Skip to content

कविता

विभक्ति वा अनुसर्गलाई शब्दबाट अलग लेखौं भन्नेलाई उत्तर

अनुसर्गबारे केही सिलोकः

अनुसर्ग रह्यो नाम शब्दका पछि आउँदा
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा ।।

वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।

एकाकार कतै हुन्छन् थपक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ जताततै ।।

यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।

जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण
त्यसै कारकमा हुन्छ वाक्यको अनुशासन ।।

अदृश्य रूपमा बस्दै गर्ने वाक्य नियन्त्रण
त्यस्तो कारकमा बन्छन् विभक्ति मूर्त कारण ।।

प्रतिनिधित्व कर्ताको कहिले गर्न थाल्दछन्

क्षितिज पृथ्वी अनि आकाश (देश देखेको रचना)

हरेक रात हाम्रो पृथ्वी निदाएपछि
धुवाको मुस्लोहरुको पर्दा पछाडि लुकेर
हरेक रात उसको दासले
अलिकति पर सार्दिन्छ आकाशमा क्षितिज

घरझगडा गरेर माइत आएकी छोरीसँग

आमा म अहिले मेरो घरवार छोडेर आएकी छु
थाहा छैन मलाई त्यो घर अहिले कुन हालतमा छ
जँड्याहा लोग्नेले दिनरात दुख दिइरहन्छ
आमा अब मलाई माइतमै सधैं जसोतसो
एउटा सानो आश्रय दिनुहोस्
म अहिले त्यो पापी परिवार छाडेर आएकी छु
अब म फर्किएर त्यो घर कदापि जान चाहन्न आमा
मलाई एउटा सानो काटेरो दिनुहोस् ।