Skip to content

म पनि अब भ्रष्टाचार गर्छु


डाक्टर साब !
केवल रोगको उपचार गरेर
रोग निर्मल हुदैन
डाक्टर साब !
केवल हर क्षण दवाइले दबाएर
यो प्राण कालान्तर बाँच्न सक्दैन
डाक्टर साब !
रोगको उपचार गरेर
रोग निको हुदैन

यसकारण कि, जस्का लागि जड
निवारणको आवश्यकता पर्दछ ।

यो संसार यस्तो छ
यो दुनिया यस्तो छ
फेसबुकमा स्टाटस लेखेर
फेसबुकमा साहिरी लेखेर
अर्काको चित्कार देखेर
अर्काको अधिकार बोलेर
दुखिरहेको हृदय खोलेर
यो दुनियाको उद्दार गरेर
यो संसारमा
यो संसारमा
अनि आफू इमान्दार बनेर
बाँच्न सकिँदैन
यो जिन्दगी चल्दैन भन्नू भो
सरकार
ठिकै छ !

फेसबुकमा सायरी लेखेर हुदैन
बाहिरी संसारमा बाँच्न सकिँदैन
फेसबुकमा सायरी लेखेर हुदैन
अन्तर आत्माहरुबाट
अमर अनि साचो प्यार गरेर हुदैन
बाहिरी संसारमा ब्यापार गर्नुपर्दछ
भन्नुभो सरकार
ठिकै छ
फेसबुकमा
र कलमले कपिमा कविता कोरेर हुदैन भन्नुभो
ठिकै छ सरकार
त्यो किसानले कसरी यो संसारको
हात मुख जोरेको छ
अनि भुँडीभरि भात भरेको छ
खेतगराहरुमा
केवल एक हातले हलो कोरेर?

ठिकै छ सरकार ठिकै छ मालिक !
धन्यवाद
ठिकै छ
र अब म पनि बारम्बार यस्तै गर्नेछु
अनि फेरि पनि धन्यवाद

यसकारण कि,
मेरो गरीबी सधाको लागि निवारण गर्नका लागि
मेरो गरीबी सधाको लागि अल्बिदा बिदाइ गर्नको लागि
सानाहरुलाई प्रहार गरेर
सडक किनारको बेरोजगारीहरुमा
यो संसारको विशाल भोकमरीहरुमा
धन्यवाद पर्मेश्वर
धन्यवाद जगदीश्वर
यो दरिद्र दुनियाको अनन्त अनिकालमा
अनि धन्यवाद सरकार
र मलाई पनि भ्रष्टचार
अनि एउटा अनौठो
व्यापार गर्न सिकाइदिएकोमा

धन्यवाद सरकार
धन्यवाद डाक्टर
ओखती बनेर अस्पताल आइदिएकोमा

यो दुनियाको दिगो रोग दबाइदिएकोमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *