यात्रा आरम्भ गरौँ ढिलो नगरौँ
यतिबेला शुभसाइत छ
पारि गाउँमा भाले बास्न थाल्यो
बिहानीपखको पारिलो घामको न्यानोले
हाम्रो जीउ तातिएको छ
शीतल हावाले
हाम्रो तनमनमा स्फूर्ति जगाएको छ,
साथी हो-
बेलैमा यात्रा थालौँ ।
वर्षा लाग्नु केही अघि
विहान अन्मने वित्तिकै
ह्जारौं हजार जोडी सुगाहरु
विभूको गाउँ पारिको मुग्लानबाट
मेरै घर आँगनको बाटो भएर
लहर मिलाएर आकाशमाथि उडिरहेको सम्झन्छु ।
आकाशबाट घाम बर्सिरह्यो बिहानदेखि नै
एक बाल्टिन घाम थापेर
रातका लागि जोगाऊँ भनेको घाम आफैँ
‘उज्यालो खोज्नु छ
बस्नु हुन्न राति, कर्फ्यु छ’
भनेर बाल्टिनलाई छोडेर गयो
चिसो बाल्टिन, रित्तो बाल्टिन
उज्यालो थाप्ने रहर कठै…!