Skip to content

गद्य कविता

देखेको छु

  • by

बिहानी घामका किरणहरू जस्तै मन कहिले लालिमायुक्त आभा लिएर
इच्छा आकाङ्क्षाहरूका स-साना गोरेटाहरू पहिलाउन
उन्मुक्त भावनाका पखेंटा
उन्दै गर्ने गरेको देखेको छु ।

GitaThapaDoshi

फेरि बुद्ध खोस्न खोज्छौं

सिमाना त ! मिच्यौ मिच्यौ फेरि बुद्ध खोस्न खोज्छौ?
हाम्रो रीति हाम्रो थिति हाम्रो अस्तित्वमा इर्ष्याले जल्छौ?

नालापानी किल्लासँग लड्नेका सन्तान अझै जीवित छन्
नेपालको कपिलबस्तुमा जन्मेका बुद्ध नेपालीका धड्कन हुन

बुद्धका उपदेशमा बिष घोली भिन्नता ल्याउँने कोशिस नगर्नू
वीर नेपालीका वीर सन्तानलाई कमजोर ठानी शिर नटेक्नू

म नदी हूँ

  • by

म नदी हूँ!
म जल हूँ!
म वायु, बादल, थल, जताततै फैलिने गर्दछु!
म थोपा-थोपा जम्मा भै नदीमा परिणत हुने गर्दछु!
मेरो अस्तित्व कालान्तर देखि शदियौंसम्म निराकार छ!
मेरो अंश प्रत्येक प्राणीको देहमा लिन छ, म अमर छु!
म कठिन भन्दा कठिन बन्धनहरूलाई फुकाई अघि आएको छु!
म अग्ला -अग्ला हिमाल पहाडहरूलाई अंगमालो लगाई झर्ने गर्दछु!
जमीनको होचो अग्लो भू-भागलाई मैदान बनाउदै हिंड्दछु!
मेरो तीव्रताको कारण मेरो पानीमा भूमरी खेल्ने गर्दछ!
भूमरीमा पानी चक्रिदै हिड्ने गर्दछ!
सिर्फ म समुद्रदेखि महासागरसँग मिल्ने आशा
बोकी ठुला-ठुला पहाड, ढुंगाहरूबाट निक्लिआएको छु!

KaliPrasadRijal

अवकाशप्राप्त समय

  • by

कुनैबेला अरवी घोडाजस्तै
फर्दवाल दौड्ने समय
अहिले आएर
चिप्लेकीराजस्तै
घिस्रिरहेछ !
के भएको होला
यो घामलाई पनि ?

भानु र भाषा

  • by

भानु आज म तिम्रो काल्पनिक सालिकनेर उभिएर
नेपाली भाषा साहित्यको आदि र तिमीलाई सम्झदै छु
तिमीले शुरु गरेको नेपाली साहित्य आज महासागर भएको छ
मानिसहरू माछा बनेर त्यसैमा डुबुल्की मार्दैछन्,
तिमी नेपाली भाषा साहित्यका आदिपुरुष हौ,
तिम्रो नामले मात्र पनि म आफुलाई गौरबशाली ठान्छु

“म” (विश्व शान्ति,धर्म प्रेमवादी कविता)

म गौतम बुद्ध
भएर जन्मन चाहन्छु |
हिंसा,काटमारलाई पूर्णरुपले रोक्न,
संसारभर दिलोज्यान लागेर शान्तिमय बनाउछु |

म भगवान महादेव
भएर जन्मन चाहन्छु |
हिन्दु धर्मका नाममा हुने,
अनेकौ छल कपटलाई रोक्न चाहन्छु |

म जिसस क्राइस्ट
भएर जन्मन चाहन्छु |
क्रसमा चढेर ज्यान चढाउदै,
संसारभर सदभाव कायम गर्न चाहन्छु |

म पैगम्बर महम्मद
भएर जन्मन चाहन्छु |
शान्ति,समानताको लागि लडेर,
दीन दु:खीको सेवा गर्न चाहन्छु |

म प्रकृति पूजक
धर्तीमाता हुन चाहन्छु |
यस पृथिवीमा भएका सम्पूर्ण,
हर प्राणीहरुको संरक्षण गर्न चाहन्छु |

मे, २०१०

MilanKarki

उपहार

तिमी को लाग्छौ त अब मेरो ?
माया त पोहोर सालै मारी गयौ,
पाइला टेक्ने ठाँउ निर्मोहीले खनी छाड्यौ!

बिचमा पर्छ कालीखोला, लामो भयो तान
मनमा आउने बाटो अब, बगाई हाल्यो पुल
तिमीलाई त फागुन चैत लागे जस्तो छ
मेरो आँशुको भेल-बाडी बग्न अँझै बाकी छ!
जहाँ पनि जान्छु म, लाग्छ तिम्रो अनुभूति,
तिमी त मस्त निदाउछ्यौ, मेरा काली रात भाँती-भाँती!

“मेरो आमा र बाबा…”

असार महिना सिम-सिमे पानी
खेत रोप्न झरिन् कि,
अलि सन्चो थिएन मेरी आमा
कतै दु:खमा पो परिन् कि ?

खहरे खोला भल-पहिरो आउँदा
एक्लै पो तरिन् कि ,
सम्झना मात्र आइरहन्छ आमा
कतै भूमारीमा पो परिन् कि??

आक्रोस

माटो खोस्री, पानीमा मुछिस, सुन्दर खेलौना बनाईस्
सपनाको महलमा, उही पुरानो ताजमहल सजाईस्
खांदैना बरु गिद्दले जिउदो सिनो, तैले जिउदो लाश खाईस
आज मार्छस, भोलि के मार्छस, पर्सि तँ आफै मर्छस् ।

मेरो यात्रा

  • by

कल्पनाको किताब होइन मेरो,
बितेका मेरा दिनहरूको दुरुस्त छाया चित्र हो !
म छोरा घरको माईला थिए,
साथीभाइहरूको फेरोमा कान्छो बन्न पुगे!
ठुला त ठुला नै हुन्छन, साना जता ततै निचोडिन्छन् !

भन तिमी भन्दा म के काम छ

एउटा हातमा तास छ
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
आफु त यसरी नै
बार्है महिना जम छ
भन तिमी भन्दा म के कम छ।

PremOli

कस्तो लाग्छ साथी तिमीलाई

  • by

भीड-भाडमा पसी
कुइनोले तरुनी ढेस्नेलाई
माइक्रो बसमा
मान्छे, गुन्द्रुक झैँ ठेस्नेलाई
घरबार छाडी
जवानीमा खरानी घस्नेलाई
बनी जोडी
जताततै अँगालोमा बस्नेलाई
कस्तो लाग्छ साथी तिमीलाई ?
दिदी हुँदाहुँदै
आफ्नै भेना खोस्नेलाई