Skip to content

हाइकु

पाँच मुक्तक (आफ्नो ताल)

१. आफ्नो ताल
आमाको होटल र बाउको लजमा
घिच्न र लड्न सित्तै मिलुन्जेल
सबै बाबुराजा हुन्छन् –
त्यसपछि जब आफ्नो तालमा नाँच शुरू हुन्छ,
आफैँ चुइँया र मख्खिचुस हुन्छन् ।।

हाईकुहरु


नारी अस्मिता
गिद्दे नजरभित्र
कैदी अवस्था


बास्नाको बेला
कसले खोज्छ होला?
सुरक्षा ढाल


प्रधानमन्त्री
सस्तो लोकप्रियता
जनता भोकै


प्रेम दिवस
हिउँको ओछ्यानमा
न्यानो सुताई


कान्छीको भट्टी
हेमन्तको रातमा
न्यानो अँगालो

केहि हाइकुहरु

-१-

हरियो मुना
पहेंलिदै बढ्दैछ
छप्पड मुनि

-२-

सङ्लो पोखरी
सङ्लै जूनको छाँया
संसारै राम्रो

-३-

माटोमा फेरी
मान्छेको रगतले
पप्पी नफुलोस्

-४-

शीतको थोपा
ढुक्कै लज्जावतीमा
जमेर हाँस्छ

-५-

हाम्रो नेपाल
फूलैफूलको देश
मिलेर फुलौं

-६-

पुर्नु हुँदैन
हाइकुको निहुँमा
तिलिचो ताल

चाँगे:५ नेसुम ताप्लेजुङ
हाल: सिंगापुर

तीन हाइकु

अँध्यारो रात
मनभित्र उज्यालो
लाख सपना !
२)
सामु आहार
टुलुटुलु हेरेर
रात कट्ने भो !
३)
धरती माथितिन
आकाशमा बादल
बर्षिने बर्षा !