Skip to content

मधुपर्क २०६७ वैशाख

म उत्तर आधुनिक समाजवादी ‘गजु’

  • by

अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर पनि उत्तरआधुनिक समाजवादी हुन खोजेको होइन । यहाँ शब्द र अर्थका सागरमा रनभुल्ल परेर तमासा हेर्ने मन खोतल्न पनि म लागि परेको छैन ।

स्रष्टा र सिर्जना

स्रष्टाको तिर्सना मात्रै, कसरी बन्छ सिर्जना
आत्म-आवेग वा बेग, काव्य बन्दैन मूर्छना
छामी विगतको गाथा, वर्तमान रमाउँदा
‘कविता’ भविता बन्छ, चेतना मुस्कुराउँदा

साँघु

  • by

विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिगि्रए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल पीडा र डरहरू मात्रै थिए । खुसीको एक चिम्टी पनि उसको अनुहारमा नदेखिएकोले आउने-जानेहरू मुखामुख गरेर हेर्थे । विवाह राजीखुसीले नभएको अड्कल काट्थे ।

आमा

  • by

आजभन्दा केही वर्ष अगाडिको कुरा हो, एकदिन मलाई आफ्नी आमासँग रमाउने तीव्र अभिलाषा जागेर आयो । आमाको काखमा घाम तापेर मीठामीठा गफ गर्न र आराम गर्न मन लागेको थियो । आमालाई यसो चियाएर हेर्न खोजेँ, आमा आफ्नै भावभङ्गमिामा रमाइरहनु भएको थियो । केही समय मैले आमाको भावलाई भङ्ग गर्न चाहिँन । केवल टाढैबाट टुलुटुलु हेरिरहेँ । आमा आफ्नै संसारमा रमाइरहनुभएको थियो ।

ट्युमेनको किनारमा

‘ऊ त्यही हो उत्तरकोरिया । जहाँ हाम्रा मित्रहरू पक्राउ परेका थिए ।’ चीन र उत्तरकोरियाको सीमामा रहेको ट्युमेन नदीको बीचमा पुगेपछि लाराले भनिन् । लारा अमेरिकी नागरिक हुन् । लामो समयदेखि उनी एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थामा कार्यरत छिन् । अहिले उनको क्षेत्र यही हो । चीन र उत्तरकोरियाको सिमाना ।

उद्धार

  • by

विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । लाशहरू यत्रतत्र छरिएका थिए । जीवित मान्छेहरू अनियन्त्रित पाराले यताउति दौडिरहेका थिए ।

विघटित सपना

  • by

उसले बलिन्द्रधारा आँसु झार्यो ।

धेरैको मुखबाट मैले सुनेको थिएँ- ‘मनको पीडा पखाल्न मानिसलाई रून दिनुपर्छ । मनमा थेगि्रएर रहेका वेदना र उकुसमुकुस आँसुले पखाल्छ । आफ्नो आँसुले आफ्नै पीडालाई पखालेपछि मान्छेको मन हलुङ्गो हुन्छ ।’

दृश्य

  • by

नेपालनाथका छोराहरू सगोलमा बस्न नसक्ने भएपछि बाबुसँग अंशबण्डा गरिदिन भने । पढेका र बढेका छोराले आ-आफ्नै गृहस्थी चलाउन भनेर नेपालनाथले पनि आफूले दुःखले कमाएको एउटा घर छोराहरूको नाममा जति पुग्छ खुसीकासाथ सबैलाई बराबर बण्डा गरिदिए ।

सुजाता, एक पेग कोग्न्याक र नयाँ वर्ष

इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो ।

पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ….पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको ठूलो शिखरारोहण मानेको थिएँ र अझै पनि सम्झिन्छु, त्यस रात हामी केही साथीहरू एकसाथ बसेर फुटबल हेर्दै थियौँ ।

सङ्कटकाल

  • by

दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो । दुई जनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुई व्यक्तिले नपाउने’ भनी प्रतिबन्ध लगायो । जसबाट थुप्रै मोटरसाइकल सवारलाई पुलिसले पक्डियो ।

अलबिदा हावी

  • by

भेस्डिङ मेसिन (पैसा खसालेर बटन दबाउने मेसिन) बाट दुईवटा चिसो कोकको बोतल झिक्यो र एउटा मतिर बढायो । अर्को बिर्को खोलेर एक घुटको पियो । जुन महिनाको प्रचण्ड गर्मी थियो । खेतमा कुनै बाली लगाइएको थिएन, सायद लगाउने तयारीमा जुटेका थिए किसानहरू । किनकि छाता ओढेर अथवा ठूलो आकार भएको हृयाट लगाएर खेतमा केही काम गर्दै थिए ।

पच्चीस प्रतिभाःअध्ययनको कसीमा

  • by

गोपाल पराजुली (२००२) नेपाली साहित्यका सिद्धहस्त हस्ताक्षरको नाम हो । धेरैवर्षसम्म निजामती सेवामा कार्य गरी अवकासप्राप्त जीवन व्यतीत गरिरहेका पराजुली धेरै हल्ला नगरीकन ठूला-ठूला कार्य गर्ने साहित्यकार हुन् । उनी हल्लामा भन्दा कर्ममा विश्वास गर्दछन् । कविका रूपमा स्थापित भएर बालसाहित्यमा सशक्त कदम चलाउँदाचलाउँदै उनी जीवनीसाहित्यमा आइपुगेका हुन् ।

शिशिरमा फुलेको गुराँस, आधुनिक र उत्तरआधुनिक समालोचनाका पाटामा

  • by

आधुनिक र उत्तरआधुनिक समालोचनामा के फरक छ ? डा. युवराज सङ्ग्रौलाद्वारा लिखित ‘शिशिरमा फुलेको गु्राँस’ (२०६४/२००८) नामक उपन्यासको समीक्षामा त्यस कुराको स्पष्टीकरण वाञ्छनीय छ ।

कप्तानको रिसले ‘माओवादी’ बन्दा

मान्छेको जीवनमा बिर्सनै नसकिने कुनै न कुनै भयङ्कर घटना, दुर्घटनाहरू घटिनै रहेका हुन्छन् । त्यस्तै यो पङ्क्तिकारको जीवनमा पनि एकपटक यस्तै दुर्घटना घट्यो । कुरो ०५८ साल मङ्सिर-पुस महिनाको हो । १७ जना अष्ट्रेलियन खैरे (पर्यटक)हरूसँग चुलु स्थानीय भाषामा ‘जुलु’ वेस्ट पिक चढ्न कास्की जिल्लाको वेगनास ताल हुँदै लमजुङ जिल्लाको खुदी निक्लिएर भुलुभुले हुँदै मनाङ गएका थियौँ । हाम्रो यात्रा तालिका २९ दिनको थियो ।

मगर भाषा साहित्यको वर्तमान अवस्था

  • by

हरेक समुदायको पहिचानको प्रमुख माध्यम भाषा हो भन्ने कुरामा कसैको विमती हुन सक्दैन । मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगर खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन् । कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन् ।

ढोला मण्डलीमाईको ख्याति

  • by

धादिङ जिल्ला भौगोलिक, धार्मिक, सांस्कृतिक र जातीय विविधताको धनी मानिन्छ । यहाँ देव-देवीहरूका स्थान र मन्दिरहरू प्रशस्त छन् । जस्तैः मैधीकोट, गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा दलु शाहले संवत् १७३० तिर स्थापना गरेका हुन् । मैधीकोटको उचाइ ४ हजार ५ फिट छ । धुवाँकोट भैरवी १७५० सालतिर स्थापना भएको हो । यसको उचाइ ५ फिट छ । धादिङकोट धुवाँकोटकी भैरवी नै धादिङमा लगेर स्थापना गरिएकी हुन् भनिन्छ । त्यसै हुनाले धादिङ भैरवीको स्थापना १७औँ शताब्दीको अन्त्यतिर भएको हुनुपर्छ । यसको पनि उचाइ ५ हजार फिट नै छ । बिन्दुकेशरी नदीको शिरमा तपेश्वर महादेवको स्थान छ । बीचमा (भर्याङ पुरुङमा) बिन्दुकेशर महादेवको मन्दिर छ भने त्रिशूलीमा मिसिएको संगमस्थलमा सिद्धेश्वर महादेव छन् ।

अनौठो लाग्ने अमेरिका

  • by

हाम्रो निम्ति अनौठो महादेश हो- अमेरिका । कारण हाम्रो लागि यहाँका कलासंस्कृति (चालचलन), नियमकानुन, घरव्यवहार, भौतिक विकास आदि हरेक कुरा अचम्मलाग्दा छन् । प्रथमतः संयुक्त परिवारमा आमाबा, दाजुभाइ, दिदीबहिनी आदि आफन्तको ममतामा हुर्केबढेका, सँगै बसी पौरख पोखेका र उन्नति देखेभोगेका हामीलाई यहाँको व्यक्तिवादी जीवनशैली देख्दा अनौठो लाग्छ । यहाँका अधिकांश युवायुवती एक्लै वा दुक्लै आफ्ना बाबुआमा तथा आफन्त छोडी स्वतन्त्रतासाथ डेरामा बसेका पाइन्छन् । हामीलाई यो पनि अनौठोजस्तो छ ।

नेपाल मण्डलमा हनुमान

  • by

संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ । हनुको अर्थ चिउँडो हो जो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् राम भक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा घटित घटनाहरूले हनुमानको व्यक्तित्व विशेषताहरूले उनलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदियो । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । यो आश्चर्यजनक कुरा छ कि पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । गज (हात्ती) लाई शुभ मानिन्थ्यो । तसर्थ गणेशजीको गजवदन प्राप्त भयो तर मध्यकालीन परम्परामा हनुमानको महत्व वृद्धि भयो । ‘मंगलमूरत’ को रूपमा अथवा शङ्कट मोचकको रूपमा पुजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिको लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भयो ।

वादविवाद

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक कुनामा पाँच वर्षे छोरी खेल्न थाल्छे । श्रीमान्, श्रीमतीको ठाकठाकठुकठुक परेको आभाष मिल्ने कुराहरू मनग्यै छन् । रङ्गमञ्चको भित्ता रत्ताम्मे छ कतै, कालाम्मे छ कतै । कतै रङ्गमञ्च सुख्खा छ, कतै पानीले हिलाम्मे छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चको रौनकता थपिँदै जान्छ । रङ्गमञ्चमा एक प्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)