Skip to content

कविता

फर्क आमा

  • by

ती पाखा, पहरा, गुफा र वनमा खोजेँ कुना कन्दरा ।
आमा छन् कि भनी नियाल्दछु सधैँ यी खेत बारी गरा ।।
भेटिन्नौ अझ शान्त ती चउरमा पूर्णेन्दुका रातमा ।
भेटिन्छौ न त यी प्रचण्ड दिनमा आनन्दका साथमा ।।

जीवन खाता

  • by

आज धेरै दिन पछी उस्ले
पछाडि फर्की हेर्यो
कालो बादल पछ्याउदै रैछ
दिनको उज्यालोमा रमाइरहेको उ
कालो रातले दिन को अस्तित्व थिचेको पायो
जब उस्ले आज जीवनको खाता पल्तायो

केही यक्ष प्रश्नहरु ?

ड्रग्स को लत झैं ,
चिया , र कफीसंगै ,
नयाँ , ताज़ा र रक्ताम्मे ख़बरहरुले ,
स्वागत गर्छ अचेल ,
पिपासु आँखा र कानहरुलाई ,
मानिस हरुको हरेक सुनौलो बिहानीहरु मा !
हरेक सुमधूर साँझहरुमा !!!

“मनको पिडा “

कस्तो अचम्म छ हैन ।।।यो मनब् परिबेश् को जन्जिर् सुख र दु:ख अनि मिलन् र बिछोड् को अनौठ सम्योग् को लामो काहनि,,,,,,,,,,,,,,
यस्तै यस्तै लामो काहनिमा मेरो पनि आफ्नै छुट्टै यथार्तमा एउटा काहनि बनेको छ , यसलाई मैले “मन् को पिडा” नामक् कबिता मा उतारिएको छु । प्रस्तुत् छ ,,,,,,,,

“मनको पिडा”

बग्ने आशु बगि सके ,सुकि सके आखा ।
अभाव् र तृष्णना ले ब्यतित्, यो जिवन मा कस्ले दिन्छ काखा।।

धेरै थिए उध्येस्य आज , सबै भए अधुरो ।
दुबै आखा भएर पनि, देख्दछु सारा अध्यरो ।।

हासे को छु बोलेको छु ,मुस्कान छ ओठमा ।
आस्वासन् को मिठो फन्दामा ,थुनिएको छु बन्द कोठामा।।

शिवजी नेपाल किन आए ?

शान्त्र्यै शिवजी हिमालयतिरै बस्थे नि कैलासमा
पत्नी थिन् पहिले प्रजापतिसुता बस्थिन् सती साथमा
के के कारणले यतातिर झरे श्रीशम्भु नेपालमा
दक्षैले अपमान धेर शिवको गर्दा भए यज्ञमा ।

सहिद नबनाउँ, सहिदका सपनाहरूलाई

  • by

निस्पट्ट अँध्यारो,
कहिल्यै उज्यालो नहुने
कहालीलाग्दो रात
जीर्ण, थोत्रो
धमिरा लागेको
भत्किन लागेको यो महललाई

क्रान्ति तिमी फेरि सजीव बनेर आऊ !

  • by

क्रान्ति तिमी फेरि सजीव बनेर आऊ !
यद्यपि कैयाँै पत्थरलिा पहाडहरूले
असङ्ख्य ढुङ्गा माटो हुत्याएर
तिम्रो चातुर्यको परीक्षा लिनेछन्