मधुपर्क २०६८ असार
अनुपम र अभिनव महाकाव्य
वर्तमान समय-सन्दर्भमा नेपालको राजतन्त्र इतिहासको विषय बनिसकेको छ । यो हिजो थियो तर आज छैन । यही इतिहाससम्बद्ध विषयहरू प्रस्तुत गर्दा असम्बद्ध र अर्थहीन कुराहरूबाट टाढा रही वास्तविक यथार्थको ज्ञान दिने र यसका माध्यमबाट सम्बद्ध विषयवस्तुको तत्त्वबोध गराउने आफ्नै किसिमको सत्प्रयास कवि नीलकण्ठ भट्टराईले प्रस्तुत पुस्तक ‘शाह-शृङ्खला’मा गरिएको पाइन्छ ।
प्रयोग
“डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो छोरालाई महिना दिनदेखि सन्चो थिएन । बिरामी भएको भनेर त्यसो त बच्चो ओछ्यानमै थला परेको थिएन तर अरू बच्चाहरूले जस्तो चुलबुल गर्न भने छाडेको थियो । अघिपछि त खरायोझैँ घरभरि उफ्रेको उफ्र्यै गर्थ्यो, एकछिन चुप लागेर नबस्ने । सन्चो हुन छाडेपछि भने छोरो घरमा भएको-नभएको पत्तै हुन छाड्यो । ऊ निन्याउरो मुख लाउँदै स्कुल गएर आउँथ्यो, जसोतसो होमवर्क सकाएर पल्टिरहन्थ्यो । केही सोधे पनि मन लगाएर जवाफ फर्काउँदैनथ्यो, केवल चुप लागेर बसिरहन्थ्यो । छोराको चाला देखेर घरमा सबै आत्तिए । बुद्धवीर बढी आत्तियो । नआत्तियोस् पनि किन । एक्लो छोरा, त्यो पनि उमेर ढल्केपछि पाएको । योभन्दा अघि दुइटी छोरी उसका । जेठीको त अझ बिहे गर्ने उमेर पनि हुन थालिसक्यो ।
