Skip to content


पहिलो दलका नेताः

हामीले कति महान् कार्य गर्दै आएका थियौँ तर हाम्रो त्यो कार्यलाई देखी सहेन्न र हामी तल ओर्लनु पर्‍यो । तर धन्दा नमान्नुस्, हाम्रा ती विरोधीहरूलाई नेपाली जनताले देखाउनेछन् ।

दोस्रो दलका नेता ः

करिब साढे दुई सय वर्षपछि हामीले हाम्रो स्थान पाएका छौँ । तर यहाँ पनि हामीलाई धोका दिन खोजिँदै छ । खवरदार धोकेवाजहरू । तिमीहरूलाई नेपाली जनताले ठीक पार्नेछन् ।

अर्को दलका नेता ः

को कति पानीमा छन्, त्यसलाई नेपाली जनताले हेरिरहेका छन् । को सही, को गलत त्यसको मूल्याङ्कन गरेर नेपाली जनताले तिनलाई तह लगाउनेछन् ।

फेरि अर्का स्वतन्त्र नेता ः

हामीले नेपाली जनताले सुख पाउलान् भन्ने सोचेका थियौँ । जनताको अहिलेको अवस्थालाई हामी हेरिरहेका पनि छौँ तर पनि केही होला जस्तो छैन । अब नेपाली जनताले नै केही गर्ने समय आएको छ । मलाई विश्वास छ नेपाली जनताले नै अब केही गर्नेछन् ।

यी हुन थरीथरीका नेता र थरीथरीका भनाई । जसले जनतालाई नै अगाडि सारेका छन् । तर जनता भने चकित छन् र खुट्याउन खोज्दैछन् आफू नेपाली जनता या दलका जनता भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *