म ओछ्यान हुँ
हुनसक्छ कि म कसैकी आमा हुँ
मान कि
मैले यो देशमा धेरै नै सपुतहरू
जन्माइसकेकी छु
म बहादुर अनि साहसी आमा हुँ ।
अन्धकार रातहरुमा….
कुनै थकित मजदुर आएर
मेरो काखमा गलेर निदाउँछ
अनि अनवरत कामले
बरपिपल……
वा जङ्गगलको छहारीमुनी ढलेका भरियाहरुलाई
म अबिरल आराम दिन्छु
रातभर बत्ती बालेर जूनताराहरू जाग्छन
मसानहरू भाक्छन
भनिन्छ-
“रातभर बत्ती निभाए मात्र भगवान पनि सुत्छन”
तर यी चोकहरुमा भने रातभर बत्ती बालेर भगवानहरू जाग्छन
जाग्छन कुनै जड्याहरु…
र मलाई कहिले जग्गाजमिन, बीच बाटो बनाउछन्
त कहिले
मलाई सडक नाली र खोलाधार बनाउछन्
अनि कुनै गरीब बेसारा
वा
भिखारीहरू दिनभरि डुलेर पनि
मलाई उपहारहरुमा रित्ता हातहरू लिएर आउँछन
र मेरो कोखमा निदाउछन्
र पनि
म अगरबत्ती धुपका राग्गिला धुवाहरू खुवाएर
र
पुराना गाडी इञ्जिनका बाफ्फिला धुलाहरुसङ्गै
र
हरेक रात
म उसलाई मेरो बासी आशीर्वादहरू खुवाएर सुताउछु ।
पत्थर जस्तै मेरो नाङ्गो
अनि छातीको चिसो सिरेटोहरुमा
ऊ रातभर ठण्डा हावाहरू खान्छ
ऊ रातभर विशालु सर्प र मछेटहरू छोकाइहरू सहन्छ
ऊ रातभर मसङ्गै सुत्न चाहन्छ
मेरो आङ्गभन्दा अलिपर एउटा ठुलो
अजङ्ग अजीव चट्टानले
आफ्ना दुवै हातहरू थापेर
हर्दम भेटिहरू मागिरहन्छ
र दिनहुँ मुख बाएर
उसको अनुहारलाई हेर्दैहेर्दै
अनि
अरुलाई उपेछ्या
पूर्वाग्रह-पूर्वक जिस्काउने कुनै नाबालक झै गरेर
गाइको दूध खान्छ
तर पनि ऊ यो बारपार
भूमिहरुलाई भने आफ्नो मन्दिर भण्ठान्छ
ऊ हर सहरको सडक-किनारहरुलाई पनि
तीर्थधाम मान्छ
अनि जस्लाई ऊ आकाशको कुनै स्वर्ग सम्झदै
छुकुम्बासी कुनै कुकुर जस्तै गरेर
मीठो निद्राहरू निदाउँछ
म उसलाई आफ्नो सन्तान मान्छु
म उसलाई आफ्नो छोरो मान्छु
म उसलाई आफ्नो छाउरो मान्छु
तर ऊ मलाई मन्दिर मान्छ
हुनसक्छ सायद उसलाई अँझै याद छ
कि यसैले ऊ मलाई आफ्नी आमा मान्छ
किनकि मैले
उसलाई पैले
यही ठाममा जन्माएकी थिए
हुन सक्छ उसलाई यझै याद छ
कि ऊ शान्तिसँग सुत्न सक्ने
मान कि यो संसारको एकमात्र ठाम
म उसको स्वाभिमान
म उसको ओछ्यान हुँ ।
म एक अस्पताल
एक विशाल हस्पिटल
म एक डाक्टर हुँ
मैले आजसम्म पनि चेत अचेत बिरामीहरुको केस हेरेर
उनीहरू उपचार गर्दै आइरहेको छु
वर्षौंवर्ष भयो बेडरुममा एउटा बुढो हजुरबुवालाई सुताएको
बर्सोवर्ष भयो बेडरुममा एउटी बुडि हजुरामालाई सुताएको
वर्षौंवर्ष भयो उठाएर घर पठाउन नसकेको
वर्षौंवर्ष भयो घरबाट उठाएर स्वर्गमा ससम्मान सुताउन नसकेको
वर्षौंवर्ष भयो स्वर्गमा बाँस बस्न बोलाएर पनि शान्ति दिन नसकेको
तर पनि उनीहरू मलाई अँझै आफ्नो भगवान मान्छन
किनकि म उनीहरुको ओछ्यान हुँ ।
मानौ कि म कसैकी
धर्मपत्नी पनि हुँ
हरेक रात म निदाएपछि
मेरो सपनामा मेरो श्रीमान आएर
सहवासको प्रस्ताव राख्नुहुन्छ
अनि बिहानको भोरमा
एउटा सूर्य झै लाग्ने चम्किलो एक गोरो छोरो
बुद्ध जन्मौला भन्नुहुन्छ
छोरी भए शान्ति नाम राखौला हामी
फेरि पनि स्वगरात मनाउ ल?
भन्नू हुन्छ
सायद सपना देखेरै सुत्नु भएथ्यो त्यो रात
उहाँ एक्लै
अहिलेसम्म ब्युझन सक्नु भएन
देशद्रोहीहरुले उहालाई शहीद बनाइदिए!
मलाई कसैले छाडिदिएर गएको प्राण
म कुनै अभागी बिधुवा
कुनै उदास र उजाड ओछ्यान हुँ ।
म ओछ्यान हुँ
बलात्कृत नारिको पीडावेदनाले भरिएको ओछ्यान
म निर्जीव छु
मानौ कि
मेरो निर्दोषपनको फाइदा उठाएर
मलाई अपराधीहरुले नङ्गयाएर बलत्कार गरेर गए
म बलात्कृत आँसु, खुन, शुक्रकिट र सिगानले लत्पत्तिएकी
अनि ती पापिहरुको विचारले बिगृएकी
बेसहारा ओछ्यान हुँ
जहाँ
ऐठनको कुनै चित्कार झै
मैले बारम्बार लाटो आवाजहरुमा
चिच्याए आत्माभरी भित्रभित्रै
रोए
अनि
प्रतिकार गरे
तर सचेत यो जगतले मेरो बोली सुनेन
तर यो पूर्ववत अदालतले मेरो आवाज बुजेन
तर बेहोस यो सरकारले मेरो माग सुनेन
मेले हजारपटक हारगुहार मागे
किन- किन?
तर कसैले पनि मलाई इन्साफ दिएनन
अनि दिएनन ध्यान
र दिएनन न्याय
किनकि म
अवला एक ओछ्यान हुँ ।
मानौ कि म करले बनाइएको कसैको
रहरको वेश्या हु
बाढीले सिङ्गो जग्गाजमिन बगायो
भूकम्पले झुपडी भत्कायो
परिवार पनि प्रलय दुर्घटनामा परेर मरे
बाँचेको त फगत केबल म थिए
यत्रो संसार सकिदा पनि केवल घरको खाटचाहिँ अफ्सोच
कहीं अड्किएर बचेछ
तर आज मैले त्यो खाटलाई सफा गरेर बेचिदिए
म ओछ्यान हुँ ।
दिनभरि ढुङ्गा इट्टा र माटोमा आफ्नो
हात-खुट्टाहरू गाडेर
कारागारमा कैद गरिएको कुनै सुन्दर
तर
बन्दी मयुर
वा खरायो झै
हामी
धर्तीको चौडाइ
र आकाशको उचाइ नदेखेर
जिन्दगीभर साँघुरो कोठाभित्रको सहरमा
साँघुरो सहरको कोठाभित्र
मानौ कि दिनभरि कुनै महारानी
वा
अफ्सरा
या विवाहको दुलही झै सजाएर
सृङ्गारेर
दिनहुँ अम्रुत पिलाएर
कुचो लगाएर
सजाइएको
मानौ कि
हामी एउटा अग्ल्लो महल वा
दरबारको सफा ओछ्यान हौ ।
ओछ्यान जो कुनै दिन घाम डुब्नुभन्दा अगावै
सिरान लाएर सुत्नेछ
र जानेछ ८४ लाख जुनि फेर्न
८४ लाख अनुहारहरू हेर्न
सबसे सुन्दर गजबको शृङ्गार गरेर
खोलाधारमा……
मासानघाटको बाटोहरू हुँदै
मरुभूमिको किनारसम्म
गज्जबको डोलिहरुमा चढेर
गज्ज्बको सुन्दर खाटहरुमा सजिएर
स्वीकार गर्दै…
स्वर्गबासको आहवानहरुलाई
करको हस्ताछ्एर गर्दै
र भन्नेछौ कि कुनै दिन चिहानमा बसेर
“म अब जन्मकैद आजाद भए”
किनकि हामी भोलि चितामा बस्नैपर्ने
रङ्गिन ओछ्यानहरू हौ ।
ए! आतन्ङ्गककारिहरू
वेश्याबृति गर्ने देहब्यपारिहरू
दिनभरि किसानको खेतमा धान खाएर पनि
नअघाएर रातभर गरीबको भडारमा भुस खाएर
अनि अन्तिममा मध्यरात भगवानको प्रसाद ग्रहण गर्न भन्दै
मन्दिर फर्किरहेका
कुनै
भ्रष्टचारी मुसाहरू
अब आओ!
अनि
मन्दिरलाई वेश्यालय बनाइरहेका !बलात्कारिहरू हो
भ्रश्टचारिहरु…….
रातभर हल्ला गरेर अब फेरि पनि एकपटक बुद्धलाई बोलाउ
राभर हल्ला गरेर एकपटक फेरि पनि शान्ति जगाउ?
सिलिङ्गको उचाइमा घुमिरहेका छापामार गन्दे छुचुन्द्रोहरू
अनि
कहिले पनि नसुत्ने घिचुवा कुम्भकर्णहरू
अलि तल हेर त धुलोहरुमा
कुकुर एकछिन निदाइरहेछ
मजदुर एकछिन निदाइरहेछ
गोरुहरू निदाइरहेछन्
गाई पनि निदाइरहेछ
गधा नि निदाइरहेछ
जिन्दगी सर्वधा निदाइरहेछ
रातभर
त्यो बुढो ट्याक्टर पनि निदाइरहेछ
अब उनीहरुको निद्रा भगाऊ
किनकि
हामीले बिर्सिसक्यौ कि
भोलि बिहानै
भाले बास्नुभन्दा अगावै उनीहरुलाई जगाएर
दिनभरि काममा लगाउनुछ-
हामीले बिर्सिसक्यौ
र भोलि हामीलाई पनि जानुछ
रित्त हातहरू लिएर कुनै रित्त क्षितिजहरुमा
र यहाँ
हामी ऊर्जावान ओछ्यान हौ
आत्मज्ञानहरुले भरिएको
सूर्यको किरणभन्दा पनि सक्तिशाली
जस्का चेतनाहरुले यो जगत जाग्छ
अनि जस्को प्रेमिल स्पर्शहरुमा यो संसार ध्यानमस्त निदाउँछ
किनकि हामी कसैको केबल ओछ्यानहरू हौ ।
