Skip to content

धुमिल सम्झना


उनीहरुले मलाई कुनै नदी-किनार ताल
वा,
कुनै कुवा नजिकै ल्याएर
यशु ख्रीष्ट जस्तै गरेर
मेरो गर्धन शरीर र पैतालाहरुमा फलामका साङ्ग्ला
अनि बन्धनहरुले बाँधिदिए
तर पनि मैले तिमीलाई बारम्बार
मन जस्तै सङ्गलो पानीको छाया
र जल विम्बहरुमा हेरिरहे
र आधा-जीवन त्यही समर्पण गरे !

उसले अन्तिम पटक
मलाई आजाद त गरिदियो
तर त्यस्तो ठाउँमा ल्याएर छोडिदियो कि
जहाँ तिमीलाई देख्ने दूरदर्शी दर्पण
अनि कयौ
रङ्गिन सफेद
सिसै सिसाहरू थिए
त्यसले तिम्रो याद
अनि मेरो प्यासलाई त बुझाएदियो….
तर प्रत्येक पटक मेरा सासहरुले
तिम्रा तस्वीर र सदृश्य चित्रहरुलाई
बाफमा
दबाएर मेटाइरहेका थिए…..
मैले आफ्नो दिलको स्पनदन
मेरो हृदयको धड्कनहरू बन्द गरेर
मैले मेरा हातका हत्केलाहरुले
अन्तिम पटक तिमीलाई पुछि त दिए

अफसोच,
अल्बिदा निस्सार निस्सार शून्य चेहेरा
मैले पछाडि फर्किएर हेरे
तर तिमी धेरै धेरै नै टाढा गैसकेकी थियौ
कि मेरा यी आफ्नै प्राणहरुभन्दा पनि धेरै टाढा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *