मधुपर्क २०६६ चैत
काली नायिका
पशुपतिनाथको मन्दिर तल दक्षिणतिर निकैबेरदेखि एउटी नारी ठिङ्ग उभिएकी छ । निकैबेरदेखि उसका गोडा गलेका छैनन् । भर्खर कालिमाटीको खाडलबाट निकालिएको मूर्तिझैँ उसका शरीरउपर कालै वस्तुले अशोभा बढाइरहेको छ । हुन त उसका सौन्दर्यले कतै कुनै स्थानविशेष शोभा बढाउने स्तरका छैनन् । दुईखुट्टे मान्छे हुनुभन्दा अर्को सौन्दर्य उसमा छैन । निराशारूपी अन्धकारमा डुब्नडुब्न खोजेका आँखामा एउटा अभिशप्त प्रश्नवाचक चिहृन मडारिएझैँ लाग्दथ्यो ।
समर्पण
हरिलाई आजभोलि निकै कविता पढ्ने सोख चलेको छ । त्यसमा व्यक्त भावना र विचारमा डुबुल्की मार्दै हराउन चाहन्छन् । आफ्ना अरू साथीहरूलाई पनि उनी भन्दै हिँड्छन्, “कविता पढ अनि मन शान्त हुन्छ । कविता लेख मन समालिन्छ ।” साथीहरू भने उनलाई उल्काउँदै भन्छन्, “त्यो पढ्ने तैँले हो । भरखरभरखर विवाह गरेको छस् । यही बेला हो कविता लेख्ने र पढ्ने अनि भावुक हुने । हामीले त्यस्ता समय बिताइसक्यौँ । अब त छोराछोरी आएर भन्छन्, बाबा देखाउनुहोस् न तपाईंले पढेको त्यो किताबमा कस्तो तस्बिर छ ।”
‘स्मृतिको पर्खालभित्र’ चियाएर हेर्दा
काठमाडौँको ओमबहालमा वि.सं. १९८२ साल असार १० गते मङ्गलबारका दिन जन्मेका विजय मल्ल आधुनिक नेपाली साहित्यको श्रीगणेश गर्नमा धुरी बनेर खडा भएको शारदा पत्रिकाका संस्थापक सम्पादक ऋद्धिबहादुर मल्लका कान्छा छोरा हुन् । बाल्यकालदेखि नै नेपाली साहित्यका त्रिमूर्ति लेखनाथ, सम र देवकोटाको साहित्यिक हावा लागेका मल्ल दाजुभाइको नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान छ तापनि साहित्यका सबै विधामा समानुपातिकरूपले सशक्त र सिद्धहस्त कलम चलाउने विजय मल्ल रङ्गमञ्चका कुशल ज्ञाता र बहुमुखी प्रतिभाका धनी थिए ।
‘मनका तूलिकामा स्मृतिका बिम्ब’का समष्टिचेत नियात्राकार
सीमा र परिसीमनले अथाह यथार्थलाई अल्पीकृत गर्ने भएकाले सम्भावनाको सकारात्मक विस्तारणमा शाश्वत जीवनको सुख अन्तर्निहित छ । सुधिजन र यायावरहरूको नवदिशीय परिभ्रमण र नियात्राले यस्तै परिसूचकको जानकारी दिने गर्दछ । थल, जल र आकाशपरक यातायात र सञ्चार प्रविधिले व्यावहारिक जीवन साँगुरिएकोले सङ्क्षेप तया सबै जना धेरथोर विश्वग्रामका वासिन्दा बनेको देखिन्छ ।
आभाको छोटो आयु र साहित्यिक योगदान
२०२६-०२७ सालतिर काठमाडौँबाट निकै नै साहित्यिक पत्रपत्रिकाहरू विनादर्ता समसामयिक सङ्कलनका रूपमा प्रकाशित हुने गर्थे । त्यतिखेर पत्रपत्रिका दर्ता प्रक्रिया कठिन भएर पनि यस्तो प्रवृत्ति भएको हो । अर्को कारण समसामयिक पत्रिकाहरू विज्ञापनको अवसर छोप्न पनि बढी लालायित देखिन्थे । अक्सर यसको बाढी चाडपर्वमा देखिने गरिन्थ्यो । केही सामयिक सङ्कलकहरू स्तरीयरूपका भए पनि अधिकांशचाहिँ विज्ञापनरूपी हुने भएकाले स्तरीयताको नामोनिसान हुने थिएन । यिनै कारणले गर्दा तत्कालीन सरकारले समसामयिक पत्रपत्रिकामाथि रोक लगायो । त्यतिखेर प्रकाशित स्तरीय र गहकिला पत्रपत्रिकाहरूका सम्बन्धमा केही चर्चा गर्नु आवश्यक देखिन्छ । यसक्रममा ‘आभा’ मासिक पत्रिकाबाट चर्चा गर्ने उद्देश्य लिएको छु ।
उत्तरआधुनिकताको सांस्कृतिक शैली
बीसौँ शताब्दीका अनेक धनवादी-भ्रमहरूमध्ये उत्तरआधुनिकता पनि एउटा हो । सुरुमा विश्व-पुँजीवादले अत्याधुनिक प्रविधिका सहारामा ‘श्रमको दक्षतालाई अधिकतम सम्मान’ भन्दै श्रमिक सङ्ख्यामा कटौती गर्ने र प्रतिस्पर्धात्मक बजार व्यवस्थाको नाममा कमजोर उपभोग्य सामग्री उत्पादन गरी परम्परागत उद्योगहरूलाई समाप्त पार्ने अथवा अधिनस्त गर्ने काम सँगै बुद्धिजीवीहरूलाई निजत्व, पृथक्ता, अस्थिर-अडानी, सतही र आत्मकेन्द्री बनाएर विचारधाराको क्षेत्रमा श्रमपरक चिन्तनको सट्टा पुँजीपरक चिन्तनको वर्चश्व कायम गराउने चालवाजीको रूपमा यो सोच अघि बढाएको थियो ।
भोक
‘जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन’- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । यदाकदा हुने यिनको मिलनबाट प्राप्त हुने आनन्द र सौन्दर्य मेरा बाँच्ने प्रेरणाहरू हुन्- भोक हुन् ।
गनहिलको सुरम्य वातावरणमा रम्दा
शुक्रबारको दिनलाई गुड फ्राइडे भन्ने गर्छन् पश्चिमाहरू । शुक्रबार काम गरेपछि शनिबार र आइतबार बिदा हुने भएकोले पनि यस्तो भन्ने गरिएको होला भन्ने सोझो अर्थ लगाउँछौँ हामीले । पश्चिमाहरूको मात्रै पेवा हो र गुड फ्राइडे ? गुड फ्राइडे भन्ने चलन भएकोले ज-जसले चलनलाई मान्छन् उनीहरूको पनि हुनसक्छ भन्ने कुरालाई चरितार्थ गर्न मेरो परिवार र कुमार राईजीको परिवार शुक्रबारकै दिन पारेर नयाँ दिल्लीबाट विशुद्ध पर्यटकीय यात्रामा निस्किएका छौँ हरिद्वार, देहरादुन र मसुरीको सेरोफेरोलाई नियाल्न ।
वासु शशीलाई सम्झिँदा
वासु शशीसँग लगभग तीन दशक सत्सङ्गत गर्ने मौका मैले पाएँ । काठमाडौँमा स्थायीरूपमा बसोबास गरेपछि केही अग्रज र समकालीन साहित्यकारहरूसँग आत्मीय सम्बन्ध र सम्पर्क भयो । अहिले सम्झिनु पर्दा कविवर केदारमान व्यथित, दौलतविक्रम विष्ट, पोषण पाण्डे, शङ्कर लामिछाने, नीरविक्रम प्यासी, हरिश बमजन आदि छन् । हेर्दाहेर्दै, भेट्दाभेट्दै धेरै साथी र अग्रजहरू स्वर्गे भए । जिन्दगी सम्झिँदा कहाली लाग्छ …।
काठमाडौं फ्लु
काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए ।
गोप्य सूचना
मसँग अहिले एक लाख छ । त्यो एक लाख मेरो होइन अर्काको हो । त्यो अर्को व्यक्ति मरिसकेको छ । त्यो रकम पचाउन मसँग तर्कहरू छन् । म भन्नसक्छु, यो देशमा इमानदार मान्छे को छ र मैले हुनुपर्ने । त्यसमाथि यो रकमको मालिकको मृत्यु भइसकेको छ । कुनै लिखत पनि छैन । तर्कभन्दा पनि यसलाई कुतर्क भन्नुपर्ला । मेरो आसय अहिले अर्कै छ । म कुतर्क झिकेर रकम पचाउने कसरत गर्ने पक्षमा छैन । अहिलेसम्म सोझो बाटो हिँडेर आएको छु । अहिले म बाङ्गो बाटो हिँड्न चाहन्न । सोझो बाटो हिँड्दा कतै पुगिँदैन भने पनि मलाई पछुतो हुने छैन ।
महिलालेखन र नारीवादी नेपाली उपन्यास
साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हुँदैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरूद्वारा सिर्जित रचनाबाट हुँदैनन् भन्ने यथार्थवादी दृष्टिकोण र मान्यता विगत केही दशकदेखि स्थापित भइसकेको छ । नारीवादी चिन्तकहरूले पनि यसै तथ्यमाथि जोड दिँदै आएका छन् ।
- « Previous
- 1
- 2
