कविता
छिमेकी मित्रलाई मेरो पत्र
भुमिका ढुङ्गा र माटो जस्तै
हातका नङ्ग र मासु जस्तै
तिमी र म दुबै एक
अर्काका परिपुरक हौँ
म बुद्धको छोरो
तिमी गान्धीको छोरो
बुद्ध र गान्धी दुबै अहिंसावादी
निस्पक्ष र अहिंसावादी सोच छन्
सह अस्तित्वका भावना छन्
बुद्ध र गान्धीका बिचारमा
हो मित्र, बुद्ध र गान्धीको जस्तै
निस्पक्ष र अहिंसावादी होस्
सहअस्तित्वमा अडिग रहोस्
हामी दुबैको मित्रता !!
तर किन मेरा पुर्खाले बनाएका
जगहरु भत्काउदै
नेपाल यो स्वर्ग हो
नेपाल यो स्वर्ग हो : ( कविता )
नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ
जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा
के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो
पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो
!!१!!
आमाकै मनमा म देख्दछु सँधै अगाध छन् प्यार ती
जन्मन्छन् सय अप्सराहरु यहीँ छक्याउने ईन्द्र नी
खानीनै छ यहाँ सबै जगतका शान्ती र सौन्दर्यको
सेताम्मे हिमशैलको छ धरती नेपाल यो स्वर्ग हो
!!२!!
गुम्बा मन्दिर चर्च छन् सब यहाँ सुधर्मका देवल
विश्वैको मन खिच्न सक्दछ धनी नेपालले केवल
सर्पले काचुली फेरेझै
????????????सर्पले काचुली फेरेझै !!!????????????
सर्पले काचुली फेरेझै बदलिँदो मेरो शहरको मौसम
हिउँदे सिजन हो वा मनसुनि झरि हो दोधारे मौसम
ग्लोबल वार्मिङ नै हो वा मौसमले नै मूड बदलेको हो
विरलै हिउँ पर्ने डाडाहरु समेत सेताम्मे पार्ने देखियो मौसम
मैले यस्तो नदेखेको हो वा मौसमले यो परिवेस नपाएको हो
मङ्सिर को महिनामै लालिगुरास फुल्ने देखियो मौसम
चराले अन्डा छिट्टै कोरलेको हो वा अन्डा भित्र बाटै कम भेलिडिटी ल्याएर आको हो
प्रहर प्रहर मा नचिनिने उपहार ल्याउदैछ मौसम
अस्ट्रेलिया मा आगो अनि आधी देखिन्छ,कतै शितलहर ले ज्यान गइरहेछ
सुनामी,भोल्केनो, भुकम्प,टोर्नाडो अनि विपत सबै नबताएरै ल्याउछ मौसम
चोक चोक मा चाउचाउ चाउमिन छ मेरो
????चाउचाउ चाउमिन चोक चोकमा मेरो ????
सडक अनि गाडी पुग्यो गाउँ गाउँमा मेरो
जिप,ट्याक्टर ,ट्रकको हार्न बज्यो गाउँ गाउँमा मेरो
सागसब्जी किनेर खान्छ्न अब त फल्दैन गाउँमा मेरो
बेचेर पुर्खाको सम्पत्ति सकिन लाग्यो गाउँमा मेरो
घरमा भने स्वादिष्ट भोजन अचेल कम मात्रै बन्ने गरेको छ
किनभने चोक चोकमा चाउमिन को पसल छ मेरो
????????????????????????????????????????????????????
गहुँको पराठा मकैको च्याख्ला अनि मीठो रोटि पाक्न छोड्दैछ अब
मैदाका परिकार अनि फास्ट फुड भित्रियो गाउँमा मेरो
दूध दहि र महि पनि कमै खान्छ्न अब यहाँ
रक्सिका ठेक्का हरु ठाउँ ठाँउमा खुले गाउँमा मेरो
घरमा खाना अचेल कम मात्रै बन्ने गरेको छ अब
डोटेली कविता
????????????रावणका दशै मुन्डा थ्या!!!????????????
अचकालि हुन पसि औँशीका दिन लै चन्द्र धेक्या !!
रावण का दस मुन्डा थ्या, कसैका पन्ध्र धेक्या!!!
????????????????????????????????????????????????????
भाइर सेन्ट घसेको छ, गन्दगिले धुसरा धेक्या
मुखमा चिल्ला धेक्या ,मनमा फुसरा धेक्या
अचकालि हुन पसि औँशीका दिन लै चन्द्र धेक्या !!
रावण का दस मुन्डा थ्या, कसैका पन्ध्र धेक्या!!!
????????????????????????????????????????????????????
मुखलाइ प्रशंसक ,पाछा उसैलाई आलोचक धेक्या
मुखमा त्रिफला का चूर्ण, खायापाछा अपाचक धेक्या
अचकालि हुन पसि औँशीका दिन लै चन्द्र धेक्या !!
रावण का दस मुन्डा थ्या, कसैका पन्ध्र धेक्या!!!
????????????????????????????????????????????????????
समर्थन गद्दया आफ्नो जसो, मनमा पापका कुण्ड वाला
पद्याङ्कन कविता कृतिको भूमिका
सामग्री गद्यका केही पद्यबद्ध गरूँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
सोही लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।
मेरै लहडिलो सोच मेरै बुद्धि विवेकको
यो त्यही सोचको यौटा आलोकाँचो निचोड हो ।
मूलको जे थियो मर्म यहाँ भिन्न कुरा परे
यसैले यसका मर्म माथि केही चिरा परे ।
मैले यो जे गरें गर्नु पर्ने काम थिएन कि ?
केही सौन्दर्य थप्ला कि भन्थें, कामै दिएन कि ?
काव्यको घरमा यौटा इटा यो थपियो भने
मलाई धन्य मान्नेछु यस्ले काम दियो भने ।
मेरै लहड हो मेरै इच्छा हो यो यसै गरें
यसमा जे गरें मैले म आफ्नै भरमा परें ।
जोईपीडित पोइको बिलाप
जोईपीडित पोइको बिलाप
हे मेरी सासुकी छोरी !
बिर्सियौ नि बिवाह पूर्वका बाचाहरुलाई ?
कुल्चियौ नि हाम्रा प्रतिज्ञाहरुलाई ?
भन्थ्यौ त ! हामी दुखमा ढिँडो र झुपडीमा रमाउँला
साथै रूउँला, साथै हाँसौला
सँगै मरौंला , सँगै बाचौंला
आज ती बाचाहरु भुलेर तिमी म माथी हाँस्छौ
मेरो मजबुरी र बाध्यतामाथी छमछम नाच्छौ
बधाई छ तिम्रा कुटिल मुस्कानहरुलाई
धिक्कार छ मेरो पीडामिश्रित पोईको बिशेषणलाई
हे मेरी आमाकी बुहारी !
दिनान्तमा धन्दापातको सेवा हाजिर छ
तिमी श्रृंगार पटारले सजिई राख
दीवा सिनेमा र संध्याकालीन बिहारमा रमाई राख
फेसबुक च्याट र टेलीफोनको कलमा मस्की राख
कुभिण्डे मुख
????????????कुभिण्डे मुख ????????????
बत्तिस दाँत को बिचमा रहेको एक्लो चिप्लो जिब्रो
सल्बलाएर बोलिरहेको संरचना ले वाक्क पारेको परिवेश
र्याल आएर बोल्दा त्यहि र्याल निल्दा त तिम्रो ग्यास्ट्राइटिस निमोठ्थ्यो होला।
तर सरि स्वार्थ का लागि चलेको जिब्रो एकदिन तिमिलाई नै निमोठ्छ
किनभने भिरको कुभिण्डो न उँधो न उभो!! ????
????????????????????????????????????????????????????
शेषनाग का हजार जिब्रा थिए नि भनेर नाठे तर्क गर्छौ तिमि
तर तिनीहरूले जिब्राको विशेषता तिमिलाई थाहा नै कहाँ छ र??
रावणका दश टाउका थिए, अनि दश वटै जिब्रा त होलान् नि भन्दै हिड्छौं तिमि
तर रावणको बुद्धिमत्ता तिमिलाई कहाँ थाहा छ र??
उपजातिमा पिन्जडाको सुगा
पिन्जडाको सुगा
छैनन् यहाँ बान्धव बाबु आमा
एक्लै परेको छु म पिन्जडामा
कस्तो छ यो भाग्य सकिन्न जानी
मेरो छ यौटा नमिठो कहानी ।।
छ बाल्यकालै बबुरो छु यस्तो
आफन्तले शून्य निरीह जस्तो
सुगा भनी चिन्दछ रात साँझ
मलाई यो मानवको समाज ।।
न पिन्जडाभित्र छ थोर चैन
खोजूँ कहाँ शान्ति यहाँ हुँदैन
न शान्तिको सास सकिन्छ फेर्न
संसार नौलो सकिएछ हेर्न ।।
न बन्धु छन् वा न त इष्टमित्र
रहेन त्यो शान्ति यहाँ म भित्र
ब्युँझो छँदा शान्ति यहाँ रहेन
निधाउँदैमा पनि पाइएन ।।
मेरा सबै बान्धव बाबु आमा
उड्छन् र बस्छन् वनका कुनामा
छन् ताप मेरा मनभित्र ऐले
व्यथा सबै कोसँग पोख्नु मैले ।।

म त सिक्दछु ज्ञान नयाँ पनले
खै किन हो किन ?
शीतलहरले मेरो मात्र घर चिसिएको छैन सरकार
जाडो भएर काम्दै नि, कालो कम्बलले मुख।
सारौँ :
इम्बक्स
दूरदृष्टिबाट नजर घुमाउदै हिँडेको म
अहिले मेरो घरभित्र गोमन पसेको छ
छोरी जन्मेर तीनकी पुग्दा
सधैं हरदम हँसिलो भैरहने