Skip to content

कविता

देश कर्तव्य र युवा

देश कर्तव्य र युवा
हिमाली धरा याे छ साथै पहाड
कतै खाेंच बेशी र झर्ना अथाह
यिनैकाे छ सामीप्य मीठो रमाऊ
यहीँ देशकाे काखमा बाँच्न आऊ।।१।।

उता स्वर्ण झुल्ने तराई छ हाम्राे
र आत्मीयताकाे सुनाैलाे छ फेराे
कतैकाे खुसीमा तिमी लाै नजाऊ
यहीँ देशकाे काखमा रम्न आऊ।।२।।

अनेकौं कलाले धरा रङ्गिएकाे
तिमीचाहिँ अन्तै कता भड्किएकाे
नरम्नू अरूका कलामा भुलाऊ
यहीँ देशकाे काखमा नाच्न आऊ।।३।।

छ वैरी सिमानातिरै पल्किएकाे
र हाम्राे छ सत्ता कतै लत्रिएकाे
भयाे लाै अबेला अटेरी धपाऊ
यहीँ देशकाे काखमा हाँस्न आऊ।।४।।

तिमीभित्रकाे आँट निस्केर आओस्
र याे बाँझिएको छ माटाे फुटाओस्

प्रतिभा र औचित्य

नमस्कार छ मेरो यो स्वीकार मित्र बान्धव
ऊर्जा मिल्छ सधैं प्रात संस्कारयुक्त मानव।।१।।
झुक्दछन् फलले हाँगा यो उसको हो महानता
हिलोमै फुल्छ बास्ना छ फूल कमल हो सदा।।२।।

आह्वान

आऊ कलाकार छिनो समाऊ
आई घरैमा पसिना चुहाऊ
विश्वासमा कत्ति नधर्मराऊ
सम्मानको स्वेद यतै चुहाऊ ।।

छन् बाबु आमा घरमा रुएका
छानाहरु छन् घरमा चुहेका
भोभो उताको अब लोभ छोड
धेरै भएको छ यहाँ बिछोड ।।

तिम्रा चुनौती कति छन् अगाडि
बाटो र त्यो लक्ष कतै नछाडी
हे शिल्पका साधक माथि जाऊ
गन्तव्यमा पुग्न नडग्मगाऊ ।।

तिम्रो छिनोले जब कर्म गर्छ
त्यो कर्मको मूल्य उचो ठहर्छ
हेरेर मात्रै अघि पाउ चाल
सद्कर्म गर्नैतिर हात हाल ।।

नेपालमा धेर जमेर मैलो
भो सभ्यताको अझ बन्द दैलो
आएर दैलो अहिल्यै उघार
यो देशको क्लेष सबै निखार ।।

पुकार

पुकार

रक्तिम सगर नीर क्षितिजसँग
आलिङ्गनमा ब्यग्र छ
अनन्त सागर दुर जूनसँग
अनुरागमा मग्न छ
मन्द पवन जन्ड मेघसँग
भलाकुसारीमा मस्त छ
चञ्चल नदी भद्र किनारासँग
चुम्बनमा ब्यस्त छ
स्थिर रात अस्थिर दिनसँग
प्रेममा प्रसन्न छ
शीतल जल प्रचण्ड तापसँग
अँगालोको बन्धनमा टम्म छ
हामी एउटै बागका दुई पुष्पहरु
एउटै सागरका दुई छालहरु
एउटै पवनमण्डलका दुई श्वासहरु
अदुर भएर पनि दुर छौं
स्पर्शित भएर पनि पराई छौं
स्वरङ्गी भएर पनि बिरङ्गी छौं
यहाँ बेमेलमा मिलन छ
द्रृस्टीमा अद्रिश्यता छ
अपेक्षामा उपेक्षा छ

म बादल भई तिमीलाई छोप्छु

मलाई मन छ

मलाई भ्रष्ट अनि दुष्टहरुलाई
घोटेर प्रहार गर्ने मन छ
बेरोजगार हु म फुटपाटको
किनारमा व्यापार गर्ने मन छ

विद्वानहरू हो पवित्र विचारले
यो संसारमा के गर्नु ? – २
विशाल बजारमा गएर
विचारको कारोबार गर्ने मन छ

अन्तिम आग्रह

केही फरक सोचेनौ र गरेनौ भने तिमी पनि
उस्तै हुने छौ ।
अरुहरू जस्तै, धेरै सोचेर केही नगर्ने जस्तै
केही नसोचेर केही नगर्ने जस्तै
धेरै प्रतिबद्धताहरू छन् आज उधारो
धेरै धेरैका, तिम्रा जस्तै

लेखनाथको पिँजडाको सुगा

छैनन् यहाँ बान्धव बाबु आमा
एक्लै परेको छु म पिन्जडामा
तितो छ यो भाग्य सकिन्न जानी
मेरो छ बेग्लै नमिठो कहानी ।।

छ बाल्यकालै बबुरो छु यस्तो
आफन्तले शून्य निरीह जस्तो
सुगा भनी चिन्दछ रात साँझ
सर्वत्र यो मानवको समाज ।।

पुसे पन्ध्र लमाउने

पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने

बाक्लो-बाक्लो लाइन्छ
तातो-तातो खाइन्छ
दिक्क मान्नु पर्दैन
आगो ताप्न पाइन्छ
किन जिउ कमाउने ?
पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने

जलकी रानी !

ए जलकी रानी !
कहाँबाट आयौ तिमी ?
हे जलकी रानी !
तिमीलाई भन्छन् अरे
जताततै पानी

खोल्सीतिर बग्छौ पहिले
पुग्छौ अनि खोला
खोलाबाट नदी बनी
फेर्छौ आफ्नो चोला

खोसिएकोे बालापन

स्वर्णिम ती दिन थिए म अबोध बबुरोका
अतुलनीय काल सरी
हाँस्थेँ,खेल्थें, उफ्रन्थें लडीबुडी
माटो दली जिउ भरी
ती काल थिए सुनौला अतीतका
नफर्कने खहरे सरी
रुन्छु आज कल्पी त्यो मधुर पललाई
यादको स्वप्न भरी

कैदी म कि मेरो बुद्धि ?

हात हतियार
तरबार ओसार पोसारको
अभियोगमा कारागारमा
अञ्जान उसलाई जेल चलान गरियो
तर
उसको विचार भने कहिले पनि कैद गर्न सकिएन भगवान।