीले लामो अवधिसम्म निर्वासित भएर रहनु परेको थियो । सोमनाथ सिग्देल, शम्भुप्रसाद ढुङ्गेल, बाबुराम आचार्य, चित्तधर हृदय, चक्रपाणी चालिसेदेखि यता आएर स्रष्टा दमनको लामो शृङ्खलाले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, चन्द्रमान मास्केसम्म पुगेर कठोर निरङ्कुशताको अरू अनेक नमुनाहरू प्रस्तुत गरेको थियो ।

महाकविः सम्झनाको तरेलीमा

  • by

म पहाडबाट आएको पछीजस्तै थिएँ । गाउने लत त सानैदेखि लागेको हो । पछि कोरकार गर्न मन लाग्यो । म जे पाए पनि पढ्थेँ । नाम सुनियो- लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद नेपालका ठूला कवि हुन् । त्यसमा पनि देवकोटा त बित्पातै पो छन् अरे । साथीहरूका बीच कुरा भयो- “महाकवि देवकोटाको ‘मुनामदन’ असाध्यै राम्रो छ ।”

देवकोटाद्वारा रचित विश्वसाहित्य ‘शाकुन्तल इपिक’

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा साहिँलो छोरो हुनुहुन्थ्यो । उहाँको जेठो दाजु लेखनाथ देवकोटा ‘जिन्सीअड्डा’ भन्ने सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । त्यो अड्डको मुख्य काम नेपालबाट विदेशतिर वस्तुहरूको निकासी र पैठारी गर्ने जिम्मा पाएको थियो । त्यो अड्डाको मुख्य हाकिम अर्थात् आजको भाषामा डाइरेक्टर जनरल प्रधानमन्त्री चन्द्रशमशेरको साहिँलो छोरो केशरशमशेर जङ्गबहादुर राणा थिए तर मैले बाल्यकालमै थाहा पाएअनुसार तिनी कहिल्यै पनि जिन्सी अड्डामा हाजिर भएनन्, अड्डाका हाकिम र सबै कर्मचारीहरू निजको घर केशरमहलमा सातामा एकपटक जाने गर्दथे ।

वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गएको कुरा प्रचारमा आइरहेका थिए । त्यतिबेला म हालखवर दैनिकमा संवाददाता पत्रकार थिएँ । त्यस समयमा हालखवर अपराहृन अड्डा छुट्ने बेलामा निस्कन्थ्यो । यौटा पत्रिकाको मूल्य दुई पैसा पथ्र्यो । लक्ष्मीप्रसाद देवकोटाको बारेमा समाचार सङ्कलन गर्न सम्पादक दाताराम शर्मासँग सल्लाह गरेँ ।

महाकवि देवकोटाको लोकप्रियता र त्यसका केही आधारहरू

  • by

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यजगत्का एक महारथी मात्र थिएनन् त्यसबाहेक अझै उनी आफ्नो अद्भूत प्रतिभा, बहुआयामिक चरित्र र बहुपक्षीय योगदानहरूका कारण तत्कालीन नेपाली समाजका एक सुप्रतिष्ठित राष्ट्रिय व्यक्ति अनि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आधुनिक नेपालका एक सम्मानित प्रतिनिधि-पुरुष पनि हुन पुगेका थिए । त्यसैले उनी आफ्नै विधामा मात्र सीमित रहिरहन खोज्ने अन्य निकै स्रष्टाहरूभन्दा अलि फरक श्रेणीमा पर्दछन् ।