Skip to content

गद्य कविता

शुभकामना! जन्मदिनको !!

शुभकामना! जन्मदिनको !!
अतित्तका चोट दुखाइ ,
पिर ब्यथा आफै थाहै नपाई बिलाउदै जावस,
अबका दिनहरुमा जोस जंगार र खुशीका उन्मादले छाओस ,
सफलताले सगरमाथा चढ्दै सुख र खुशी मनै भरिआओस,
अनगिन्ति धन सम्पति हजुरको हात लाओस ..
म सयौ चोटी कामना गर्छु
मन मुटुले सोचेको
र रोजेको जीवन साथी पाओस …
खाँचो नहोस कसैको .
सबैलाई हजुरको खाँचो परि हजुरकैमा धाओस ,
,हजुरकैमा धाओस…
हजुरको करेसाबारीमा रंगी चंगी फूलहरु फुलोस,
हजुरको धानको भकारिहरु १२ महिनै चुलोस,,,
बाधा अड्चन ले रोकेका हजुरको बाटोहरु बिना कस्ट चारै दिसा खुलोस …
हजुरको रुप रंग देखेर सारा संसार भुलोस ..

यो सडक कसको हो ?

  • by

अपहरित यो सडकमा
पहिलो कुरो त
गुड्नलाई पेट्रोल छैन
छैन इन्धन गाडीमा, छैन कहिले पेटमा
कहिलेसडकजाम छ, कहिले चक्काजाम
यस्तै खाल्डाखुल्टी छन् सडक र छातीमा

अँध्यारोमा वसन्त

  • by

हामीले सिर्जेको अँध्यारो
हाम्रा कुमकुमसम्म आइपुगेको छ
र आइपुगेको छ भर्खर
खर्पनभरि प्याजका बेर्ना बोकेर
वसन्त बूढो !

मेरो सामरथ्य

  • by

मनको अँध्यारो कोठामा
अजंगको छाया बोकेर हिँडिरहन्छु म
पहाडको अन्तरंग बुझ्न
कालो बादलको लिस्नु चढेर
अश्लील मागहरूको आकृति काखीमा च्यापेर
सपनाको वस्ती खोज्न

हिउँझैँ आयौ हिउँझै गयो

  • by

हिँड्दा हिँड्दै
विष्फोट फाटेर
दोबाटोले तिमीलाई निलेको देख्थेँ
कहिले फेरि
अनजान मान्छेले जबर्जस्ती
अनजान ठाउँतिर लगेको पनि देख्थेँ

“म बन्न चाहन्छु” (अराजकतावादी कविता)

म एडोल्फ हिटलर बन्न चाहन्छु
लाखौ यहुदीहरूको हत्या गर्न चाहन्छु
किन? भन्ने प्रश्न नै नगर्नु
अब, म हिँसाप्रेमी भएको छु !!

म जोसेफ स्टालिन बन्न चाहन्छु,
आफ्ना सहकर्मी साथी अनि
शत्रुहरूको पूर्ण नाश गर्न चाहन्छु
ताकी फेरि टाउको उठाएर विरोध गर्न नसकून् !!

आत्माको इच्छा

म कवि बनुँ या नबनुँ
मेरो डायरीमा कविता लेखिएको हुनुपर्छ ।
म गायक बनुँ या नबनुँ
मेरो गीत कोइलीको स्वरमा गुन्जिएको हुनुपर्छ ।

जिन्दगी

  • by

फूल भनौं भने भमराले लुटिदिन्छ जिन्दगी
पालुवा भनौं भने असिनाले कुटिदिन्छ जिन्दगी
घाम भनौं भने सम्साझै लुकिदिन्छ जिन्दगी
आकास भनौं भने बादलसँगै छुपिदिन्छ जिन्दगी
हिमाल भनौं भने तेन्जिंग नोर्गे चडिदिन्छ जिन्दगी
सपुत भनौं भने जाँड खाएर लडिदिन्छ जिन्दगी