Skip to content

कविता

AshmaAryal

तिमी राम्रो बन

कसले केके भन्छन् यहाँ
सबको आफ्नै मन
एउटा कुरा भन्छु म त
तिमी राम्रो बन ।

बोली फरक विचार फरक
सबको आफ्नै भावना पनि
स्वीकार गर सबैसबैलाई
थरीथरीका फूल ठानी ।

कल-झगडा

एक्कै छिन् त सुन्दा पनि भएँ झसँग
मेरा बाले कल गरेछन् तिम्रा बासँग

हाम्रो बीचमा त्यस्तो कैल्यै हुन्न लफडा
बाहरूको किन हुन्छ कल झगडा
नबुझेर ट्वाल्ल परेँ भएँ खङ्ग्रङ्ग
के दुश्मनी रै’छ र हो तिम्रा बासँग ?

सडकको एउटा पेटीमा

सडकको एउटा पेटीमा
रुन्दै थिए कयौं अपाङ्गहरू
सडकको त्यही पेटीमा
कुट्दै थिए गिटी बालकहरू
अनि,
म बेरोजगार युवक –
डुलिरहेको थिएँ त्यही सडकको
पेटी-पेटीहरुमा ।।१।।

मनु ,,,

,,,,,,,,मनु ,,,,,,,,,
उत्तर दक्षिण पश्चिम् भएनी रमिता पुर्बै रमाइलो दिशा ।
बुद्धि अर्थ बताउने छ जसको नामै मीठो मनिषा ।
भन्छिन जो लौन सुनु कथा र कबिता गितै सुनु मै पनि ।
पढन राम्रो भएर पनि लौ साहस बढेन तै पनि ।
,,,,,,,,,,,,
ट्वाल्ल ट्वाल्ल परेर हेर्नी किन हो पढाउदा बाहिर ।
पूरा हुन्न कि नर्स बन्ने सपना लाउछ मलाई यहि पिर ।
बच्चा झै छ बोली आमा घरकी आफ्नै आमा झै लाउछ ।
मेरो बाबू भनेर बिरानो लोकमा कस्ले मलाई बोलाउछ ।
,,,,,,,,,,,,,
रामेछाप घर जो क्षेत्री त्यो थर जो बाबू बिदेश बाहिर ।
देक्छु म शोकमा ती सब थोकमा बोकि रहे झै पिर ।

हाम्रा लेखनाथ हाम्रो लेखनाथ

लेख्छु, हेर्छु, केर्छु एकक्षण भरमै मिल्काउँछु कागत
कल्पेरै पुग्ने धोको थ्योँ लेखनाथ पुग्नै सकिन म त
जन्मघरघडी जो कविशिरोमणि जो त्यो अर्घौ त्यो अर्चले
एकै धर्को कीर्ति सुनाउ कसोरी भ्याउदैन मेरा खर्चले

बार छोरा तेर नाति

आलै छ मेरो अझसम्म घाउ
हे दैव चाँडो अब पार लाऊ
छन् बार छोरा अझ तेर नाति
धोक्रो छ मेरै अझ काँधमाथि ।।१।।

छोरी छ सानै अझ सानु छोरो
भन्दै बित्यो जीवन आज मेरो
दुख्दो छ मेरै अझसम्म छाती
धोक्रो छ मेरै अझ काँधमाथि ।।२।।

सम्पत्ति लाखौं ढुकुटी भरेको
रैतीहरूका शिरमा छरेको
उठ्ती अझै शेष छ लाख पाथी
धोक्रो छ मेरै अझ काँधमाथि ।।३।।

जम्मा गरें वैभव लाख जानी
खाँदै नपाएर बित्यो जवानी
चल्दैछ ऐले दुःखको खलाँती
धोक्रो छ मेरै अझ काँधमाथि ।।४।।

भोको हुँदै याम बिताइएछ
थुप्र्याउनै मात्र चिताइएछ
भागे हराए किन आज साथी
धोक्रो छ मेरै अझ काँधमाथि ।।५।।

के गर्नु राम्रो अब खानुहुन्न