Skip to content

घमण्डी लोम्डी र निर्दोष हाँस


आफ्नो घाँटीमा
सिनुको हड्डीहरू अड्किएपछि
एउटा स्यालले
बारम्बार
एउटा हाँससँग हजार पटक हार गुहार माग्यो

जब
हाँसले उसको घाँटीबाट
अड्किएका हड्डीहरू
आफ्ना चुच्चोहरुले च्यापेर निकाल्दियो
तब,
उसले हाँसलाई झम्टियो

आफूलाई आक्रमण गर्न लागेको देखेर
अचम्मित हुँदै हाँसले सोध्यो कि,
“मैले तिम्रो ज्यान बचाए
अरे यार धन्यवाद भन्नू पर्नेमा
तिमी किन ममाथि उल्टै आइ लाग्दै छौ ?”

उसले अन्तिममा जवाफ दियो कि,
“ज्यान तिमीले हैन मैले चाहिँ तिम्रो बचाएको हो
मैले चाहेको भए तिमीलाई त्यति खेरै चपाउन सक्थे
जुन बेला तिम्रो टाउको मेरो घाँटीभित्र थियो ।”

नभन्दै एउटा विशाल भयङ्गकर बाघ परबाट
दौडिदै आयो
ठुलो ज्यान भएकाले
त्यसले सुरुमै स्याल समायो
र त्यो सिकारी बाघले स्यालको हत्या गर्यो
अनि अहङ्गकारी स्याल बेकार मर्यो ।

हाँस हाँस्यो र बारम्बार रमाएर नाच्यो
यसकारण कि,
भाग्यबश हाँस भने भागेर बाँच्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *