Skip to content

आँसु झरिरहुन्जेल, आस बाँकी हुन्छ

  • by


आँसु झरिरहुन्जेल, आस बाँकी हुन्छ
मन रोइरहुन्जेल, सास बाँकी हुन्छ ।।

जितहार, चितपट, ठेगान छैन क्यै’को
जुवा खेलिरहुन्जेल, तास बाँकी हुन्छ ।।

सन्तोक-असन्तोकको, सीमा छैन केही
ईख राखिरहुन्जेल, खास बाँकी हुन्छ ।।

घाइते यो दुनियाँमा, संवेदना हरायो
मान्छे मरिरहुन्जेल, लास बाँकी हुन्छ ।।

भरोसाको मूर्ति कुनै, देवालयमा छैन
यात्रा चलिरहुन्जेल, बास बाँकी हुन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *