म रोडमा
भोक प्यास अभाव असुरक्षा
धुलो धुवा गरीबी र बेरोजगारीमा
गुज्रिरहेको भतुवा अनाथ बालक
लाचार भएर भोकमारीमा मैले सोचे कि
सडक किनारमा रोइरहेको बेरोजगारीमा
बिवश मैले सम्झिए केवल भात !
अनि एउटा प्रत्याभुत सुरक्षा
जस्का लागि
मैले कारागारसम्मको बासका लागि
हतकडी र प्रहरी चौकीसम्म पुग्नका लागि
विभिन्न लछ्यहरू बनाए
यसकारण कि, मलाई भात सित्तैमा खानु थियो
जस्का लागि, मलाई कठघरासम्म जानू थियो !
मेरो ठुलो धोको थियो कि मैले जसरी पनि
मेरो सानू भोको पेट भर्नु छ
मलाई विधान बिपरित
एउटा सानू गैरकानूनी काम गर्नु छ
जसका कारण, प्रहरी नौजवान आओस
मलाई हातमा कडी लाएर कारागार जाओस
मलाई पाल्तु कुत्ता झै स-सम्मान राखोस
र हरेक रात बिहान मेरा यी लज्जित मुखहरुले
लगातार तीन महिनासम्म सित्तैमा भात खान पाओस
हो साच्ची, मेरो सफर थियो
मेरो मामाघरसम्मको को
मैले शहरको ठुलो रेस्टुरेन्टमा
पेटभरि टन्न खाएर पैसा नतिर्ने निर्णय गरे
तर, होटल रुङ्न बसेको चौकिदारले मेरो हुलिया देखेर
मलाई गेटसम्म आउन त के
भित्रबाट आइरहेको बास्ना बाहिर सुँघ्न समेत दिएन
असफल सपनाहरू लिएर
लाचार भएर पागल झै म त्यहाबाट फर्किएर
सडकिनारको पसलमा गए
जहाँ, एउटा ग्राहक हातमा छाता लिएर
लगातार उभिरहेको थियो
मैले सोचे,
म यो छाता चोर्छु
अनि पीडित चिल्लाउँछ
म बिस्तारै दुगुर्छु
अनि मलाई बजारले घेर्छ
प्रहरी आउँछ
मलाई समाउँछ एकदुई कोर्आ हान्छ
र कारागार लान्छ”
मैले उसको हातबाट छाता फुत्काएर दौडिए
उसले बिस्तारै बोल्यो मेरो छाता मेरो छाता
मैले भने
थैट ! भात खाको छैन कि क्यायो कमजोर
अलि जोडले घनघोर कराउनुस्न न यार
के तपाईंलाई म चोर जस्तो लागेन
के तपाईंलाई चोरको अभिनय गरे जस्तो लाग्यो कि क्याओ?
उसले भन्न्यो !
निश्चय !
यो छाता मैले पनि हिजो बाटामा फेला पारेको थिए
मैले सोचे कि यो छाता तपाईङ्कै हो भनेर !
थैट: बारम्बार मेरा सपनाहरू असफल भैरह्ये
सरकार
पलपल मैले यो विचार गरिरहे कि
म बेरोजगार कसरी कारागारसम्म जाऊ
र तिनमहिनासम्म भात सित्तैमा खाऊ ?
क्रिस्मसको दिन म अन्तिममा एउटा
अग्लो दरबारको चर्च बाहिर उभिरहे
बिवश !
मैले सुनिरहेथे कि
अन्दर केही गुनगुन आवाज आइरहेथ्यो
सायद त्यो सत्सङ्गमा तल्लिन हजार इसाइहरुको
रङ्ग उमङ्गहरुको उल्लास थियो
पर्मेश्वर ! तपाईङ्को एउटा पुत्र भोकाएर
जिन्दगीभर ज्युदै मर्न लागेको छ
मलाई भात दिनुहोस
मलाई रोटिदिनुहोस
म जस्त यस्ता अँझै कति सडकमा लाखौ करोडौ भोका छन्
सडककिनारमा अँझै कति हजार अनाथ पुत्रहरू
रोका छन्
मैले भने तर
मेरो चित्कार कसैले पनि सुनेनन !
बिवश !
नभन्दै हतार हतार जमिनबाट ढुङ्गा उठाएर
त्यो रङ्गिन तर बेहोस चर्च महलको
सिसाका झ्यालढोकाहरुमा म हान्न तयार थिए
म तत्पर थिए ! ! .
अफसोच, एकसाथ
भित्रैबाट भित्ता र पर्दाहरू फुटाएर
भङ्ग बनाएर बहिर
एउटा यस्तो आवाज आयो
म भए निर
मेरो कान
जो मेरो मनको अन्तर अङ्गमा गुञ्जियो
एउटा जीवन दर्शन
अघिको मेरो निस्प्राण अनि अबचेतनमा
अहिले भर्खर शक्ति र आत्मज्ञान पलायो
अनि निरन्तर पलाइनै रह्यो
प्रभुको भक्त्तिहरुले बताइरहे थियो कि
जनावारभन्दा पनि मनुश्यमा फरक विचार हुन्छ
यदि, मान्छेहरुले पशुको जस्तै कर्म गर्ने हो भने
मान्छे र पशुमा केही अन्तर रहदैन
एउटा पशु पृथ्वीमा जन्मिन्छ
खान्छ, फोहोर निकाल्छ
फ्याल्छ, बस्छ, उठछ र जान्छ।
म स्थिर सुनिरहथे गम्भीर
मेरा अन्तर आत्माहरुमा आत्मबोध भैसकेको थियो
म उभिरहेथे बाहिर
स्वय म कुनै विश्वासी
वा स्वय म गौतम बुद्धको तस्वीर झै
मेरा हातमा ढुङ्गाहरू टडिरहेका थिए
तर अन्तर आत्माहरुमा आत्मबोध भैसकेको थियो
म मनमनै हर्दम कसम खाइरहेको थिए कि
निश्चय ! म भोक प्यास अभिलाषा
सबथोक बिर्सिएर म अब बाँच्नका खान्छु
म अब बाँच्नै लागि अभिनय गरे हिड्ने छैन
म अब आफ्नो अधिकारको लागि चोरी गर्ने छैन
म अब जिन्दगीभर आफ्नै भय विचारबाट
आजादी र उन्मुक्तिहरुको लागि
पर्मेश्वरको महिमामा तल्लिन हुनेछु
म अब हर समय खानको लागि बाँच्दिन
म अब बाँच्नका लागि खानेछु
म अब केही खास गर्नेछु
म अब बाँचेर मर्नेछु
मलाईपश्चाताप भैरह्ये थ्यो
मैले मनमनै फरक निर्णय गरिरहेको थिए
मेरा अन्तर आत्माहरुले
सोचिरहेका थिए
अफसोच,
अचानक अग्यात कोही आएर मेरा हातका ढुङ्गाहरू खोसेर
मेरो अनुहारमा यसरी थप्पड हान्दियो
हतार हतार निधार खुम्च्याएर मैले उसको मुहार हेरे
त्यहाँ एउटा अप्रत्याशित प्रहरी उभिरहेको थियो ।
मेरा नाजायज मामाहरुले मलाई मामाघर लादैछ्न
मेरो वर्षौन्देखिको सित्तैमा भात खाइरहने
वर्षौन्देखिको भोका रहरहरू पुरा हुदैछन
आज प्रहरी चौकी जाने मेरो सपना सकार हुदैछ
अब म जिन्दगीभर सडक किनारमा जस्तै
भयभीत र पीडित भएर बस्नु पर्ने छैन
म अब हर्दम सुरक्षित छु
अब मामाहरू सधैं मेरो अगाडि पछाडि हुनेछ्न
मेरो मामाघर जाने रहरहरू पूरा हुदैथियो
तर म रोए र रोइरहे
र दुखित भैरहे
यस कारण हैन कि
मलाई दुखिरहेको थियो
बरु यश कारण कि
प्रहरीले मलाई कारागार हिँड भनेर
एउटा यस्तो निर्देशन दियो कि
जुन मेरो वर्तमान मनको विचार बिपरित थियो ।
