Skip to content

कविता

कर्णाली

सदियौंदेखि एकतमासले
सुसाइरहेछ कर्णाली
बगेर कहाँ मिसिन्छ
यो आँसुजस्तो कर्णाली –
नाम्लाको डामले पिल्साएको तालुमा
फेरि पनि कटमिरो सपना
देखिरहन्छ कर्णाली ।

मेरा स्वतन्त्रताहरु

कस्तो स्वतन्त्रता हो यो मैले पाएको?!
मदहोस छु म
रमाउदै रहरहरुमा
मैले पाएका स्वतन्त्रताहरु
छरपस्ट हुदै पुग्दैछन पर सम्म
बेलगाम दौडदै।

आमा

आमा तिमीलाई सम्झँदा
नयनमा मोती टल्पलाउँछ
गाँठो पर्छ मुटुमा भक्कानीएर
लर्बराउछ पाइला धर्तिमा
हुकायौ बढायौ सहेर हजार चोटहरु
अनिदो छटपटीका रातहरु अनि भोकहरु

यूरोपका चीसा गल्ली हरुमा !!!

१. झिस्मिस नहुँदै !
पट्ट्यार लाग्दो अलार्म !
सके हप्ताको सातै दिन !
जबरजस्ती आफुलाई ओछ्यानबाट घिसार्दै !
कहिले, आफ्नै निधार ठोक्दै !
कहिले “टाइम ईज मनी”को व्याख्याले चित्त बुझाउँदै !
अनि कहिले “खैरे चोर” वा “धोती चोर”को गालीले आफैं लाइ फकाउँदै !
सुरु हुन्छ यूरोपका चीसा गल्लीहरूको बिहानी !

पुतली

  • by

म रङ्गीचङ्गी छु वसन्त छोरी ।
म जन्मिएँ कोकिलले कर्राई ।।
झुसिल्किराको सपना सिँगारी ।
दिए पखेटा प्रभुले मलाई ।।१।।

म हूँ पहीली बुझ पङ्खदार ।
वसन्तको फूल लिँदी सिँगार ।।
कता कताको सुकुमार सार ।
फुलेर उठ्दो क्षणको विचार ।।२।।

चिसो रात

निकै रात हामीले अनिंदै बितायौं
क्षणिक आ आफ्ना
अहम् तुष्टिका लागि
आँखाभित्र अग्ला पालहरु गाडी
सिंगो बल्दो रात व्यर्थ निभाएर
भित्र मुटुमा वेदना दन्काउंदै
तिमी जलिरह्यौम जलिरहें।

छोरोसित

ए छाप्रो बन्दै गइरहेको कंगाली
घरमा जन्मेको छोरो
मलाई लाज भइरहेको छ कि किन
म बाबु बनिरहेको छु
बोक्नेसम्म समर्थ हुनासाथै तँलाई
मैले सानैदेखि भरिया गराउनु छ

लोडसेडिङ्

  • by

साझैपिच्छे लोडसेडिङ्ले
छोपेका अ”ध्यारा दिमागहरूमा
के पलाउन् र अरू निराशाहरू नपलाए
एउटा अ”ध्यारोबाट उम्केर
बिलाउनुपर्ने अर्को अध्यारोमा
नियति के हाम्रो यति नै
उदाउन नपाउ”दै एउटा प्रश्न
फेर िविलीन हुन पुग्छ, लोडसेडिङ्कै कालोमा ।

साले दुबसु क्षेत्री

  • by

दौरा सुरुवाल र कालो कोटभित्र
सबै कुरा छोपिन्छ भन्दो हो साले
जति छोपे पनि कहीं न कहींबाट
आत्मविस्वास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
स्वाभिमान नुहिरहेको देखिन्छ

आज तिम्रो धेरै याद आयो !!!!!!

आज तिम्रो धेरै याद आयो !!!!!
******************************
शरद को आगमन संगै ,
रुखपात हरुले जब रंग फेर्दै …..पहेँलो ..रातो …!!
डाँडै भरी, पाखै भरी ,
लाग्छ , प्रकृति ले पनी यही रंग मन परायो …!!
…..त्यसैले आज मलाई तिम्रो धेरै याद आयो ..!!!

देबकोटालाई बिन्ती पत्र

  • by

आदर्णिय गुरु देबकोटा ,जदौ !

मनभरी देश दु:खी रैछ आराम छु भनु कसरी
छातीभरी माटो रोइ रहेछ आनन्द छु भनु कसरी
बरु ,
कट्कट्टिएको रगतको छिटामा
आंसुको थोपा घोली ,यो पत्र लेखी राछु
अनगिन्ती अनुउत्तरित प्रश्नहरु, यो पत्रमा सोधि रहेछु

गोठाल्नीको सपना…

  • by

फूलहरूमा जीवनको आयु खोपेर
चोरेर सुनगाभाको पत्र
क्यानभासमा रङ पोत्ने
सुन्दर मन
परदेशी घामस“गै मिलेर
शरद खोजिरहेछ ।