म देवता मान्दिन !
बरु म यो ढुङ्गा मान्छु
म ईश्वर मान्दिन
बरु म यो पत्थर मान्छु !
म अहिले ईश्वर मान्दिन ।
म सानू छदा पैले पैले
उसको निधार
उसको तक्दिर
उसको शिर
अनि उसको अनुहार
मेरी आमाको मुहारमा देखेको थिए !
हरेक बिहान मेरी आमा
हरेक रात मेरी आमा
भगवानको पूजा आरती अर्चना
भक्ति भजन किर्तन गर्नुहुन्थ्यो
हरेक बिहान !
हरेक रात
अञ्जान ! अग्यात
एकदिन उसको समिपमा
बालिएको दिप सल्किएर
भडार कोठाको कपडाहरुमा बल्यो
र जल्यो मेरो रहरहरुको एउटा सानू घर
जलेर सब खरानी भयो
मेरो सपनाको एउटा सिङ्गो संसार
मेरो सारा संसार सकियो ! !
यसकारण म आज दैव मान्दिन
यसकारण म आज त्यो भगवान जान्दिन
सायद,
यसकारण पनि म आज पापी भएको हु
मानौ कि, म एउटा अपराधी हु
र मलाई त्यस्तो धर्मात्मा बन्ने रहर पनि छैन
बरु म अहिले त्यो फुटपाथको पत्थर मान्छु
यसकारण त्यो देवता मान्दिन
म बहिरको त्यो भगवान जान्दिन !
किन कि, त्यसदिन
त्यो भगवानको तस्बिरमा सल्किएको आगोको दहनबाट
त्यो बाहिरको भगवानभन्दा पनि पवित्र
मेरो मनमन्दिरको
मेरी आमाको निधन भएको थियो ।
यसैले,
म अहिले त्यो मन्दिरको भगवान मान्दिन
बरु म अहिले कठघराको कैदी मान्छु
म कारागारको अपराधी मान्छु
म । काडाघारीको त्यो काडा मान्छु
म बरु त्यो कठोर चट्टान
या स्वयम चिहानघारिको मसान मान्छु
त्यसैले मैले यो ईश्वर मान्दिन
म त्यो बलवान् भगवान जान्दिन
बरु म अहिले त्यो पत्थर मान्छु ।
यसैले मैले अहिले ईश्वर मान्दिन !
यसैले मैले अहिले ईश्वर मान्दिन ।
